समाचार

    Showing 18,321-18,330 of 26,731 items.
  • आगलागीमा परी तीन बालबालिकाको मृत्यु

    धनकुटा  ।  भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका र दुई बालकको मृत्यु भएको जानकारी दिए। आगलागीबाट स्थानीय ​रमेश कार्कीकी सात वर्षकी छोरी दिपशिखा कार्की, तीन वर्षीय छोरा दियनिस कार्की र अर्का स्थानीय केदार कार्कीका छ वर्षका छोरा प्रनिश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका जनाएको छ। ती बालबालिकाहरू गोठमा खेलिरहेका बेला आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 315 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 346 पटक पढिएको
  • रंगेलीमा आगलागीहुदा २२ घर जले

    मोरङ   ।   मोरङको रंगेली नगरपालिका-३ बाबुसाहेव टोलको सन्थाल वस्ती आगलागी भएको छ । शनिबार दिउँसो अढाई बजेतिर सुरु भएको आगलागीबाट उक्त टोलमा रहेका २२ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागीबाट तला मुर्मु, सुपल हाँस्दा जङ्गली मुर्मु, अनुज हमरम तलु मुर्मु भेना मुर्मु, शुक्ला मुर्मु जङ्गली मुर्मु बुवा बुद्रा हेमरम, सनिश्चरा मुर्मु, बासुदेव किसकु, मराङ हेमरङ, सोनिया टुडु मंगला टुडु शनिश्चरा मुर्मु विशाल हेमरम लगायतकाे गरी डेढ करोड भन्दा बढीको क्षति भएकाे जनाइएकाे छ । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण आगलागी भएको पीडितहरुले आरोप लगाएका छन्।

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 309 पटक पढिएको
  • प्रधानमन्त्री ‘प्रचण्ड`ले भने नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन् ।नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीलाई कुनै खाले अनावश्यक दुःख नदिन निर्देशन दिएको पनि ‘प्रचण्ड’ले बताए । नियम र कानुन पालना गरेर काम गरिरहेको कुनै पनि व्यवसायीले त्रसित हुन नपर्ने उनको भनाइ छ ।देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनक

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 325 पटक पढिएको
  • लाइटर बोकेको ट्रकमा आगलागी

    काठमाण्डौ । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगञ्जबाट धनगढी जाँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । लाइटरसहित खुर्सानी, डाईपर, औषधी लगायतका सामग्री बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको अनुमान गरिएको छ । दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो । आगो करिव चार बजे नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।  यस अघि सोम

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 309 पटक पढिएको
  • नेपाल प्रहरिले भद्रपुरबाट भन्सार छलेर भित्राइएको सुर्ती बरामद

    बिर्तामोड  । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार राति  भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी एक लाख मूल्य बराबरको सुर्ती बरामद गरेको छ।शनिबार बिहान करिब ३ बजेको समयमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सीमा पिल्लर न.१०३ छेउबाट तस्करहरूले सामान भित्र्याइरहेको अवस्थामा प्रहरीले १४ बोरा सुर्ती बरामद गरेको हो। प्रहरीलाई देख्न साथ तस्करहरू सुर्तीका बोरा छाडेर भारततर्फ भागेका प्रहरीले बताएको छ। बरामद गरिएको सुर्ती भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्र

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 675 पटक पढिएको
  • आरजु राणा अकस्मात् भारत प्रस्थान

    काठमाण्डौ  । कृषि सहकारी तथा प्राकृति स्रोत समितिकी सभापति आरजु राणा भारतको राजधानी नयाँ दिल्ली उडेकी छिन् ।नेपालमा सत्ता समीकरण फेरिएका बेला पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रेहकी राणा अकस्मात नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । शुक्रबार साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।यसअघि उपचारका लागि समेत दिल्ली जाँदै आएकी उनी किन दिल्ली गएकी हुन् भनेर प्रस्ट भइसकेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि पनि भारतबाट फर्केकी थिइन्।

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 327 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली  रहने र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 276 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

    • प्रकाशित मितिः चैत २, २०८०
    • 353 पटक पढिएको
  • नक्कली नोट छाप्दै गरेका एकजना पक्राउ

    काठमाण्डौ । बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै बेथानचोक ३ का सबिन हुमागाईंलाई प्रहरीले पक्राउ गरेको हो । हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५ सय रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको छ ।जसमा ६९ थान एक हजारको नोट र पाँच सयको एउटा नोट बरामद भएको हो । साथै प्रहरीले मोबाइल, आइफोन, ल्यापटप र प्रिन्टरसमेत नियन्त्रणमा लिएको छ ।ललितपुरको लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको हो ।हुमागाईंलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जिल्ला प्रहरी प्

    • प्रकाशित मितिः चैत २, २०८०
    • 269 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.