समाचार

    Showing 18,531-18,540 of 26,731 items.
  • डिप्रोक्स लघुवित्तका हाकिमलाई कालोमाेसो

    काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख दीपेन्द्र कटेललाई  कालोमोसो दलेका  छन।बिहीबार अपराह्नतिर तीन जनाको समूहले कटेलमाथि कालोमोसो दलेका हुन् । प्रहरीले कालोमोसो दल्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका –९ बोटेचौरका २० वर्षीय हरि घर्ती मगर र मुगुको सोरु गाउँपालिका– ८ का १६ वर्षीय सन्दीप विक रहेका छन् । क्रान्तिकारी युवा संगठनको प्रदेश संयोजक प्रकाश शर्माले संस्थाले असुल गरिसकेको रकम सदस्यहरूसँग पटक–पटक माग्ने त

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 279 पटक पढिएको
  • नेपाल प्रहरीले माग्यो थप १०५ असई

    काठमाडौं । नेपाल प्रहरीले गत कात्तिक ३ गते प्रकाशित गरेको विज्ञापनमा थन जनशक्ति माग गरेको छ । जसअनुसार प्रहरी सहायक निरीक्षक पदमा १०५ जना थप जनशक्ति माग भएको हो ।नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न देहाय बमोजिमको माग पद सङ्ख्या थप गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।यसअघि कार्तिक ३ गते २६० प्रहरी सहायक निरीक्षक माग गरिएको थियो । योसँगै अब ३६५ प्रहरी सहायक निरीक्षक माग गरिएको छ ।

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 193 पटक पढिएको
  • नेपाल प्रहरीमा भर्ना खुल्यो, १८५६ जनालाई जागिरको अवसर

    काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा जवान पदका लागि दरखास्त आह्वान गरेको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।खुला तथा समावेसीसहित एक हजार ८५६ जवान पदका लागि आवेदन माग गरिएको छ । भने अन्य संख्यामा कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरिएको हो ।खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् । चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 400 पटक पढिएको
  • कोशी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि ८ बजे बस्दै

    काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीचको वार्ता आज शुक्रबार बिहान ८ बजे बस्ने गरी सकिएको छ । दुवै पक्षबीच बिहीबार दिउँसो ४ बजेदेखि विराटनगरमा छलफल भएको थियो ।वार्ता सकारात्मक भएको दुवै पक्षले दाबी गरेका हुन् । यस्तै पहिचानसहितको नामकरणको माग गरिहेको संघर्ष समितिले पनि वार्ता सकारात्मक भएको बताएको छ । वार्ता सकारात्मक भएको पहिचान पक्षधरका नेता युवराज राईले जानकारी दिए । कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 270 पटक पढिएको
  • हुण्डी र क्रिप्टोमा कठोर बन्दै सरकार, सम्पत्ति जफतसहित ५ वर्ष कैद

    काठमाण्डौ । बुधबार मनी लाउण्डरिङ अर्थात सम्पत्ति शुद्धीकरण सम्बन्धी बिधेयक संघीय संसदको तल्लो सदनबाट पारित भएको छ ।  यो बिधेयक अब माथिल्लो सदन(राष्ट्रियसभा)बाट पनि पारित भएको खण्डमा कानून नै बनेर आउनेछ ।  तल्लो सदनबाट पारित सो विधेयकमा सरकार हुण्डी र क्रिप्टो कारोबारमा निकै कठोर बनेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा कसैले पनि हुण्डी कारोबार गर्न र गराउन नपाइने उल्लेख गरिएको छ । हुण्डी कारोबार गरेको खण्डमा हुण्डीबाट कमाएको सम्पत्ति सबै जफत गरी एक वर्ष जेल सजाय हुने प्रावधान राखिएको छ । विधेयकमा हुण्डी भन्नाले नेपालबाट विदेश अथवा विदेशबाट नेपाल कानूनी मान्यता प्राप्त सं

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 200 पटक पढिएको
  • बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

    काठमाडौँ  ।   सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो ।बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 314 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।   देशका केही भूभागमा आज हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 540 पटक पढिएको
  • विराटनगरको कन्चनवारिमा ट्रिपर र ट्रक जुध्याे

    इटहरी ।  बिराटनगरकाे कञ्चनवारीमा गिटि बाेकेकाे ट्रिपर र ट्रक एक अापसमा ठाेक्किदा ट्रक चालक बेहाेस भएका छन भने सहचालककाे अवस्था गम्भिर रहेकाे छ ।   घाइते दुवै जनालाई उपचारको लागि नोबेल हस्पिटल लगिएको छ। दुर्घटनापछि दुवै सवारी साधनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।दक्षिणबाट उत्तरतर्फ गइरहेको प्रदेश १-०२-००१ प ४६१७ नम्बरको टिपरमा ना३ख ६६६४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।ट्रक अनियन्त्रित भएर ठोकिदा सवार पाँचजना घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्यौपानेले जानकारी दिएका छन् ।दुर्घटनामा घाइते लाई उपचारको लागि अस्पताल लगिएको छ । 

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 354 पटक पढिएको
  • सशस्त्र प्रहरीका डीआईजीको काज सरूवा

    काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।​​​​​​​

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 458 पटक पढिएको
  • सशस्त्र प्रहरीका १०० एसपीको सरुवा

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १०० एसपीको एकैपटक सरुवा भएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २४ गतेको निर्णयअनुसार सरुवा गरिएको हो ।साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आआफ्नो कार्यालयमा रहेको अभिलेख किताबमा आवश्यक ब्यहोरा जनाई दिन हुन सम्बन्धित कार्यालयहरुलाई पनि निर्देशन दिइएको छ । हेर्नुहोस् सूची : 

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 519 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.