काठमाडौं । बाघ नरसिं बज्राचार्यद्वारा सम्पन्न गरिएको सम्यक् महादानको एक शताब्दी पूरा भएको अवसरमा ललितपुरमा विशेष लसता सम्यक् महादान आयोजना गरिएको छ ।पुर्खाहरूले स्थापना गरेको धार्मिक कीर्तिको गुणानुस्मरण गर्दै उनीहरूप्रति कृतज्ञता प्रकट गर्नुका साथै उक्त पवित्र परम्परालाई वर्तमान पुस्ताले निरन्तरता दिने संकल्पसहित ने.सं. ११४६ माघ १ गते अर्थात आज लसता सम्यक् महादान आयोजना गरिएको हो ।प्रध्यापक डा.नरेशमान बज्राचार्यका अनुसार यस सम्यक् महादान अन्तर्गत ललितपुरस्थित सम्पूर्ण वाहावहीहरूका दीपंकर तथागत, सम्यक् महादान सम्पन्न गरी स्थापित दीपंकर तथागत, बसुन्धरा देवी तथा अन्य देवीदेवता गरी जम्मा १२५ जना
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ ।आज विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो । प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए ।उनले भने,‘सच्चीएको कांग्रेस निर्माण गर्दै पार्टीको घोषणापत्र निर्माणको लागि सभापति ज्यूको अध्यक्षतामा घोषणा समिति निर्माण गरेको छौं ।’ त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरिएको जानकारी दिए ।उनका अनुसार आजै पार्टी
रामेछाप । रामेछापमा यस वर्ष राष्ट्रिय योग दिवस अघिल्ला वर्षभन्दा फरक र व्यवहारिक ढंगले मनाइएको छ ।विगतमा योग दिवसका अवसरमा र्याली तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएकोमा यस वर्ष भने प्रत्यक्ष योग अभ्यासमार्फत दिवस मनाइएको हो ।दिवस मूल समारोह समितिको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछाप, पतञ्जली योग समिति रामेछाप तथा जीवन विज्ञान रामेछापको संयुक्त आयोजनामा मन्थलीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा योग अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमु
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई भारतको सिलिगुडीमा आयोजना भएको बंगाल ट्राभल मार्ट (बीटीएम्) २०२६ को नवौं संस्करणमा प्रतिष्ठित ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ। जनवरी ९ देखि ११, २०२६ सम्म सिलिगुडीस्थित द सिन्ड्रेला होटलमा आयोजित मार्टमा उक्त सम्मान प्रदान गरिएको हो।यो पुरस्कारले पूर्वी हिमालय क्षेत्रमा नेपाललाई एक अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न नेपाल पर्यटन बोर्डले गर्दै आएको निरन्तर प्रयासलाई मान्यता दिएको बोर्डले जनाएको छ।पूर्वी हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसन (इएचटीटीओए) द्वारा आयोजित मार्टमा नेपाल पर्यटन बोर्डका साथै नेपालका ट्राभल ट
भद्रपुर। कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार १८ महिनाका आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।घाइतेमध्ये केहीको अवस्था गम्भीर, छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले
म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ ।जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन ।नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताए ।“प्रकृतिका पुजारी मगर समुदायले साउनेसङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्”, उनले भने, “माघेसङ्क्रान्तिमा आफन्त
इटहरी। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्युहुनेमा सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो । ट्रकमा अगाडिको क्याबिनमा च
सिरहा। माघको कठ्याङ्गिँ्र्रदो जाडोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यतिबेला गाउँगाउँमा रमाइलो वातावरण बनेको छ ।माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त छन् । गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र सामूहिक रूपमा पर्व मनाउने तयारी भइरहेको छ ।सिरहाको लहान र धनगढीमाई नगर क्षेत्र, जहाँ थारु समुदायको बाक्लो उपस्थिति छ, त्यहाँ एक हप्ताअघिदेखि नै तयारी सुरु भइसकेको थियो । लहानका वानोगाउँ, ग
काठमाडौं— विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था कार्यान्वयन गर्ने उद्देश्यसहित “विद्युत प्रसारण तथा वितरणमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२” जारी गरेको छ ।आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १४ ले दिएको अधिकार प्रयोग गर्दै तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा जारी गरिएको जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क को नीतिगत खाकाको आधारमा उक्त निर्देशिका जारी गरेको हो । निर्देशिकाअनुसार ३३ केभी वा सोभन्दा माथिल्लो भोल्टेज स्तरमा जोडिएका ५ मेगावाट वा सोभन्दा बढी क्षमताका विद्युत आयोजना, न्यूनतम १ मेगावाट क्षमताका क्याप्टिभ आयोजना, तथा ५ मेगावाट वा सोभन्दा बढी क
काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।विशेष महाधिवेशनलाई समापन समारोहलाई सम्बोधन गर्दै उनले यो जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै आफूले पाएको विश्वासको कदर गर्दै कसैको पनि शिर निहुराउने अवस्थामा नपुग्ने गरी काम गर्ने बताए ।उनले भने, ‘यो जोखिम हामीले उठाउनैपथ्र्यो। मैले भन्दा पनि तल बस्ने साथीहरू र स्टेजमा रहेका धेरै नेताहरूले ठूलो जोखिम उठाउनुभएको छ। आज हामी नेपाली कांग्रेसको विशेष महाधिवेशनको ऐतिहासिक क्षणमा छौँ। म तपाईंहरू सबैप्रति आभारी छु।’सभापति थापाले नेपाली कांग्रेसजस्तो गौरव
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.