समाचार

    Showing 20,781-20,790 of 22,785 items.
  • १७ लाख नगदसहित १६ जुवाडे पक्राउ

    काठमाडौं / काठमाडौँ महानगरपालिका –१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका –१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति १६ लाख ९० हजार ५०० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको हो । 

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 67 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

    मोरङ / विराटनगरबाट प्रहरीले बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका –३ का २८ वर्षीय केमन खड्की रहेका छन् ।  गत बैशाख १६ गते जिल्ला अदालत मोरङले बैंकिङ कसुर मुद्दामा खड्की विरुद्ध १ वर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय रुपैयाँ जरिवाना सुनाएको थियो । अदालतको फैसलापछि फरार भएका खड्कीलाई प्रदेश १ प्रहरी कार्यलयबाट खटिएको टोलीले आज दिउँसो घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।  पक्राउ परेका खड्कीलाई आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 63 पटक पढिएको
  • सुदूरपश्चिमका छ जिल्ला बाढीपहिरो संकटग्रस्त क्षेत्रको सूचीमा

    काठमाडौँ / सरकारले सुदूरपश्चिमका छ वटा पहाडी जिल्लालाई बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको छ । गत कात्तिक ३ गते गएको बाढीपहिरोका कारण सो क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले सो क्षेत्रलाई सरकारले बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डोटीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो । सोही माग बमोजिम गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम ती जिल्लालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरे

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 61 पटक पढिएको
  • भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान बरामद

    रूपन्देही / भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो ।ओमसतिया गाउँपालिका ४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।उक्त बलेरोका चालक ओमसतिया ५ का ३२ वर्षीय परदेशीप्रसाद सहनीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।बरामद सामानमा लेडिज सुट, मेसिनरी उपकरणका पार्टपुर्जा लगायत छन् । गाडी र बरामद सामान भन्सार कार्यालय पठाइएको छ ।प्रहरीले तीन दिनअघि पनि भन्सार छलेर ल्याइएको १८ लाख रुपैय

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 69 पटक पढिएको
  • कैलालीमा ट्रक आगजनी गरेको आरोपमा युवक पक्राउ

    कैलाली  / कैलालीको लम्कीचुहा नगरपालिका –१ मा दुर्घटनापछि भएको प्रदर्शनमा ट्रकमा आगजनी गरेको आरोप लागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । लम्की –१ घर भएका २२ वर्षीय विशाल बटलालाई सोमबार मैतीदेवीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 88 पटक पढिएको
  • बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद

    सङ्खुवासभा / सङ्खुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको  छ ।१३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका ९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको हो ।न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मङ्सिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडितले राहत कोषमा  २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेको

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 42 पटक पढिएको
  • रक्तश्रावबाट सुत्केरीको मृत्यु

    बाजुरा / बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु भएको छ ।हिमाली –४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार मृत्यु भएको हो ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो ।चदारका श्रीमान् बिनेले भने, ‘गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन्। आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो ।’चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्य चौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ ।जिल्लाका दुर्ग

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 49 पटक पढिएको
  • दुर्घटनामा दुईको मृत्यु

    पाल्पा / पाल्पाको निस्दी गाउँपालिका ७ मा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।सर्दीबाट भुटुके जाँदै गरेको प्र २–० –३००१ ख ४६६९ नं को खाली टिपर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिपरको बीचमा टाउको च्यापिंदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।पाल्पाको रामपुर ५ बेझाडमा ट्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्ल

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 61 पटक पढिएको
  • ‘बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

    बनेपा / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन ।नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उनले व्यवसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताए । उनले भने “ किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ । यसवर्ष रु दुई अर्ब बिनाधितो ऋण दिने सरकारको नीति छ । ”महासङ्घका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानका पहुँचमा पुग्न नसकेको हुँद

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 50 पटक पढिएको
  • मेचीनगरबाट ब्राउनसुगर सहित एक पक्राउ

    झापा / झापाको मेची नगरपालिका –६ मेचीपुलबाट ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका –१ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् । हिजो (मंलबार) बिहान ११ बजे भारतबाट नेपाल आउँदै गरेका डि.सि.लाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका डि.सिका साथबाट प्रहरीले २३ ग्राम ब्राउनसुगर बरामद गरेको छ । 

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 69 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.