गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू रसुवाको धुन्चे उद्धारको प्रतीक्षामा छन्।बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि गोसाइँकुण्ड क्षेत्रमा फसेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने क्रम जारी छ।सडकमार्गबाट तल झर्न सक्ने अवस्था नरहेपछि यात्रुहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेर हेलिकोप्टरको पालो पर्खिरहेका छन्।
काठमाडौं । चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्।काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर काठमाडौं अवतरण गरेका हुन्। दुवै विमान चीनको चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब तीन घण्टापछि काठमाडौं आइपुगेका हुन्।नेपालमा पछिल्लो समय देखिएको विपद्का कारण प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री सहयोगस्वरूप चीनले पठाएको हो।
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।बिहान नदीमा पानीको मात्रा बढेको जानकारी आएपछि प्रशासनले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। यद्यपि, मौसम पूर्वानुमान महाशाखाले हालको अवस्थालाई विश्लेषण गर्दा तत्काल ठूलो बाढी आउने जोखिम नरहेको जनाएको छ।महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीको बहाव सामान्यभन्दा केही बढेको पुष्टि भएको छ। सम्बन्धित निकायले नदीको अवस्थाको निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप सूचना जारी गरिने जनाएको छ।
काठमाडौं । भोटेकोशी बाढीले नेपालमा ठूलो मानवीय संकट निम्त्याइरहेका बेला चीनले आपत्कालीन राहतसहित उद्धार टोली नेपाल पठाएको छ। चीनबाट ५० टन राहत सामग्री बोकेका जनमुक्ति सेनाका दुई ठूला वाई–२० विमान आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।करिब बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दुवै विमानमार्फत ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको चिनियाँ दूतावासले जनाएको छ।चीनको सहयोग राहत सामग्रीमा मात्र सीमित छैन। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानमा सघाउन चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसमेत अत्याधुनिक उद्धार उपकरणसहित नेपाल आएका छन्।विशेषगरी बाढी र पहिरोका कारण स
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको असर तल्लो तटीय जिल्लासम्म फैलिँदा बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। बाढीको बहावसँगै शवहरू रसुवाबाट तलका विभिन्न जिल्लासम्म पुगेपछि मृतकको संख्या ठूलो देखिएको हो।विपद् प्राधिकरणको पछिल्लो विवरणअनुसार चितवनमा मात्रै २५९ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।तर, बाढीबाट भएको मानवीय क्षतिको वास्तविक तस्वीर अझै स्पष्ट भइसकेको छैन। २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। बेपत्ताको सूचीमा जलविद्युत् आयोजनामा कार्य
रसुवा। सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका अत्यावश्यक खाद्यसामग्री वितरण गरेको छ ।बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा गाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खाम्जिङलगायतका स्थानमा अत्यावश्यक खाद्यसामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।जिल्ला विपद् व्यवस्था
काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ ।पशुपति क्षेत्र विकास कोषले बाढी, पहिरो तथा विपद्बाट प्रभावितको जनजीवन शीघ्र सहज बनोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् तथा बेपत्ता भएकाको सकुशल उद्धार होस् भन्ने कामनासहित यही भदौ १६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म महारुद्री, चण्डीपाठ तथा क्षमापूजा गर्न लागेको हो ।कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार राष्ट्रदेव भगवान् पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री, अभिषेक, हवन तथा
नारायणगढ। त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) को मापदण्डअनुसार वैज्ञानिक ढङ्गले जमिनमुनि व्यवस्थापन सुरु गरिएको हो । चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म २५९ शव फेला परेका छन् । तीमध्ये नौ जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ ।शनिबार पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो
वाशिङ्टन डिसी। अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ ।विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ ।
मुस्ताङ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् ।भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.