समाचार

    Showing 21,451-21,460 of 25,186 items.
  • आज यी स्थानमा मेघ गर्जन र हावा हुरीसहित वर्षको सम्भावना

    झापा / हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।आज प्रदेश १, मधेस प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्ष

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 87 पटक पढिएको
  • हतियार किनबेचमा सशस्त्र प्रहरीको घुमुवा नै संलग्न

    झापा / हतियार किनबेचमा सशस्त्र  प्रहरीको घुमुवा नै संलग्न रहेको खुलेको छ । बर्दिबासस्थित सशस्त्र प्रहरीको वाहिनीबाट बारामा खटिएका चार प्रहरी अवैध हतियार किनबेचमा संलग्न भएको खुलेको हो ।गत वैशाख २४ बाराको सीमावर्ती सिम्रौनगढ नगरपालिका–९, बसबरियाबाट दुई पेस्तोल, त्यसमा प्रयोग हुने चार गोलीसहित दुई भारतीय युवक पक्राउ परेका थिए । त्यसमा वाहिनीबाट खटिएका वरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्नसागर झा र जवान सुनीलकुमार यादव पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरू सबै घरपायक सिभिल ड्युटीमा थिए । अशोक र सुनील सिम्रोनगढकै छेउमा पर्ने बाराको पचरौताका

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 98 पटक पढिएको
  • कबड्डी - ४ : पाँच दिनमै कमायो १० करोड

    काठमाडौं / दयाहाङ राई , सौगत मल्ल , मिरुना मगर लगायतका कलाकारद्वारा अभिनीत चलचित्र ‘कबड्डी - ४’ ले पाँच दिनमै १० करोड कमाई गरेको छ । पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ ।पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो । ‘कबड्डी’ को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’ कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ ।

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 82 पटक पढिएको
  • पोखरामा एमालेका तीन कार्यकर्ता कारबाहीमा

    पोखरा / पोखरामा नेकपा एमालेका तीन कार्यकर्ता कारबाहीमा परेको छन् । एमालेका तर्फबाट पोखरा महानगरपालिकामा मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम लागेको भन्दै एमालेका तीन कार्यकर्ता कारबाहीमा परेका हुन् । नेकपा एमाले कास्कीले एमालेका ती कार्यकर्ताले गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको हो ।कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।उनले आफूलाई राजीव पहारीको स

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 74 पटक पढिएको
  • सुसाइड नोटसहित बिर्तामोडमा एक युवक मृत फेला

    बिर्तामोड /  झापाको बिर्तामोड स्थित एक होटेलमा सुसाइड नोटसहित  एक युवक मृत फेला परेका छन् । गौरीगन्ज गाँउपालिका -१   माहभाराका प्रेम प्रसाद भट्टराईका छोरा २९ वर्षीय घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । होटलको ४०१ नम्बर कोठामा ती व्यक्ति मृत फेला परेका हुन् । मृतक भट्टराई बुधबार बिहान कोठाबाट बाहिर ननिस्केपछि शंका लागेर कोठाको ढोका खोल्दा मृत भेटिएको होटलका कर्मचारीले बताएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 650 पटक पढिएको
  • सङ्खुवासभामा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु

    सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका- १ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  सुनसरी  धरानका ३५ वर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका- ६ उदयपुरका २० वर्षीय हेम बहादुर मगर रहेका प्रहरीले जनाएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा बुधबार बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा सडक निर्माण कार्यमा खटिएका  राई र  मगरको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परीक्षणको लागी जिल्ला अस्पताल खाँद

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 59 पटक पढिएको
  • सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनमा : भुक्तानी गर्न भने कार्यालयमै जानुपर्ने

    काठमाडौं / सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन दिन मिल्ने भएपनि रकम भुक्तानी गर्नका लागि भने कार्यालय सम्मै पुग्नुपर्ने भएको छ । अनलाइन भुक्तानी सुविधा नभएका कारण भुक्तानी भौचर डाउनलोड गरी कार्यालयमै गएर शुल्क बुझाउनु पर्ने भएको हो ।विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदनको लागि अनलाइन भुक्तानी प्रणाली विकास गरिएको भए पनि तत्कालका लागि प्राविधिक तयारी नसकिएकाले अनलाइन भुक्तानी सफल नहुने बताएको छ ।साथै सेवाग्राहीहरूको चाप बढी भएका कारण सर्भर डाउन हुने समस्यालाई पनि चाँडै नै समाधान गरिने भन्दै विभागले सेवाग्राहीलाई धैर्य गर्न समेत अनुरोध गरेको छ ।   

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 67 पटक पढिएको
  • २९ वर्षीय युवकको हत्या आरोपमा दुई जना पक्राउ

    काठमाडौं / चन्द्रागिरी नगरपालिका - १० बोसीगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका- ८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका ३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।सोही नगरपालिका- ३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 70 पटक पढिएको
  • चार किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

    सप्तरी / चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत –११ का २२ वर्षीय वशिष्ट चौधरी रहेका छन् । सशस्त्र प्रहरी बलले सप्तरीको बोदे बर्साइन नगरपालिका –९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट चौधरीलाई पक्राउ गरेको हो।चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चार लाख ८८ हजार मूल्य बराबरको चार किलो चाँदीका गहना बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 65 पटक पढिएको
  • १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

    झापा / १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका- ३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.