काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को
लमजुङ / लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका- ४ मा आफैँले पालेको राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४४ वर्षीय खुमबहादुर मौरती रहेका छन् । राँगोले हानेर गम्भीर घाइते उनी बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगोलाई गोली हानेर मा
बिर्तामोड / निर्वाचन कार्यालय झापाले आगामी बैशाखमा ३० मा हुने स्थानीय तहको निर्वाचनका लागी आजदेखि मतदान केन्द्रहरूमा आवश्यक सामग्रीहरू पठाउने तयारी गरेको छ । झापाका २८६ मतदान केन्द्रमा आज र भोलि गरेर दुई दिनमा सबै सामग्री पुराइने निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिएका छन् । झापाका २८६ मतदान केन्द्रहरूमा १८ सय नेपाल प्रहरी र २९ सय म्यादी प्रहरीलाई सुरक्षार्थ खटाएको बताइएको छ ।निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत मार्फत सामग्री पठाउने तयारी गरेको हो । निर्वाचन कार्यालयका प्रमुख नेपालका अनुसार मतपत्र, मतपेटिका र मतदान केन्द्रमा आवश्यक पर्ने सबै प्रकारका सामग्
झापा / स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीका अनुसार ड्युटीमा खटिएका मध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक/एक जना म्यादी प्रहरीको मृत्यु भएको हो । त्यस्तै सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको केसीले जानकारी दिए । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी –६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा मृत्यु भएको थियो भने हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका –६ का जसबहादुर रोका सुत
धनुषा / आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै मदिरा निषेध र भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड
झापा / हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रहने छ । महाशाखाका अनुसार प्रदेश–१, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
बिर्तामोड / छोरी माथि जबर्जस्ती करणीको प्रयास गरेपछि किशोरीका बुबाले बसका चालकको हत्या गरेका छन् ।१७ वर्षीया किशोरी माथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा किशोरीका बुबाले बस चालक नुवाकोट तारकेश्वर गाउँपालिका २ बगुवाका ३४ वर्षीय दीपक ढुँगानाको हत्या गरेका हुन् । गत बैशाख २० गते बा ५ ख ५९८२ नम्बरको बसमा काठमाडौंबाट इलाम आएकी १७ वर्षीया किशोरी माथि बसका सहचालकले बलात्कारको प्रयास गरेका थिए । छोरी माथि करणी गरेको थाहा पाएपछि किशोरीका बुबाले बस चालक ढुंगाना माथि निर्घात कुटपिट गरेका थिए । उनको कुटाइबाट घाइते भएका ढुँगानाको झापाको बिर्तामोड स्थित वी एन्ड सी अस्पतालमा उपचारको क्
काठमाडौं / स्थानीय निर्वाचनका दिन देशका विभिन्न स्थानमा चट्याङ सहित वर्षा हुन सक्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको बताएको छ ।विभागका अनुसार, चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ सहित हलुका वर्षाको सम्भावना छ ।अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार पश्चिम बङ्गालमा विकसित न्यून चापीय प्रणालीका कारण पानी परिरहे
काठमाडौँ / केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा आगामी असोजभित्र प्रकाशित गर्ने जनाएको छ । मंसिर ९ गते सम्पन्न १२औं राष्ट्रिय जनगणनाको लगतलाई गत चैतबाट प्रशोधन कार्य सुरु गरिएको हो । लगत प्रशोधन कार्यमा सय जना ‘कोडररइडिटर’, तीन सय जना ‘डाटा इन्ट्री अपरेटर’ र पचास जना जति कर्मचारी दैनिक खटिएका विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार दुई महिनामा ३५ प्रतिशत डेटा कोडिङ र इन्ट्रीको काम सकिएको छ । देशभरिबाट संकलित जनगणना फारामलाई कुपण्डोलस्थित विभागको गोदाममा राखिएको छ । लगत प्रशोधनका निम्ति थापाथलीस्थित विभागको हातामा रहेको तीन
काठमाडौं / निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै वेब पोर्टललाई कारवाही गरेको छ । २३ वटा वेब पोर्टलले आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै प्रेस काउन्सिल नेपालले कारवाही गरेको हो । २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी नै कारवाही गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आठ वटा मिडियालाई लिखितरूपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार मा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.