समाचार

    Showing 22,001-22,010 of 26,755 items.
  • दर खाएर फिर्कदै गर्दा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु

    झापा / रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ ।आठबिसकोट नगरपालिका -१४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतीक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए ।भेरी नगरपालिका -१ मैतेस्थित माइतीमा दर खाएर उनी घर फिर्कदै थिइन् । पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 227 पटक पढिएको
  • प्रतिनिधीसभाको बैठक बस्दै : सत्य निरुपण आयोग बिधेयकमा छलफल हुने

    काठमाडौं / संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 131 पटक पढिएको
  • ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका -४ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा -४ का २९ बर्षीय कुमार राई रहेका छन् । आज दिउँसो सवा १ बजे प्रदेश १- ०२- ००१ ख ८३३२ नम्बरको ट्रिपरले विपरित दिशाबाट आँउदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।ठक्कर दिने ट्रिपर र चालक इटहरी -१ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 167 पटक पढिएको
  • दमक –४ का भूमिहीनहरूलाई जग्गाधनी पुर्जाको निस्सा वितरण

    बिर्तामोड /  झापाको दमक नगरपालिकाले वडा नम्बर –४ का भूमिहीन दलित, सुकुम्बासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको छ ।स्थानीय दाहाल प्रतिष्ठानको सभाहलमा आइतबार एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गर्ने उद्देश्यले निस्सा वितरण गरेका हुन् ।भूमिहीनहरूलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले नगर भित्र सबै भूमिहीन दलित, सुकुम्बासीहरुलाई जग्गा धनीको प्रमाण पुर्जा वितरण गर्ने बताए । अब केहिदिनमै धनीपुर्जा समेत उपलब्ध गराइने उनको भनाई छ । भूमिहीनलाई जग्गाको मालिक बनाउन स्थानीय सरकारले उच्च प्राथमिकता दिएको बताउँदै

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 101 पटक पढिएको
  • पाण्डवलाल चौधरी आदिवासी जनजाति महासंघ झापाको अध्यक्षमा निर्वाचित

    बिर्तामोड / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको अध्यक्षमा पाण्डवलाल चौधरी निर्वाचित भएका छन् । महासङ्घको सातौँ अधिवेशनको बन्दसत्रबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।उपाध्यक्षमा केवलराम राई, रोहित खवास र लीला मगर सर्वसम्मत निर्वाचित भएका छन् । सचिव र दुई सहसचिव पदका लागि भने मतदान भएको थियो।सचिवमा लक्ष्मण श्रेष्ठ निर्वाचित भएका छन् । लक्ष्मण श्रेष्ठले १३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी ओमप्रकाश खापुङले मात्र ८ मत पाएका थिए ।त्यस्तै सह–सचिवमा अनिता राजवंशी, कृष्ण माझी र दिलिप उराव निर्वाचित भएका छन् । अनिता राजवंशी सर्वसम्मत भएकी थिइन् भने प्रतिष्पर्धामा बुद्धिर

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 103 पटक पढिएको
  • मेयर र उपमेयरका बारेमा गलत सूचना फैलाउने युवा प्रहरी नियन्त्रणमा

    बिर्तामोड / सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरि बिर्तामोड नगरपालिकाका मेयर र उपमेयर हराएको  भन्दै भ्रम र  गलत सूचना फैलाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड – ४ का २२ वर्षीय राजु बिमली रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए । बिमलीले शनिवार राती बिर्तामोड नगरकी प्रमुख पवित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाको तस्वीर फेसबुकमा राखेर उनीहरु हराएको र खोजीदिन आग्रह गरेका थिए । डीएसपी कुँवरका अनुसार दमकमा आईटी अध्ययन गर्दै आएका उनलाई आवश्यक कारबाहीका लागि आज दिउसो घरबाटै नियन्त्रणमा

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 326 पटक पढिएको
  • विवेकशील साझाका ७ केन्द्रीय सदस्यहरूद्वारा राजीनामा

    काठमाडौं / विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले आइतबार राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् ।पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट र नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै उनीहरूले पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा विश्वस्त हुन नसकेको बताएका छन् ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 176 पटक पढिएको
  • नागरिकता विधेयकलाई राष्ट्रियसभाले पठायो विधायन समितिमा

    काठमाडौँ / राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।आइतबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।अब यो विधेयकमाथि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बाेल

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 116 पटक पढिएको
  • प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक राष्ट्रियसभामा पेश

    काठमाडौं / प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ। आइतबारको बैठकमा विधेयक पेश भएको हो। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराएका थिए । त्यसलगत्तै प्रतिनिधि सभाबाट पारित भएको विधेयक र राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको अध्यक्षको अनुमतिले सचिव राजेन्द्र फुँयालले पेश गरेका हुन् । पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन् । फिर्ता भएको विधेयक पुनर्व

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 134 पटक पढिएको
  • विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    बिर्तामोड / सुनसरीको वराहक्षेत्र नगरपालिकामा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र -९ स्थित श्री सरस्वती माविका शिक्षक डम्बर पइँकरा रहेका छन् । कक्षा ८ र ९ पढाउने शिक्षक डम्बर पइँकरालाई आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) ले पक्राउ गरेको हो । आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राको संवेदनशील अङ्गमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने आरोप पीडित पक्षले लगाएको छ ।पइँकराले निकै लामो समयदेखि छात्रालाई गलत व्यवहार गरिरहेको विषयमा शुक्रबार विद्यालयमा आवाज उठाइएको थियो ।&n

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.