समाचार

    Showing 22,051-22,060 of 25,217 items.
  • आठ डिआइजीको पदस्थापन

    बिर्तामोड / नेपाल प्रहरीले हालै बढुवा भएका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका चार जनाको पदस्थापन समेत गरेको हो । प्रहरीले चार जना पदस्थापनसँगै डिआइजीको सरुवा समेत गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो को अनुसन्धान महाशाखामा कार्यरत नलप्रसाद उपाध्यायको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङमा पदस्थापन भएको छ । त्यस्तै , प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयका मोहनकुमार आचार्यको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटन

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 83 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

    सप्तरी / सप्तरीको राजगढ गाउँपालिका–५ स्थित मलेकपुरमा मोटसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका –३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादव रहेका छन्।भारदहबाट पथरगाडा तर्फ जाँदै गरेको प्रदेश १–०२– ०४१प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १–०२– ०४१प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए।दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाकै उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।  

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 75 पटक पढिएको
  • विवाह कुटपिट हुँदा भारतीय युवकको मृत्यु, तीन पक्राउ

    इटहरी / सुनसरीको इटहरी –५ स्थित स्वागत टोलमा विवाह उत्सवमा विवाद हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विहार शिवगढका –१८ वर्षीय आसिक कुमार पटेल रहेका छन् । विवाह उत्सवमा मृतक पटेललाई चोरीको आरोप लागेपछि स्थानीय युवाहरूसँग कुटपिट इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार पटेल केटी पक्षका आफन्त हुन । कुटपिटमा संलग्न इटहरी उपमहानगरपालिका –६ का २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको डीएसपी खड्काले बताए ।&

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 94 पटक पढिएको
  • आगलागीबाट एकै परिवारका ४ बालबालिकाको मृत्यु

    जुम्ला / जुम्लाको तिला गाउँपालिका –३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीमा परी मानसिंह सार्कीका छोरी १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, छोरो एक वर्षीय दिपेश सार्की र भान्जी ३ वर्षीया दर्शना सार्कीको मृत्यु भएको हो ।सार्कीको घरमा शुक्रबार राती ११ बजे अचानक आगलागी भएको थियो। सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीले तीनतले घरको दुई तला पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागि हुँदा मानसिंहको परिवार कामका लागि घर बाहिर निस्केका थिए। घरमा फ

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 56 पटक पढिएको
  • बम बिस्फोट गराउने समूहलाई कारवाहीको दायरामा ल्याउने दुई प्रहरी पुरस्कृत

    बिर्तामोड / प्रदेश १ का विभिन्न शहरहरूमा बम विस्फोट गराउने हिमाल सुरक्षा परिषदका कार्यकर्तालाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएको भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरीलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेको छ । प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक (डीएसपी) राजेन्द्र चौहान र इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हबलदार सम्बर बहादुर तिवारीलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेको हो । पुरस्कार स्वरुप चौहानले नगद १२ सय र तिवारीले नगद १ हजार रुपैयाँ पाएका छन् । बम बिस्फोट गराई सर्वसाधारणलाई त्रसित बनाउने ह

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 855 पटक पढिएको
  • जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

    काठमाडौँ / काठमाडौँको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् । मृत्यु हुनेमा कालीकोट तिलागुफा नगरपालिका घर भई कोटेश्वर बस्दै आएका २० वर्षीय धर्मेन्द्र बम रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।  प्रवक्ता  मैनालीका अनुसार बिहीबार राति बमले चलाएको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल जडीबुटीबाट पेप्सीकोला जाने क्रममा  रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।  मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय घाइते जगदिश शाहीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 73 पटक पढिएको
  • मोबाइल ब्यालेन्सबाट सामान र सेवा किन्ने व्यवस्था खारेज हुँदै

    काठमाडौँ  / नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अघि जारी गरेको प्रयोगकर्ताले मोबाइल ब्यालेन्सबाट सामान र सेवा किन्ने व्यवस्था खारेज गर्ने भएको छ । कार्यविधिको प्रावधानहरू विभिन्न प्रचलित कानूनसँग बाँझिएको भन्दै प्राधिकरणले गठन गरेको अध्ययन समितिले यसलाई खारेज गर्न सिफारिस गरेको हो ।कार्यविधिका कतिपय प्रावधान दूरसञ्चार ऐन, २०५३ का साथै मुलुकी अपराध संहिता, २०७४ का प्रावधानसँग बाँझिएको अध्ययन समितिको निष्कर्ष छ ।मोबाइल ब्यालेन्स प्रयोग गरी विद्युतीय माध्यमबाट बस्तु तथा सेवाहरू खरिद गर्न सक्ने व्यवस्थालाई नियमन गर्ने गरी प्राधिकरणले ‘मोबाइल ब्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 100 पटक पढिएको
  • छोरीको हत्या गर्ने आमा पक्राउ

    सप्तरी / सप्तरीमा कर्तव्य ज्यान मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाकी रानी देवी मण्डललाई बिहीबार पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाय सुनाएपछि मण्डल फरार रहेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले राजगढ गाउँपालिका–५  मलेखपुर बाट फेला पारेको हो । २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते हत्या गरी हनुमानगरको खाडो खोलामा फालेर बेपत्ता पारेपछि सो मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानको ल

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 55 पटक पढिएको
  • आईपीएलमा सट्टेबाजी लगाउने दुईजना पक्राउ

    विराटनगर / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विराटनगर-६ निवासी सचिनकुमार साह र विराटनगर-९ का भुपेन्द्रकुमार साहलाई सट्टाबाजी खेल खेलाउने र खेल्ने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका विरुद्ध सट्टाबाजी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनीहरूको साथबाट सिद्धार्थ र लक्ष्मी बैंकको चेक, नगद २८ हजार ३२५ रुपैयाँ बरामद गरिएको छ । 

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 102 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा बाह्रदशीका बिष्टको मृत्यु

    बिर्तामोड / झापाको बाह्रदशी -३ चारपाने राजगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाह्रदशी -२ का १९ वर्षीय दिपेश बिष्ट रहेको प्रहरीले जनाएको छ । बिहीबार राति साँढे ११ बजे प्रदेश २-०३-१९ प १८६४ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनाबाट घाईते भएका बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै  मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.