समाचार

    Showing 22,061-22,070 of 26,755 items.
  • डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा, पाठक र झापाली पुरस्कृत

    बिर्तामोड / जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित डी। कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन जना पत्रकारलाई प्रदान गरिएको छ ।कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार पत्रकारहरू जीएन शर्मा, राजु पाठक र लिलाराज झापालीलाई प्रदान गरिएको हो ।२०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्माले, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सह सचिव पाठकले र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीले पाएका हुन् । बिर्तामोडस्थित गौरी

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 169 पटक पढिएको
  • ३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

    एजेन्सी / पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ ।भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।सेनाले भन्यो कि शेखरलाई सन् १९८४ मा अपरेशनका लागि तैनाथ गरिएको थियो । भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए । यो विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो ।लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 145 पटक पढिएको
  • आज पनि बन्चरेडाँडामा तनाव, फोहोर बोकेको गाडीलाई अवरोध गर्ने एक जना पक्राउ

    काठमाडौँ / काठमाडौँ उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई अवरुद्ध गरेपछि बन्चरेडाँडामा तनाव भएको छ । बुधबार उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई बन्चरेडाँडामा स्थानीयले अवरुद्ध गरेपछि तनाव भएको हो ।स्थानीयले विरोध गरे पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको जनाइएको छ । काठमाडौँबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरिएको थिए ।ती फोहोर बोकेर गएका गाडी बन्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गर

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 149 पटक पढिएको
  • सुनको औंठी र आईफोन -१३ सहित विमानस्थलबाट ४ जना पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औंठी र १ थान आईफोन १३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका -१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका -९ घर भएका ४६ वर्षीय बुद्धि बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका -३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका -४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् । फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 193 पटक पढिएको
  • सिंहदरबारमा ग्यास सिलिन्डर लैजान रोक

    काठमाडौँ / सरकारले आजबाट सिंहदरबार भित्र ग्यास सिलिन्डर लैजान रोक लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबार भित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबार भित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश छ ।

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 115 पटक पढिएको
  • सुन चाँदीको मूल्यमा गिरावट

    काठमाडौं / बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ ।अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो । महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 133 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

    काठमाडौँ / हिजोबाट सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारी लगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र वामदेव गौतमसहित उनका समुहलाई गोलाकारभित्रको हसिँया हथौडामा  निर्वाचन लड्न स्वीकृत प्रदान गरेको थियो । 

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 95 पटक पढिएको
  • झापाबाटै चुनाब लड्ने महामन्त्री शर्माको घोषणा

    झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाटै निर्वाचन लड्ने घोषणा गरेका छन् ।  उनले ट्विटरमा लेखेका छन्,' काठमाडौँ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’ काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।  

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 157 पटक पढिएको
  • झापाकी गोमा भट्टराईसहित १० जना कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा ९१०० बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।देउवाले झापाकी गोमा भट्टराई, महोत्तरीका किरण यादव, काठमाडौँकी राधा घले र कल्याणी रिजाल, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी रुक्मीणी कोइराला, रूपन्देहीकी गङ्गा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 159 पटक पढिएको
  • निर्वाचन क्षेत्र परिवर्तन गर्दै वामदेव गौतम, बर्दिया छोडेर प्युठानबाट चुनाव लड्ने

    झापा / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका छन् । २०७४ मा बर्दिया –१ बाट चुनाव लडेका गौतमले मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट प्रतिस्पर्धा गर्ने भएका हुन् । गौतमले २०७० मा प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर, २०७२ को संविधानले दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम बर्दिया –१ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । त्यस्तै आगामी निर्वाचनमा गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीब

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 136 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.