समाचार

    Showing 22,111-22,120 of 26,755 items.
  • ब्राउनसुगर सहित अर्जुनधाराबाट एक युवक पक्राउ

    बिर्तामोड / झापा अर्जुनधारा नगरपालिका ११ स्थित चिया बगानबाट लागूऔषध ब्राउनसुगर सहित १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय लाल बहादुर दर्जी रहेको प्रहरीले जनाएको छ । मंगलबार बेलुका साढे ७ बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका दर्जीको सम्बन्धमा  इलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 183 पटक पढिएको
  • मोटरसाइकल ठक्करबाट महिलाको मृत्यु

    बिर्तामोड / मोरङको बेलबारी नगरपालिका- ६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीया सितादेबि ढकाल रहकी छिन् । मंगलबार राती पौने ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट घाईते भएकी ढकाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालक  मोरङ बेलबारी- ६ का २३ वर्षीय अमन चौधरीलाई नियन्त्रणमा लिई  घटना सम्बन्धमा  इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।  

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 149 पटक पढिएको
  • भन्सार छली ल्याउँदै गरेको विभिन्न सामान सहित २ जना पक्राउ

    झापा / सर्लाहीको बलरा नगरपालिका- १ सेढवामा भारतबाट भन्सार छली ल्याउँदै गरेको एलईडी ३५ थान र हटकेश २८ थान गरी करिब ७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सामान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी  ग्राम पंचायत मनिहारी- १३ बस्ने २१ वर्षीय कबि कुमार बनिया र भारत रामनगरा -१० बस्ने २० वर्षीय सुनिल कुमार साह रहेका छन् ।  बीआर ३० पीए ३४०८ नम्बरको टेम्पुलाई इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरू फेला पारी टेम्पु चालक कवि कुमार र सुनिल कुमारलाई पक्राउ

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 159 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा १ हजार ९० जनामा कोरोना पुष्टि , २ जनाको मृत्यु

    काठमाडौँ / पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा निकै लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै थप चार सय ३८ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ११ हजार नौ सय ७४ जनाको ज्यान गएको छ । थप एक लाख ७१ हजार आठ सय

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 167 पटक पढिएको
  • हुन्डी कारोबारमा संलग्न तीन जना ७४ लाख सहित पक्राउ

    काठमाडौँ / हुन्डी कारोबारमा संलग्न तीन जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदीप आचार्य रहेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटीबाट तीन जना हुन्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताए ।  पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको कोइरालाले जानकारी दिए । पछिल्लो समय राजधानीमा हुन्डी कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले उनीहरूमाथि निग

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 183 पटक पढिएको
  • युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका सञ्चालक पक्राउ

    झापा / दाङमा युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका एक सञ्चालक पक्राउ परेका छन् । पीडित भनिएकी युवती सोही ड्राइभिङ सेन्टरकी कर्मचारी हुन् ।रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका -६ मा एउटा ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय ती व्यक्तिले युवतीलाई आफ्नै सेन्टरमा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । उनलाई सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको जनाइएको छ ।तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 148 पटक पढिएको
  • सेयर बजार कारोबार : नेप्से ४५ अङ्कले घट्यो

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ठूलो अङ्कले घटेको छ ।आज सेयर बजार परिसूचक नेप्से ४५.४२ अङ्कले घटेर २०६०.७३ बिन्दुमा आइपुगेको छ । ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत यस दिन ९.६८ अङ्कले घटेर ३९६.४२ बिन्दुमा पुगेको छ ।आज २ अर्ब ८१ करोड ५१ लख ४४ हजार ५ सय ९८ रुपैयाँमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १३ वटै समूहगत सूचक समेत घटेको छ ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 107 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक किशोरको मृत्यु

    झापा / ललितपुरको महालक्ष्मी नगरपालिका -९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका -१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सव नगरकोटी रहेका छन् ।प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 152 पटक पढिएको
  • निर्वाचन कार्यतालिका स्वीकृत : समानुपातिक बन्दसूची असोज २ र ३ मा

    झापा  / निर्वाचन आयोगले मंसिर ४ मा हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।जसअनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति गरिनेछ भने असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । आयोगको कार्यतालिका अनुसार दसैँको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ ।प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृत

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 212 पटक पढिएको
  • कन्टेनरभित्र पुरुषको शव फेला

    बिर्तामोड / मोरङको सुन्दरहरैंचा नगरपालिका- ८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैंचा नगरपालिका -८ सलकपुरमा कन्टेनरभित्र अन्दाजी ४५ / ५० वर्षीय पुरुषको शव फेला परेको हो ।चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 134 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.