बिर्तामोड / सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।उनले हेटौं–सिन्धुली–धरान खण्डको निर्माण आगामी आथिउृक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको काम पनि आगामी वर्षमा अघि बढाउने बजेटमा उल्लेख छ ।सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै २०७५ जेठ ६ इलामका रोङ गाउँपालिकाको सलकपुरदेखि डँडेलधुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेको थियो ।धेरैजसो यसअघि नै बनिसकेका स्थानीय स
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
जेनेभा(एजेन्सी) विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार कोभिड – १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ ।अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेकोे संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य संकटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड–१९ को उत्पत्ति) को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।’‘यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने
काठमाडौँ / सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ ।औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारीको सङ्ख्या आव २०७५/७६ मा दुई हजार १५६ रहेकामा आव २०७६/७७ मा कमी आई एक हजार ९५९ पुगेको मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थितिमा उल्लेख छ । सार्वजनिक संस्थानले प्रदान गरेको रोजगारी अघिल्लो आव २०७५/७६ को तुलनामा एक दशमलव ३० प्रतिशतले कमी आएको छ । आव २०७६/७७ मा सार्वजनिक संस्थानक
चितवन / कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिएका छन् । उनका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो ।कार्यालयको तथ्याङ्
काठमाडौँ / लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।नयाँ भेरियन्ट सहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभए
काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि प्रश्न उठेको छ ।संवैधानिक बेन्च गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘पिक एण्ड चुज’ शैली अपनाए । उनले न वरियता क्रमलाई पछ्याए, न ५ पुसको विघटनको मुद्धा हेरेकाबारे समान नीति लिए ।दोस्रो वरियतामा रहेका दीपककुमार कार्कीलाई संवैधानिक इजलासमा राखेका जबराले त्यसपछि सातौं नम्बरका डा. आनन्दमोहन भट्टराईलाई रोजे । त्यसपछि रोलक्रममा रहेका तीन न्यायाधीशलाई छाडेका प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा समावेश गरे ।न्यायाधीश केसी यसअघिको संसद विघटनको मुद्दा
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध खोप सबै नागरिकलाई लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले यसमा विश्वव्यापी सहकार्यमा जोड दिए । प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट गरे
काठमाडौँ / लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको यही जेठ १७ गते सोमबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न सकिनेछ ।निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ ।निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी द
काठमाडौँ / गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ । कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने कुरामा दृढ रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.