समाचार

    Showing 22,511-22,520 of 25,221 items.
  • ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

    बिर्तामोड / सुनसरीको गढी गाउँपालिका -६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी-६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन । हिजो राती ९ बजे प्रदेश १-०२-००३ त नम्बरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिसरमा बसिरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा विराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो ।  सवारी दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 69 पटक पढिएको
  • साहित्यकार एवं पत्रकार बिके पाल्पालीको निधन

    काठमाडौँ / साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मिएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लोसमय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिएकी छन् । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।उनी नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए । उनी कानुन व्यवसायीसमेत थि

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 64 पटक पढिएको
  • मुगुकी एक महिलाले सेनाकै हेलिकोप्टर भित्र शिशुलाई जन्म दिए पछि

    झापा / नेपाली सेनाको हेलिकोप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका -४ की २० वर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन् ।कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजाँदै गरेकी महिलाले हेलिकोप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन ।आमा र शिशुलाई प्रदेश अस्पताल लगिएको छ । सेना दिवसको अवसरमा त्यो म

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 54 पटक पढिएको
  • नेपालका लागि मोरिससका राजदूत शान्ति बाइ

    काठमाडौँ / नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति बाइ हनुमानजी नेपाल भ्रमणमा रहेका छन् । राजदूत हनुमानजीको नेतृत्वमा छ जनाको प्रमण्डल छ दिने भ्रमणका लागि यसै साता नेपाल आएको हो । टोलीले आज महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्ने छ भने भ्रमणका अवसरमा पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको छ ।टोलीलाई नेपाल–मोरिसस बिजनेस काउन्सिलले सोमबार एक कार्यक्रमबीच स्वागत गरेको छ । सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक अवसरबारे उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्नेमा जोड दिए। काउन्सिलका अध्यक्ष बटु लामिछानेले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 57 पटक पढिएको
  • सुर्खेतमा प्रदर्शनकारी र प्रहरीबिच झडप :  कर्फ्यु  उल्लंघन गर्ने २३ प्रदर्शनकारी नियन्त्रणमा

    झापा / सुर्खेतमा एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा इन्स्पेक्टरसहित १८ जना घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार सहित प्रहरी घाइते भएको प्रदेशका प्रवक्ता एसपी राजेन्द्र सिंह खड्काले जानकारी दिए । प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि सुर्खेतमा कर्फ्यु लगाइएको छ । तर, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले कर्फ्यु  उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने दुई जना सर्वसाधारण पनि घाइते भएका छन् । प्रशासनले सोमबार रात

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 55 पटक पढिएको
  • ताप्लेजुङमा किशोरीको बलात्कारपछि हत्या गर्ने कार्कीलाई ३६ वर्ष कैद

    बिर्तामोड  / ताप्लेजुङमा किशोरीको बलात्कारपछि हत्या गरेको कसुरमा दोषी ठहर गर्दै अदालतले एक युवकलाई ३६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।जिल्ला अदालतले पाँच महिना अघि भीरबाट लडाएर किशोरीको हत्या गरेको कसुरमा पक्राउ परेका फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई उक्त सजाय सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष र करणी कसुरमा ११ वर्ष कैदको फैसला गरेको हो ।जिल्ला अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाका अनुसार पीडकबाट पीडित पक्षलाई रु तीन लाख क्षतिपूर्ति भराउन आदेश भएको छ । कार्कीले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 111 पटक पढिएको
  • कैलालीमा पौडी खेल्न गएका युवक बेपत्ता

    झापा / कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका –७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बताए ।  

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 51 पटक पढिएको
  • प्रहरीले धनुषामा रोक्यो ९ बालविवाह

    झापा / जिल्ला प्रहरी कार्यालय धनुषाले पछिल्लो साढे एक महिनामा ९ वटा बालविवाह रोकेको जानकारी दिएको छ । प्रहरीका अनुसार माघ १२ गतेदेखि फागुन १५ सम्म विभिन्न गाउँपालिकामा हुन लागेका ९ बालविवाह रोकिएको हो । अभिभावक, न्यायिक समिति, नागरिक समाज, महिला समूह लगायतसँगको समन्वयमा बालविवाह रोकिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताएकाछन् । 

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 55 पटक पढिएको
  • सुनसरीको होटलमा महिलाको शव फेला

    काठमाडौं / सुनसरीको एक होटलमा महिलाको शव फेला परेको छ ।आज मंगलबार बिहान धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटलको एक कोठामा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता गजेन्द्र रायमाझीले जानकारी दिएका छन् ।उनले घटनाको अनुसन्धान भइरहेको र त्यसबारे आजै सत्यतथ्य पत्ता लाग्न सक्ने पनि बताएका छन् ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 51 पटक पढिएको
  • आज महाशिवरात्रि पर्व भगवान् शिवको विधिपूर्वक पूजा–आराधना

    बिर्तामोड / प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।वैदिक सनातन हिन्दु धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुत

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.