समाचार

    Showing 22,521-22,530 of 26,758 items.
  • चट्याङ लागेर चौधरीको मृत्यु

    उदयपुर  / उदयपुरमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका –५ शिवाईका २६ वर्षीय रोशन चौधरी रहेका छन् । हिजो (मंगलबार) बारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङले लागेर चौधरी घाइते भएका थिए । उनको उपचारको क्रममा कञ्चनपुरस्थित धर्मेश्वर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • 91 पटक पढिएको
  • युट्युब च्यानलमार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गर्ने एक पक्राउ

    काठमाडौं / युट्युब च्यानल मार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका- ६ बौद्ध तिनचुले बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका- ७ महादेवफाँट घर भएका २२ वर्षीय प्रवेश लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । फोर रियल टि भी नामक युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई उक्त च्यानल लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा लामालाई  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट  ५ द

    • प्रकाशित मितिः असार २१, २०७९
    • 102 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

    काठमाडौं / काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियार रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका- १६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा परियारको मृत्यु भएको हो ।दुर्घटनामा परी सख्त घाइते भएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको  छ ।

    • प्रकाशित मितिः असार २१, २०७९
    • 112 पटक पढिएको
  • मानव बेचबिखन ओसारपसार मुद्दामा फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / प्रदेश प्रहरी कार्यालय १ नम्बर मोरङको अनुसन्धान समुह आर आइ टी बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान- १६ की ४६ वर्षीया सरिता भन्ने कृष्ण कुमारी लिम्बू रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले मानव बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेकी लिम्बू लाई  खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरेको हो । पक्राउ परेकी लिम्बुलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

    • प्रकाशित मितिः असार २१, २०७९
    • 125 पटक पढिएको
  • श्रोत नखुलेको ८३ लाख रकम सहित २ जना पक्राउ

    झापा / सशस्त्र प्रहरीले धनुषाबाट श्रोत नखुलेको रु ८३ लाखभन्दा बढी रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका ५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र सोही ठाउँका १९ वर्षीय राजेश मण्डल रहेको प्रहरीले जनाएको छ ।जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रु ८३ लाख ६४ हजार ५ सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।पक्राउ परेका दुवैलाई रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए ।

    • प्रकाशित मितिः असार २१, २०७९
    • 181 पटक पढिएको
  • भन्सार छलि गरेर ल्याइएकाे सामान दमकबाट बरामद

    बिर्तामोड / झापाको दमकबाट भन्सार छली गरी अवैध रुपमा नेपाल भित्र्याइएको करिब ३३ हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।मंगलबार बिहान ११ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका –७ स्थित बसपार्क छेउबाट उक्त मूल्य बराबरको सामाग्री बरामद गरेको हो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको यात्रुबाहक बसबाट सामान बरामद गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीलिप कुमार गिरीले जानकारी दिए । गिरीका अनुसार बदाम छ क्यारेट, सखर ६० केजी, पापड १५ पोका, हरियो मटर ३० केजीका दरले ४ बोरा, ललिपप ४० पोका र रियल जुस २ कार्टुन बरामद गरिएक

    • प्रकाशित मितिः असार २१, २०७९
    • 132 पटक पढिएको
  • रामेछाप दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्याे, घाइते २० जनाकाे धुलिखेल अस्पतालमा उपचार हुँदै

    काठमाडौँ /  रामेछापको सुनापति गाउँपालिका -५ लुभुघाटमा भएको बस दुर्घटनाका घाइते मध्ये थप चार जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार मृत्यु हुनेमा सुनापति –५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेका छन् । मंगलबार बिहान हिलेदेवीबाट काठमाडौं जाँदै गरेको बा.३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस सडकबाट करिब तीन सय

    • प्रकाशित मितिः असार २१, २०७९
    • 80 पटक पढिएको
  • पानीमा डुबेर दुई जनाको मृत्यु

    झापा / सिरहा र पाल्पामा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी रायको छोरा ७ वर्षीय करण कुमार रायको सोमबार डुबेर मृत्यु भएको हो । सोही ठाउँस्थित सहजा खोलामा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो । पाल्पाको गुल्मी छत्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा डुबेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवा बस्ने पूर्ण बहादुर कुमालको छोरा ३ वर्षीय मनिस बहादुर कुमालको सोमबार मृत्यु भएको छ ।डुबेर अचेत अवस्थामा भेटिएका उनक

    • प्रकाशित मितिः असार २१, २०७९
    • 68 पटक पढिएको
  • मादी हत्या प्रकरण : चार जनालाई आजीवन कारावास

    सङ्खुवासभा  / जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपुर्ति भराउने फैसला भएको हो ।अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार १७ वर्षीय किशोरलाई भने १६ वर्ष कारावासको सजाय भएको छ । गत भदौ २१ गते सङ्खुवासभाको उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।उनीहरूको हत्याको आरोपमा प्रहरीले २८

    • प्रकाशित मितिः असार २१, २०७९
    • 162 पटक पढिएको
  • सात राउन्ड गोली सहित इलाम सूर्योदयका राई पक्राउ

    बिर्तामोड / सात राउन्ड गोली सहित इलामबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका- ९ ढोडे बस्ने ३५ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । राईले राइफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्‍याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २१, २०७९
    • 75 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.