समाचार

    Showing 22,541-22,550 of 26,760 items.
  • अवैधरुपमा गिटी, बालुवा, उत्खनन गर्ने सवारी साधन सहित चालक पक्राउ

    बिर्तामोड / अवैधरुपमा गिटी, बालुवा उत्खनन गर्ने सवारी साधन सहित चालक पक्राउ परेका छन् । मोरङको केराबारी- ८ स्थित रहेको खदम खोला, केराबारी- ७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा- ५ स्थित रहेको बुढीखोला र बेलबारी-२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालक सहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको

    • प्रकाशित मितिः असार २०, २०७९
    • 72 पटक पढिएको
  • कुटनीतिक पत्राचार गर्दा परराष्ट्र मन्त्रालयमार्फत गर्न निर्देशन

    काठमाडौँ / सरकारले वैदेशिक एवं कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा परराष्ट्र मन्त्रालय मार्फत मात्रै गर्न निर्देशन दिएको छ ।असार ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य रुपमा गर्नुपर्ने निर्णय गरको थियो । योसँगै मन्त्रालयहरूले मातहतका निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार वैदेशिक एवम् कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्न विभाग, प्राधिकरण, बोर्ड, आयोग, विकास समिति र सबै महाशाखाहरुल

    • प्रकाशित मितिः असार २०, २०७९
    • 58 पटक पढिएको
  • भारतीय दूतावासमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु

    काठमाडौं / काठमाडौं स्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।सोमबार बिहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाइने गरिएको छ । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए ।घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले बतायो । मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । 

    • प्रकाशित मितिः असार २०, २०७९
    • 97 पटक पढिएको
  • करेन्ट लागेर १ जनाको मृत्यु

    झापा / उदयपुरको त्रियुगा नगरपालिका- ८ देउखुरी स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सोमबार आज बिहान पौने ५ बजे स्थानीय ६५ वर्षीय मन्तु चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागि गम्भिर घाईते भएकोमा तत्काल उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार २०, २०७९
    • 73 पटक पढिएको
  • युवकको हत्या गरेको आरोपमा महिला पक्राउ

    झापा / सिन्धुलीमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।  कमलामाई नगरपालिका- ६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा घ्याङ्लेख गाउँपालिका- ३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । सोही नगरपालिका- ६ लोकतान्त्रीक चोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबीच झै-झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २०, २०७९
    • 85 पटक पढिएको
  • घोप्टो परेको अवस्थामा महिलाको शव फेला

    बिर्तामोड / मोरङको रतुवामाईमा एक महिलाको शव फेला परेको छ । रतुवामाई नगरपालिका- २ क्यापटोला स्थित कल्भर्टको पानी जमेको खाल्डोभित्र सोमबार बिहान महिला घोप्टो परी मृत अवस्थामा शव फेला परेको हो ।अन्दाजी २५ २६ वर्षीया महिलाको पहिचान भने खुलेको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले घटना बारेमा अनुसन्धान सुरु गरेको बताएका छन् । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असार २०, २०७९
    • 106 पटक पढिएको
  • प्रेस क्लब बुद्धशान्तिको आयोजनामा खोज पत्रकारिता र क्षमता अभिवृद्धि तालिम

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा एक दिवसीय खोज पत्रकारिता र क्षमता अभिवृद्धि  तालिम सोमबार सम्पन्न  भएको छ । तालिम बुद्धशान्ति गाउपालिका -३ को चखेवा होटेलमा सम्पन्न भएको हो । बुद्धशान्तिमा पत्रकार उत्पादन गर्न सक्रिय पत्रकारहरुको क्षमता  अभिवृद्धिका लागी तालिमको आयोजना गरिएको प्रेस क्लब बुद्धशान्ति अध्यक्ष आयुष निरौलाले बताए । कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघ झापाका अध्यक्ष एक राज गिरिले तालिमको सहजीकरण गरेका थिए । यस्तै झापाका अग्रज पत्रकार उमाकान्त खनालले पनि तालिमको सहजीकरण गर्दै खोज पत्रकारिताको महत्वका बारेमा चर्चा गरेका थिए ।तालिमम

    • प्रकाशित मितिः असार २०, २०७९
    • 75 पटक पढिएको
  • सुनसरीमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु

    बिर्तामोड / सुनसरीको भोक्राहा नरसिंह- ५ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा भोक्राहा नरसिँह- ५ बस्ने ४५ वर्षीय रजाक मिया रहेको प्रहरीले जनाएको छ । आइतबार बेलुका साढे ३ बजे  पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उतर तर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा  मोटरसाइकलमा सवार ४ जना घाईते भएका थिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।   

    • प्रकाशित मितिः असार २०, २०७९
    • 61 पटक पढिएको
  • अर्जुनधाराबाट भारतीय नागरिकको हत्या गरी बोरामा बाँधेर फ्याँक्ने तीन जना पक्राउ

    बिर्तामोड / झापाको अर्जुनधाराबाट भारतीय नागरिक जापाडिया नरेश कुमार बाबुको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नम्बर –७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी (थापा), सोही ठाउँका विनय भन्ने बृख बहादुर थापा र सुनसरीको बराह क्षेत्र नगरपालिका –१० का २५ वर्षीय सुरेश परियार रहेका छन् । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । गत असार –६ गते साँझ ६ बजे झापाको अर्जुनधारा नगरपालिका –४ स्थित जुकेखाडी–साहसी टोल भित्री कच्ची सडकमा रहेको कल्भर्ट मुनी बोरामा बाँधेको अवस्थामा नरेश कुमारको शब फेला परेको थियो । बोराबाट गन्ध आइरहेको

    • प्रकाशित मितिः असार १९, २०७९
    • 537 पटक पढिएको
  • राहदानी विभागविरुद्ध विरोध प्रदर्शन : ‘महँगीले सतायो, राहदानीले रुवायो’

    काठमाडौं  / राहदानी वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभागविरुद्ध विरोध प्रदर्शन गरेको छ ।आइतबार बिहान जुलुससहित पुगेका युवा संघका कार्यकर्ताले त्रिपुरेश्वरस्थित विभागको गेटअगाडि भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।विभागका कर्मचारीले ढिलासुस्ती गर्दा राहदानीका लागि हप्तौं धाउनुपर्ने अवस्था रहेको छ । घण्टौँ लाइनमा बस्दा समेत विभागका कर्मचारीले बेवास्ता गर्दा नागरिकलाई राहदानी पाउनक

    • प्रकाशित मितिः असार १९, २०७९
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.