समाचार

    Showing 22,561-22,570 of 26,760 items.
  • चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते

    झापा / चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका- १३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीय बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 64 पटक पढिएको
  • मोरङको रङ्गेलीमा आगलागी : एक महिलाको जलेर मृत्यु

    बिर्तामोड / मोरङको रंगेली नगरपालिका- १ बिर्ताबजारस्थित तिलका मल्लिकको घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलकाकी श्रीमती ३१ वर्षीया बबिता मल्लिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार राती १० बजे टिनको घरमा आगलागी हुँदा घाइते बबिताको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा शनिबार बिहान ६ बजे मृत्यु भएको हो । घटनास्थलमै बोल्न नसक्ने अवस्थामा रहेकी घाईतेलाई इलाका प्रहरी कार्यालय सखरदिनाका प्रहरी टोलिको सहयोगमा कोशी अस्पतालमा उपचारका लागि पठाइएको थियो ।उपचारका क्रममा बबिताको शनिबार बिहान ६ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् । आगलागीबाट

    • प्रकाशित मितिः असार १८, २०७९
    • 137 पटक पढिएको
  • १९ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

    झापा / गुल्मीमा १९ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका ६ स्थित ३५ वर्षीय जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले असार १४ गते दिउँसो ३ बजे गोठमा भाइबुहारीलाई बलात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 259 पटक पढिएको
  • प्रधानमन्त्री देउवा सहित गठबन्धनका नेता निजगढमा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू शनिबार बाराको निजगढ पुगेका छन् ।प्रधानमन्त्री शेर बहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत निगजढ पुगेका हुन् ।प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको स्थलगत अवलोकनका लागि शीर्ष नेताहरू त्यहाँ पुगेका जनाइएको छ । गठबन्धनका नेताहरू निजगढको निरीक्षण गरेर शनिबार नै काठमाण्डु फर्किने कार्यक्रम छ ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 37 पटक पढिएको
  • करेन्ट लागेर एक जनाको मृत्यु

    झापा / बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह रहेको प्रहरीले जनाएको छ । शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने  क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 64 पटक पढिएको
  • सुनसरीको इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

    बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिका -१२ चौकी मोड स्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत बिहार घर भई हाल इटहरी उपमहानगरपालिका -१२ स्थित रिलायन्समा काम गर्ने ५० वर्षीय लालु प्रसाद विश्वास रहेका छन् ।शुक्रबार बेलुका पौने ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बागमती प्रदेश -०२- ०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घट्ना हुँदा गम्भिर घाइते भएका साइकल यात्री विश्वासको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको थियो । मोटरसाइकल चालक काठमाडौँ नागार्जुन नगरपालिका - ८

    • प्रकाशित मितिः असार १८, २०७९
    • 121 पटक पढिएको
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा को को छन् ? २१ केन्द्रीय सदस्य

    काठमाडौँ / पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको पार्टी ’राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको जानकारी दिइएको हो ।दल दर्तापछि रविले पार्टी दर्ता भएको र चुनाव चिह्न गोलाकार भित्रको घन्टी भएको जानकारी दिए ।दल दर्ता भएसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन् ।पार्टीमा सभापति रवि लामिछाने रहेको र सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली,

    • प्रकाशित मितिः असार १८, २०७९
    • 108 पटक पढिएको
  • अपडेटः पहिरोमा हराइरहेका ३ मध्ये १ को शव फेला

    झापा / शुक्रबार राति पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर -७ बिदिनमा पहिराले घर बगाउँदा बेपत्ता भएका ३ जना मध्ये १ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ४२ वर्षीय रूपलाल मगरको शव फेला परेको हो । बेपत्ता भएका ३ मध्ये २ जनाका खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १८, २०७९
    • 46 पटक पढिएको
  • पाँचथरको फालेलुङमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता

    झापा / शुक्रबार राति पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलाल ,उनकी श्रीमती ३८ वर्षीया गोमा मगर,  र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन् । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रहरी नायब उप

    • प्रकाशित मितिः असार १८, २०७९
    • 60 पटक पढिएको
  • माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    झापा / उदयपुरमा  माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका- ३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका साढे ६ बजे अजय मल्लिक र उनको श्रीमती पुनीत मल्लिकले उनकै बहिनी शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका थिए । घाइते भएका अजयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा पौने ७ बजे मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 61 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.