समाचार

    Showing 22,591-22,600 of 25,221 items.
  • भालुको पित्त र यार्सागुम्बा सहित पक्राउ

    झापा / भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका –१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख बि क लाई शनिबार साँझ पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने बि कलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको हो ।उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला पारेको प्रहरी निरीक्षक बमले बताए । उनका अनुसार पक्

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 61 पटक पढिएको
  • प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

    काठमाडौँ / सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्‍ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 59 पटक पढिएको
  • भक्तपुरमा २२ वर्षीया युवती झुण्डिएको अवस्थामा फेला

    झापा / भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटमा एक युवतीको शव फेला परेको छ ।नगरकोटस्थित शमशेर टोलकी २२ वर्षीया सूर्यमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी हुन् ।महानगरीय प्रहरी पसिरस भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार तामाङ आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ,’ डीएसपी पाण्डेले भने, ‘पोस्टमार्टमपछि थप केही  खुल्ला ।’ युवतीले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। तर, आत्महत्याको कारण भने खुलेको छैन । 

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 80 पटक पढिएको
  • टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

    काठमाडौँ / नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थका कर्मचारीलगायतको सहभागिता थियो । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ ब्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पुष्पवृ

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 57 पटक पढिएको
  • बैकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

    काठमाडौं  / प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालत पाटन ललितपुर फैसलाले बैंकिङ कसूरमा ७ लाख रुपैयाँ जरिवाना तोकिई फरार रहेका धादिङ जिल्ला साविक चैनपुर गाविस  १ घर भई हाल कामनपा -२६ बस्ने ४३ वर्षीय रमेश बहादुर पाठकलाई सोह्रखुट्टेबाट शुक्रवार पक्राउ गरेको हो ।पक्राउ परेका अभियुक्तलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 66 पटक पढिएको
  • इलाममा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / इलामको सूर्योदय नगरपालिका -३ स्थित फिकल -पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका -१ का २३ वर्षीय सौगात राई रहेका छन । हिजो बेलुका साढे ४ बजे पशुपतिनगर तर्फ जाँदै गरेको को १ ज ३५८९ नम्बरको बलेरो गाडीले विपरित दिशाबाट आँउदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सौगात राई र पछाडि सवार रहेकी २५ वर्षीया सम्झना राई घाईते भएका थिए । घाईते दुवैलाई उपचारको लागि बिर्तामोड स्थित बि एण्ड सी अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिन

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 93 पटक पढिएको
  • छुट्टा छुट्टै दुई स्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    बिर्तामोड / सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा को २० प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाइकल चालक विराटनगर -१४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा  विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको हो भने , मोरङको जहदा गाउँपालिका- ६ स्थित भित्री सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को ३५ प ३४०५ नम्बरको मोटरसाइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालक बिराटनगर- १९ का २६ वर्षीय लक

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 66 पटक पढिएको
  • भीरबाट लडी महिलाको मृत्यु

    झापा /  ओखलढुङ्गाको मोलुङ गाउँपालिका- ४ स्थित भीरबाट लडी १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ - ४ घले गाउँका इन्द्र सुनुवारको श्रीमती ३८ वर्षीया मिना सुनुवार रहेकी छन । हिजो बेलुकी पौने ४ बजे गुठी पाताल जङ्गलबाट घाँस काटी घर तर्फ फिर्कदै गर्दा भीरबाट लडी घाईते भएकी सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा निजको उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 69 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध सहित १ जना पक्राउ

    बिर्तामोड / सुनसरीको धरान उप-महानगरपालिका-५ बाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का २८ वर्षीय सुवास राई रहेका छन । हिजो राती ११ बजे  लागूऔषध बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गएको प्रहरी टोलीले राईको सुत्ने कोठामा खानतलासी गर्दा स्पासपेन ७४२ ट्यावलेट, ट्रमाडोल ७१४ क्याप्सुल र टापेन ४० ट्याबलेट गरी जम्मा १४९६ ट्याबलेट तथा क्याप्सुल बरामद गरेको हो । निषेधित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ । 

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 72 पटक पढिएको
  • लागूऔषध सहित दुई पक्राउ

    झापा / धनगढीमा प्रहरीले लागूऔषधसहित दुईजनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –३ मिलन चोकबाट भीमदत्त नगरपालिका –४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमाका २७ वर्षीय बाशुदेव विश्वास रहेका छन् ।दुईजनाबाट करिब २ सय १० मिलिग्राम अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 59 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.