काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका सञ्जय साह र कविर महर्जन १० दिनपछि जीवितै उद्धार भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले शुक्रबार बिहान उनीहरूलाई सुरुङबाट बाहिर निकालेको हो।

दुई जनाको उद्धारपछि गृहमन्त्री सुधन गुरुङले यसलाई ‘आशाको किरण’ भनेका छन्। उनले उद्धारमा खटिएका टोलीलाई धन्यवाद दिँदै सबै सुरुङमा खोजी तथा उद्धार कार्य अझै निरन्तर रहेको बताएका छन्।

साह र महर्जन आयोजनामा प्राविधिक काममा संलग्न थिए। दश दिनपछि दुई जनाको जीवित उद्धारले सुरुङभित्र अझै कोही फसेको हुनसक्ने आशालाई बल दिएको छ। अब उद्धार टोलीको ध्यान बाँकी सम्भावित जीवन खोज्न केन्द्रित भएको छ।