काठमाडौं / धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व प्रहरी निरीक्षक मुक्ति सिग्देल रहेका छन ।राजमार्गको नलाङ बैरेनी खण्डमा मोटरसाइकलको ठक्करबाट सिग्देलको घटनास्थलमै मृत्यु भएको हो ।सिग्देललाई ठक्कर दिई फरार रहेका सिद्धलेक -२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
काठमाडौं / काठमाडौंको नयाँ बानेश्वर यतिबेला तनावग्रस्त बनेको छ । हाल ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।बिभिन्न पार्टीहरूले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम गर्दे नारा जुलुस तथा टायर बालेर प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोध जनाउदै सडकमै सुत्ने तथा गो ब्याग एमसीसी, एमसीसी चाइदैन देश बेच्न पाइदैन्, भन्ने नारा लगाउँदै ठुलो सङ्ख्यामा प्रदर्शनकारी संसद् भवन अगाडि विरोधमा छन् । उनीहरूले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरू ग
झापा / उदयपुरको बेलका नगरपालिका ८ सिरुवानीबाट ठुलो परिणामको नियन्त्रित लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजाको ओसार पसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले हिजो बिहान सवा २ बजे ४ सय के .जी गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका -८ का २७ वर्षीय गोकुल राई, बेलका नगरपालिका -७ का २९ वर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका -१ सुनसरीका २३ वर्षीय मनिष धामी रहेका छन् । उनीहरूलाई को १ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ
झापा / पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ –२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ –२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तिनाउ –१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
झापा / आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले दाङबाट दुई महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका खानीगाउँकी २३ वर्षीया बसन्ती घर्ती रहेकी छिन । बसन्तीसँगै सोही ठाउँकी २२ वर्षीया दुर्गा घर्तीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उनीहरूले ५५ वर्षीया सासु इन्द्रकुमारी घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ। बसन्ती इन्द्रकुमारीकी बुहारी हुन् ।घरायसी विवादका क्रममा बुधबार बिहान बसन्तीले सासुको टाउकोमा काठको मुग्रोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।उनको शव घर नजिकै
बिर्तामोड / झापाको बिर्तामोडमा प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । बिर्तामोडको पश्चिम बस स्टेन्डमा माग ९ गते प्रेसर कुकर बम जस्तो देखीने बिष्पोटक पदार्थ राखेर आतंक मच्चाउने उनिहरुलाइ पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गौरादह नगरपालिका–२ का ठेक्कापट्टा ब्यवसायी सुमन कुमार कार्की, गौरादहकै प्रदीप थापा, कनकाई नगरपालिका–३ का भिष्म थापा, दमक नगरपालिका–९ चिया दोकान घर भएका देबी बाँस्कोटा, पुजारीको रुपमा काम गर्दै आएका कुमार भनिने यमदत्त सिटौला, सरुण लिम्बु भनिने दिलकुमार सामेखाम, मोरङको सुन्दर हरैचा बस्ने मनमोहन दाहाल, अन
झापा / खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ बर्षिया कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।बिहीबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखेपछि स्थानियहरूले उदार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको क्रममा बोहराको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर लोकेन्द्र सिंह कार्कीले बताए ।
झापा / सिन्धुलीमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका १ को देवीस्थानमा गेग्रान हाल्ने ट्रिपरको पछाडिको भागले ठक्कर दिँदा ४५ वर्षीय टिकाराम शिवभक्तिको मृत्यु भएको हो ।आफ्नै घडेरी सम्म बनाउन ल्याएको गेग्रान लोड ट्रिपरको पछाडि भागले ठक्कर दिँदा शिवभक्तिको मृत्यु भएको सिन्धुलीका प्रहरी डीएसपी मनोजकुमार लामाले जानकारी दिए । ट्रिपरको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर भएकी शिवभक्तिको धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटेमा मृत्यु भएको हो ।
रसुवा / रसुवाको गोसाईकुण्ड गाँउपालिका– १ एकमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । कम्पनीका अनुसार आयोजनाका इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ । कोरोना भाइरसको संक्रमणले इलेक्ट्रोमेकानिकल तर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो ।सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम आगामी चैत महिनाभित्र सम्पन्न गर्ने गरि काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०७९
काठमाडौँ / लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ । इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेको हो । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले ११ गोल गरे ।यो सँगै लिभरपुलले तीन अङ्क जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोबर्टोले खेलको ७५ औं मिनेटमा गोल गरे । ८३ औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो । अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.