बिर्तामोड / करेन्ट लागेर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- २ मेहेता टोलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जिवानन्द मेहेता रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुँदा करेन्ट मेहेतालाई करेन्ट लागेको थियो । करेन्ट लागी घाईते भएका मेहेतालाई उपचारको लागी जिल्ला अस्पताल सुनसरी लगिएको र अस्पताल पुर्याउनसाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं / काठमाडौंबाट २ वटा सुनको सिक्री चोरी गरेको आरोमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका- ६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका- १० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी रहेका छन् । महानगरपालिका- १६ माछापोखरीस्थित प्रशंसा ज्वेलर्सबाट २ तोला सुनको सिक्री चोरी गरेको आरोपमा उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त ज्वेलर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनी २ तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको थियो । घटना सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय बैठकले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।बैठकमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १० जेठमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । राष्ट्रियसभाको अर्को बैठक १५ जेठ दिउँसो ३ बजे बस्नेछ । नीति तथा कार्यक्रमलाई पारित पर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय
बिर्तामोड / सामाजिक सञ्जालमा फेक अकाउन्ट निर्माण गरी नकारात्मक गतिविधि गरेको आरोपमा एक प्रहरी जवानलाई प्रहरीले पक्राउ छ । पक्राउ पर्नेमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका वडा नम्बर - ४ घर भइ प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत प्रहरी जवान कृष्ण कुमार यादव रहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रहत्या गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई जेठ ११ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंब
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् ।साहलाई बधाई दिँदै महामन्त्री थापाले जनताको काममा जनप्रतिनिधिलाई सबै सघाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान ट्वीट गर्दै उनले भने, जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसके पछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौँ ।’ यस्तै उनले साहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको पनि बताए ।
एजेन्सी / इन्डियन प्रिमियर लिग (आइपीएल) टि-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैङ्ग्लोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैङ्गलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ ।
झापा / म्याग्दीमा गोरु कट्दै गरेको अवस्थामा पहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिका- ६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही बेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
काठमाडौँ / सर्वोच्च अदालतले निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएपछि बाराका जनता आन्दोलित भएका छन् ।राष्ट्रिय गौरवको आयोजना बारामै बन्ने चर्चा चलेको तीन दशकपछि प्रक्रियाले गति लिँदै गर्दा सर्वोच्चले विमानस्थल बनाउन रोक लगाएपछि जिल्लावासी असन्तुष्ट बनेका हुन् । जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचेन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको पूर्वमन्त्री एवं एमाले नेता पुरुषोत्तम पौडेलको भनाइ छ ।उनले विमानस्थल बन्न नदिन दक्षिण (विदेशी)को इसारामा भएको आदेशको प्रतिवाद गर्नु सबै देशभक्त नेपालीको कर्तव्य हो भनेका छन् । ‘सर्व
बुटवल / रूपन्देहीको भलबारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्याङ्करमा आगलागी भएको छ ।डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
कैलाली / भारतको विभिन्न स्थानबाट चोरी गरेर ल्याई खेतमा गाडेको अवस्थामा प्रहरीले कैलालीबाट २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका –८ र बर्दगोरिया –४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको हो । घोडाघोडी नगरपालिका –८ स्थित स्थानीय लालबहादुर थापाको घर नजिकबाट २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडेको अवस्थामा भेटिएको प्रवक्ता जोशीले बताए । त्यस्तै सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिकबाट पनि स्टिलको डिब्बाभि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.