समाचार

    Showing 23,411-23,420 of 25,279 items.
  • उदयपुरमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १९ घाइते

    उदयपुर / उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा  त्रियुगा नगरपालिका –९ गैरुनका ४० वर्षीय बौका सदा रहेका छन् । आज बिहान ८ः५० बजे मदन मण्डारी लोकमार्ग हुँदै गाईघाटबाट ताप्ली गाउँपालिका भवनको ढलानका लागि मजदुर लिएर जाँदै गरेको  प्र २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर उदयपुरगढी गाउँपालिका –६ दनुवारबेँशीमा दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भिर घाइते भएका सदाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोही दुर्घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 74 पटक पढिएको
  • अख्तियारमा स्थानीय तहका उजुरी बढ्दै

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरी बढ्न थालेका छन् । पालिका आफैँले सेवा प्रवाह र सुशासन सम्बन्धमा नागरिकलाई सुसूचित गर्न थालेका छन् । यसबाट पालिकाका राम्रा र नराम्रा दुवै प्रकृतिका कुरा आमनागरिकलाई जानकारी हुन थालेपछि पालिकाका विषयमा अख्तियारमा उजुरी बढ्दै गएको हो ।राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव कृष्णहरि बाँस्कोटाले सङ्ख्यात्मक रूपमा स्थानीय तहको बढी उजुरी परे पनि बजेट दुरुपयोगसम्बन्धी मात्रा हेर्ने हो भने सङ्घ र प्रदेशको भन्दा कम हुने बताए । उनले भने, “स्थानीय तहको सङ्ख्या धेरै भएकाले उजुरीको सङ्ख्या पनि धेरै हुनु स्वाभाविक

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 67 पटक पढिएको
  • पेट्रोलियम गाडी ६ लाखमै विद्युतीय बन्न सक्छन्

    काठमाडौँ / विश्वबजारमा पेट्रोल/डिजेल चल्ने गाडीलाई धमाधम विद्युतीयमा रुपान्तरण गर्ने ‘ट्रेन्ड’ चलिरहँदा नेपालले यससम्बन्धी कानुन नै बनाउन सकेको छैन। सरकारले २० वर्ष पुराना गाडीलाई विस्थापन गर्ने नीति लिए पनि तिनलाई विद्युतीय बनाउने गरी कानुन निर्माण गर्न नसकेको छैन । नेपालका यातायात व्यवसायीले समेत पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न माग गर्दै आएका छन्। उनीहरूले २० वर्ष पुराना गाडीलाई त्यत्तिकै फाल्नुभन्दा विद्युतीय रुपान्तरण गर्दा अर्बौँ रुपैयाँ जोगिन सक्ने बताउँदै आएका छन्। तर सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीय बनाउनेसम्बन्धी कुनै कानुनी व्यवस्था गर्नसकेको छैन

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 92 पटक पढिएको
  • १८० किलो गाँजासहित एक पक्राउ

    सुनसरी / सुनसरीको देवानगन्ज गाउँपालिका –४ बाट ठुलो परिणामको गाजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले प्रदेश –१–०४–००१ त ०६६६ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी गाँजा फेला परेको थियो । चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाइकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका –५ का २५ वर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन् । फरार भएका चालकको खोजतलास भइरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत निय

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 155 पटक पढिएको
  • आजको मौसम : देशका यी स्थानमा आंशिक बदली हुने

    बिर्तामोड / हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।अहिले बिहान पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली तथा अन्य क्षेत्रको मौसममा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज राति पनि देशभर दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सत

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 66 पटक पढिएको
  • नेपाली उत्पादन : यात्रा मोटरसाईकल बजारमा आउँदै

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 39 पटक पढिएको
  • नक्कली नोटसहित पाँच पक्राउ

    काठमाडौं  / नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् । महानगरीय प्रहरी पर

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 76 पटक पढिएको
  • अदालतको आदेशपछि निर्वाचनको तयारी गर्दै खानेपानी संस्था

    दाङ  / लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन गर्न निर्देशन गरेको छ । सोहीअनुसार संस्थाको बैठकले यही मङ्सिर १४ गते पार्सद् भेला गर्ने निर्णय गरेको छ । भेलाले आर्थिक प्रतिवेदन पारित गर्नेछ । सोही भेलाले नै निर्वाचनको मिति तोक्ने संस्थाका कोषाध्यक्ष सीताराम शर्माले बताए । गत कात्तिक २५ गते संस्थामा पत्र आइपुगेकाले मङ्सिर २५ गतेभित्रै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । साथै निर्वाचनमा भाग लिनका लागि गत आर्थिक वर्षको महसुल बुझा

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 62 पटक पढिएको
  • पहिलो ई–पासपोर्ट शताब्दी पुरुष जोशीलाई

    काठमाडौँ / सरकारले इ–पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शताब्दी पुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका हुन् । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई–पासपोर्ट वितरण गर्ने पनि उनले बताए । ई–पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 62 पटक पढिएको
  • लागु औषधसहित १७ जना पक्राउ

    बुटवल /  रुपन्देहीबाट लागुऔषध सहित प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्मरीमाई गाउपालिका रुपन्देहीका निरज यादव, मर्चवारी गाउपालिका –५ का राहुल पाण्डे, कञ्चन गाउँपालिका ४ का मोहन सुनार र प्रदिप पुन, नन्द कुमार दर्जी,कञ्चन १ सिमा कुमारी श्रीस, चितवनको भरतपुर महानगरपाकिला १६ का दिपेन्द्र सुनार नवलपरासी (पुर्व_ गैडाकोट १ का नकुल बि.क. रहेका छन् । यस्तै तिलोत्तमा–४ का शंकर नेपाली, तिलोत्तमा –३ का केशव गिरी र बुटबल ११ का दिपक नेपाली रहेका छन् । उक्त अप्रेसन अन्तर्गत गत कार्तिक महिनामा महिनामा अवैध लागु औषध सहित २ महिला र १५ जना पुरुष पक्राउ परेका हुन् ।प्रहरीले बरामद

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.