विराटनगर / विराटनगर विमानस्थल आज (शनिबार) विहान देखि सञ्चालनमा आएको छ । बाढी पसेर मंगलबार दिउँसो देखि बन्द भएको विमानस्थलको शुक्रबार साँझसम्ममा सरसफाइ सकेर आजबाट सञ्चालनमा आएको हो । प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको छ । उपकरणहरू चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडानसमेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रिकालीन उडान समेत सम्भव हुन्छ ।दुई दिनसम्म उपकरणहरूको परीक्षणपश्चात् विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो ।&n
विराटनगर / प्रदेश १ मा आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ हजार ८ सय ९ मुद्दा दर्ता र ९ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ विशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक वर्षको गत ३ महिनामा मात्र १ हजार ८ सय ९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैस
बिर्तामोड / बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । लगातार परेको वर्षाका कारण आएको बाढी बुधबार विमानस्थलमा पसेपछि उडान बन्दा गरिएको थियो । विमानस्थलको शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्ममा सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । ‘पानी घटी सकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’विमानस्थल मंगलबार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।
बिर्तामोड / झापा र सुनसरीबाट ब्राउन सुगर सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका –१९ का २६ वर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका –८ का ३५ वर्षीय विमल भुजेल र मोरङ कानेपोखरी गाउँपालिका –४ का २६ वर्षीय नारायण मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका –६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो । त्यस्तै बिहीबार नै सोही समयमा अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगर
सुनसरी / सुनसरीको कोशी गाउँपालिका –८ भन्टाबारीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका –१ की २६ वर्षीया सासा लिम्बू रहेकी छन् ।बिहिबार राती ११ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ON TEST स्कुटी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनाबाट गम्भिर घाइते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । सो दुर्घटनामा स्कुटी पछाडि सवार रहेकी झापा बुद्धशान्ति गाउँपालिका –१ की २७ वर्षीया रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका –३ बाङ्गेमा कार दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेका बराहक्षेत्र नगरपालिका –६ चक्रघट्टीका ४० वर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् । हिजो बेलुका पौने ८ बजे कालाबञ्जर देखि चक्रघट्टी तर्फ आउँदै गरेको ‘अन टेस्ट’ कार बाङ्गेको भित्री सडक खण्डमा आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाइते भएका दाहालको उपचारको क्रममा स्थानीय नगर अस्पताल चक्रघट्टीमा मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बाङगेले जनाएको छ ।
बिर्तामोड / हाल नेपालमा देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक र दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पानी सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।
डोटी / बेमौसमी अविरल वर्षासँगैको बाढीपहिरोको कारण विगत पाँच छ दिनदेखि अवरुद्ध भएको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ ।वर्षाका कारण रूख ढलेर कैलालीको भासुभिर नजिक ३३र११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ ।अवरुद्ध विद्युत् र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत् सेवा स
कुख्यात अपराधी अमर टण्डनलाई जोगाउन भूमिका खेलेको अभियोगमा पूर्व आईजीपी ठाकुर प्रसाद ज्ञवाली सहित २१ प्रहरी उच्च अधिकारीमाथि कारवाही हुने भएको छ ।अपहरणमा संलग्न टण्डन समुहले १४ वर्षअघि २०६४ माघ २९ गते अपहरण गरेका बुटवलका ६२ वर्षीय टीकाराम अर्यालले दिएको किटानी जाहेरीको विषयमा अनुसन्धान नै नगरी म्याद गुजारेको अभियोगमा प्रहरी उच्च अधिकारीमाथि कारवाही हुने भएको हो । प्रहरी प्रधान कार्यालयले अर्याल अपहरणको विषयमा अनुसन्धान गर्न एसएसपी भीम ढकालको नेतृत्वमा बनाएको तीन सदस्यीय छानबिन समितिले उच्च प्रहरी अधिकारीको भूमिका शंकास्पद देखिएको भन्दै उनीहरु माथि कारवाहीको सिफारिस
बिर्तामोड / सोसल मिडिया कम्पनी फेसबुकले नाम परिवर्तन गर्ने भएको छ । युवा प्रयोगकर्ताहरूको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागेपछि फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको हो ।फेसबुकका सिइओ मार्क जुकरबर्गले आगामी अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकको नाम परिवर्तन गर्ने बताउने भएका छन् । उनले फेसबुकलाई सोसल मिडिया भन्दा बृहत भएको कम्पनीको रुपमा चिनाउन चाहेको बताएका छन् । फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ ।पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.