समाचार

    Showing 23,591-23,600 of 25,279 items.
  • बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३१ पुग्यो , ४३ बेपत्ता

    बिर्तामोड / देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर हालसम्म ३१ जनाको मृत्यु भएको भने ४३ जना बेपत्ता भएका छन् ।गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बेपत्ता हुनेको संख्या बढेकाले मृत्यु अझै बढ्ने जानकारी गराएकी छन् । उनले बुधबार बिहानसम्म मन्त्रालयमा प्राप्त विवरण अनुसार बेपत्ताको संख्या ४३ र घाइतेको संख्या २२ रहेको बताएकी छन् ।इलाममा ७ , पाँचथरमा ६ , डोटीमा ७ , धनकुटामा ६ , सुनसुरीमा २ , कालीकोटमा १ र डडेलधुरामा १ जना सहित हालसम्म ३१ जनाको मृत्यु भएको छ । उनले पहिरोमा परेर हुम्लामा ६ , बझाङमा २३, कैलालीमा ४ जना सहित विभिन्न जिल्लामा ४३ जना

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 88 पटक पढिएको
  • महाकाली नदीमा शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी

    कञ्चनपुर //मंगलबार परेको अविरल वर्षाको कारण महाकाली नदीमा  शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी आएको छ।  महाकालीमा नौ दशकयताकै ठूलो बाढी आएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् ।मंगलबार दिउँसो २ बजे पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक मापन गरिएको उनले जानकारी गराएका छन्। यसअघि २०७० मा ५ लाख ४४ हजार ४७६ क्युसेक मापन गरिएको थियो । दिउँसो पछि भने बाढी घट्न थालेको छ ।  ३ बजेको मापनअनुसार पानीको बहाव भने ५ लाख ३३ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।शारदा ब्यारेजको  क्षमता ६ लाख ४४ हजार क्युसेक हो। नदीमा पानीको बहाव ब

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 90 पटक पढिएको
  • सरकार र आमरण अनशनरत रुबी खानबीच सहमति

    बिर्तामोड / आमरण अनशनरत रुबी खानले अनशन तोड्ने भएकी छिन् ।सरकार र आमरण अनशनरत रुबी खानसहित धर्नामा बसेका महिलाहरूबीच सहमति भएसँगै खानले आफ्नो अनशन तोड्ने भएकी हुन् । सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएसँगै अनशन स्थगित गर्न सहमत भएको हो । अनशनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन् ।गृहमन्त्रालयका अधिकारीहरूले भने दोषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् ।मानवअधिकारकर्मी मोहना अन्सारीले सहमतिबारे अहिले केहीब

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 92 पटक पढिएको
  • भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ को मृत्यु

    बिर्तामोड(एजेन्सी) भारतको उत्तराखण्डमा पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना नेपाली पनि रहेका छन् । आइतबार देखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पहिरोमा परी दर्जनौँ मानिसहरू बेपत्ता भएका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन् । उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 85 पटक पढिएको
  • डडेल्धुरामा पहिरोमा पुरिएर एकको मृत्यु, दुई घाइते

    कैलाली / अविरल बर्षासँगै आएको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका –१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । घरमाथिबाट आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। त्यस्तै अमरगढी नगरपालिका –१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दले जानकारी दिए । 

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 75 पटक पढिएको
  • ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना

    काठमाडौं / काठमाडौंको चन्द्रागिरी नगरपालिका –२ स्थित पिपलामोडमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा बाटोभरि ग्यास सिलिन्डरहरू छरिएका कारण राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 123 पटक पढिएको
  • बिर्तामोडबाट ब्राउन सुगर सहित एक पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोडबाट प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –९ स्थित ऋद्धिसिद्धि पलाई फ्याक्ट्री छेउ बस्ने ३४ वर्षीय जगदिश ओली रहेका छन् । सोमबार बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ओलीलाई पक्राउ गरेको हो । पक्राउ परेका ओलीको साथबाट प्रहरीले डिजिटल तराजु र ९ ग्राम ब्राउन सुगर बरामद गरेको छ । 

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 783 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाईते

    धरान / सुनसरीको इटहरी उपमहानगरपालिका –१६ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका –१ का २२ वर्षीय मुकेश सरदार रहेका छन् ।सोमबार राती पौने १० बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा विपरित दिशाबाट आउँदै गरेको प्रदेश नं १–०२–००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो । दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाइकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार रहेका  रामधुनीकै २२ वर्षीय

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 116 पटक पढिएको
  • सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भुकम्प गएको छ । पाङफुङ केन्द्रबिन्दु भएर आज (सोमबार) दिउँसो लगातार दुई पटक भुकम्प गएको हो । पहिलो पटक १ बजेर ४६ मिनेट र दोस्रो पटक १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 107 पटक पढिएको
  • हिरासत मृत्यु प्रकरण : गृह मन्त्रालयले बनायो छानबिन समिति

    बिर्तामोड / गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ।कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो।सो छानबिन समितिले असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति र असोज २६ मा जिल्ला कारागार पर्वतमा रहेका एक बन्दीले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 78 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.