समाचार

    Showing 23,911-23,920 of 25,279 items.
  • खोज पत्रकारिता सम्बन्धी दुई दिने तालिम सम्पन्न

    बिर्तामोड / झापाको बिर्तामोडमा खोज पत्रकारिता सम्बन्धी दुई दिने तालिम आज (आइतबार) सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा र शेयरकास्ट इनिसिएटिभ नेपालले बिर्तामोडको टाइमलेस होटलमा आयोजना गरेको तालिम आज (आइतबार) सम्पन्न भएको हो ।जिल्लाका ३० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको तालिमको सहजिकरण अग्रज पत्रकार हरिबहादुर थापाले गरेका थिए । समापन कार्यक्रममा बोल्दै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकार महासंघले सँधै साथ, सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा दमक नगरपालिका र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी)को पनि सहकार्य रहेको थियो ।

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 81 पटक पढिएको
  • एक हजारलाई अल्पकालीन रोजगारी

    काठमाडौँ  / नेपाल पर्यटन बोर्डको पहल र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल ९टान० सँगको सहकार्यमा एक हजार जनालाई अल्पकालीन रोजगारी दिइने भएको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत पर्यटन क्षेत्रका मजदुरलाई रोजगारी दिन लागेको हो । बोर्ड र टानबीच परियोजना कार्यान्वयनका लागि काठमाडौँमा एक कार्यक्रमबीच सम्झौता भएको छ । सम्झौता अनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् ।बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडका कारण पर्यटन क्षेत्रका श्रमिक बेरोजगार

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 97 पटक पढिएको
  • पुनः राजमार्गका दुई होटललाई जरिवाना

    धादिङ /जिल्ला अनुगमन समितिले बजार अनुगमन गर्दा शनिबार दुई होटललाई जरिवाना गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको संयोजकत्वमा गरिएको होटल अनुगमनका क्रममा थाक्रे गाउँपालिकाका दुई होटललाई कारवाही गरिएको हो ।अनुगमनका क्रममा थाक्रे–८ चार किलामा रहेको न्यू गण्डकी स्टाफ होटल र थाँक्रे–१, एक्लेफाँटमा रहेको जालपा होटललाई  पाँच÷पाँच हजारका दरले जरिवाना गराइएको उपाध्यायले बताएका छन्। निर्धारित मूख्यभन्दा बढी रकम लिएको, कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालना नगरेको र सरसफाइमा ध्यान नदिएको पाइएका कारण कारवाही गरिएको थियो । अनुगमनमा पहिलो पटकका लागि न्यूनतम जरिवाना गरिएको र दोहोरिए

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 103 पटक पढिएको
  • भरुवा बन्दुक सहित २ जना पक्राउ

    खोटाङ / हलेसी तुवाचुङ नगरपालिका १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ वर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । शनिबार दिउसो गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरूको  घर खानतलासी गर्दा दुवैजनाको घरबाट अवैध रुपमा लुकाई राखेको २ नाल भरुवा बन्दुक बरामद गरेको हो । बन्दुक बरामद भए पछि उनिहरुलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 62 पटक पढिएको
  • लहरीको ठक्करबाट झिलझिलेमा साइकल यात्रीको मृत्यु

    झापा / शिबसताक्षी नगरपालिका ११ झिलझिलेमा लहरीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ वर्षीया सुनिमा राई लिम्बू रहेकी छन् । शनिबार बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र २ -०३-००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ वर्षीय प्रबिन लामा लाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 92 पटक पढिएको
  • फेरि बिर्तामोडमा पुरुषको हत्या

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका ४ मा शंकास्पद अवस्थामा एक पुरुषको शव फेला परेको छ ।झापाको कचनकवल ३ का बाबुलाल भनिने ५० वर्षीय भाद्रु राजवंशीको शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।अटो चालक राजवंशीको शव भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरीले जानकारी गराएको छ । राजवंशीको शव उनकै कोठामा फेला परेको हो । मृतक राजवंशी बिर्तामोड ४ मा नै भाडामा बस्दै आएका थिए ।मृतक राजवंशीको अनुहारमा रगत देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी गराएका छन् । घटना स्थलको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले हत्या भएको आशंका गरेको छ ।मृतकका छो

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 265 पटक पढिएको
  • ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

    सङ्खुवासभा / सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पुर्‍याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नंको मिनिट्रक चिचिला–१ पात्लेमा गए राति दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको  घटनास्थलमै मृत्यु भएको थियो ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार  घाइते भएका १० मजदुरमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेहरूमा खाँदबा

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 81 पटक पढिएको
  • आजदेखि ‘लाइसेन्स’ परीक्षा

    काठमाडौँ / बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन सञ्चालन गर्दैछ  । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।यातायात व्यवस्था विभागले ‘सवारी चा

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 119 पटक पढिएको
  • बिर्तामोडमा दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबारदेखि शुरु

     बिर्तामोड //बिर्तामोडमा  दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबारदेखि शुरु भएको छ ।नेपाल पत्रकार महासंघ झापा र शेयरकास्ट इनिसिएटिभ नेपालले आयोजना गरेको दुई दिवसीय खोज पत्रकारिता तालिम शुरु  भएको हो।कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी तालिमको उद्घाटन गरेका थिए ।पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिमको  उद्घाटन समारोहलाई  बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार शिवाकोटी र दमक नगररपालिकाका मेयर रोमनाथ ओलीले शुभकामना व्यक्त गरेका थिए ।तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहा

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 78 पटक पढिएको
  • रोकिएन सुन तस्करी : फेरि विमानस्थल हुँदै सुन तस्करी

    बिर्तामोड /  विदेशबाट हवाई मार्ग हुँदै अवैध रुपमा सुन भित्राउँदै आएका सुन तस्करले स्वदेश भित्र पनि अवैध सुन ओसार पसार गर्न हवाई रुट नै प्रयोग गर्ने गरेको खुलेको छ । बहुचर्चित ३३ केजी सुन तस्करीमा संलग्न गिरोहका सदस्य उर्लावारीका सनम शाक्यको हत्या पछि विमानस्थल हुँदै खाडी मुलुकबाट अवैध रुपमा नेपालमा सुन भित्रिने गरेको खुलेको थियो । बाँके प्रहरीले तस्करीमा संलग्न गिरोहले सुन सहित पठाएका दुई जना भरियालाई ४ किलो २१.४९ ग्राम सुन सहित नेपालगन्ज विमानस्थलबाट पक्राउ गरेपछि देशभित्र पनि हवाई रुट प्रयोग भइरहेको खुलेको हो ।प्रहरीले जुत्ताको तलुवा रहेको भागमा लुकाएर श्री एयरलाइन्स हुदैँ &nb

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 1,266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.