पाँचथर / निरन्तरको वर्षाका कारण आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । पहिरोले सडक भत्कँदा विगत २० दिनयता आवतजावतमा समस्या भएको फालेलुङ गाउँपालिका –७ का वडाध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । पहिरोका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध भएकाले यातायातमा समस्या भएको छ, केरुङले भने ‘सामान्य लागनीबाट तत्काल पहिरो पन्छाउने सम्भावना देखिदैन। उक्त सडकको फुलभञ्ज्याङ बाँस्बोटे खण्डमा पहिरो गएको छ । लुखुरेको पहिरोले विगत पाँच दिनदेखि सडक अवरुद्ध छ । बाँस्बोटेको पहिरोले २० दिनदेखि सडक अरुद्ध भएको हो । पहिरोका कारण फिदिमदेखि
मोरङ / मोरङमा लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका –५ का ६१ वर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा ४ केजी ३०० ग्राम र नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो । माझी सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु. ३ हजार ठहर भएका फरार प्रतिवादी हुन ।
बिर्तामोड / झापाको कमल गाउँपालिका –४ चुलाचुलि मोडस्थित पुर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका –६ का ५० वर्षीय हेमसागर थापा रहेका छन् । शुक्रबार दिउसो साढे १ बजे पश्चिम जाँदै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा थापाको घटनास्थलमै मृत्यु भएको हो । बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका –७ का ४२ वर्षीय सम्पतलाल धिमाल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।
काठमाडौँ / ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताए । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ । मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा
काठमाडौँ / सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरीले निरीक्षक, सहायक निरीक्षक र जहान र परिचर पदका लागि भर्ना आह्वान गरेको हो । सशस्त्र प्रहरीले निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग गरेको छ । यस्तै परिचर पदमा १२८ जना माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् ।
रुपन्देही / लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ”, उनले भने । यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घो
जाजरकोट / जाजरकाेटकाे नलगाड नगरपालिकाबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नलगाड –१० कोटी सल्लाका ५६ वर्षीय मोहन विक रहेका छन् ।इलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । पन्ध्र थान गोलीसमेत फेला पारेको प्रहरीको भनाइ छ । चार दिनअघि मात्र नलगाड –८ मैदे र कुसेनीबाट दुई जनालाई पनि हतियारसहित पक्राउ गरिएको थियो ।
धरान / सुनसरीको कोशी गाउपालिका –३ जमुवा चोक स्थित पूर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ एक जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाउपालिका –६ का ३५ वर्षीय राम नाथ मण्डल रहेका छन् ।हिजो दिउसो १२ बजे पश्चिम तर्फ जाँदै गरेको प्र२ –०३–००१ च ३००७ नम्बरको पिकअप ले विपरित दिशाबाट आउँदै गरेको प्र२ –०१–००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाइकल चालक राम नाथको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा हिजो दिउसो साढे १२ बजे मृत्यु भएको थियो । त्यस्तै मोटरसाइकल पछाडि सवार सप्तरी हनुमान कंकालिनी नगरपालिका –११ का १९
खोटाङ / खोटाङको रूपाकोट मझुवागढी नगरपालिका –३ कांडे का ३३ वर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक थापका भाइ २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा रहेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिँडेका गिरीराज घर नफर्के पछि खोजतलास गर्ने क्रममा हिजो १० गते राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशङ्कामा अनुसन्धान गर्न थालेको थियो । घटनाको प्रक
काठमाडौँ / नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ । सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुरेश भट्टराईले सो विश्वविद्यालयसँग दुई वर्षअघि सम्झौता गरी यस क्षेत्रमा काम गर्ने जनशक्ति आदानप्रदान गर्ने वातावरण बनेको जानकारी दिएका छन् ।सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.