महोत्तरी / अविरल वर्षाका कारण महोत्तरीमा नौ सय घर डुबानमा परेका छन् । महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि घरहरू डुबानमा परेका हुन् ।प्रहरीका अनुसार बलबा नगरपालिका –४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको हो ।महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको जानकारी दिए ।घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको छ । जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको छ । दुई दिनदेखि लगातार पानी पर्दा बाँध भत्केको हो ।
काठमाडाैँ / अविरल वर्षाका कारण पहिलो खस्दा कालीगण्डकी करिडोर, मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएका छन् । बागलुङ नगरपालिका –१३ पैँयु पाटाको फुर्से खोलामा आएको पहिराका कारण करिडोरको बागलुङ– बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिराका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।त्यस्तै मकवानपुरको &
मकवानपुर / मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेत रहेका छन् । भीमफेदी गाउँपालिका –१ सानुटारमा फलाम बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश १–०२–००१ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी ट्रकमा सवार बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरूको हेटौँडास्थि
काठमाडौँ / पछिल्लो केही दिनयतादेखि सक्रिय रहेको मौसम शनिबारबाट सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।देशका अधिकांश भू–भागमा सामान्यदेख
धरान / सुनसरी जिल्ला प्रहरी कार्यालयले एकै दिन (बुधबार) विभिन्न मुद्दाका ८३ जना फरार अपराधीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टाचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित व्यक्तिहरू रहेका छन् । पक्राउ परेकाहरूलाई बुधबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।आपराधिक घटनामा संल
इटहरी / एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएकै दिन उनका भाइ मृत फेला परेका छन् । आचार्यको सपथ ग्रहण कार्यक्रम अघि आफ्नै घरमा उनका भाइ रामप्रसाद आचार्य मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आचार्यका भाइ आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएको जनाएको छ । आफ्नो कोठाको ढोका लगाएर सुतिरहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जानकारी गराएको छ ।
कर्णाली / वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिरादपत्र दायर गरेको हो । फिरादपत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच वि सं २०७७ असोज ४ गते विज्ञापन कर सङ्कलन गर्ने सम्झौता भएको थियो । सहारा निर्माण सेवाका सञ्चालक दशरथ चन्दले बारम्बार ताकेता गर्द
बागलुङ / बागलुङको ढोरपाटन नगरपालिका –४ बाट भालुको पित्तसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका –४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेका छन् । शेरबुर्जालाई भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । पक्राउ परेका शेरबुर्जाकाको साथबाट प्रहरीले करिब १८ ग्राम भालुको पित्त बरामद गरेको छ ।
बिर्तामोड / झापामा मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका –९ निवासी २३ वर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेकी छिन् । बुधबार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा२७ प६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री प्रसाईँलाई ठक्कर दिएको थियो।मोटरसाइकलको ठक्करबाट घाइते भएकी प्रसाईँको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले लगिएकाे थियाे । प्रसाईँलाइ थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक लगिए पनि पुर्याउन साथ उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइक
काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनःनिर्माणसम्बन्धी बाँकी काम सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई हस्तान्तरण गरिने भएको छ । प्रधानमन्त्री तथा प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको २० औँ बैठकले निजी आवास लगायतका कामको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो । निर्णयअनुसार निजी आवास तथा बस्ती विकास तर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनको काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ । विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.