समाचार

    Showing 24,111-24,120 of 26,772 items.
  • अवैध रुपमा औषधी बिक्री बितरण गर्ने २ जना सहित ९ जना पक्राउ

    बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका-१९ बिराटचोकमा सञ्चालित नेति फर्मा र  डे – ड्रिम मेडिसिन सेन्टरका सञ्चालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरे सँगै उक्त औषधी खरिद गरी लागूऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमति बिना अवैध रुपमा महङ्गो मूल्यमा  लागूऔषध दुर्व्यसनीमा लागेका ब्यक्तिहरूलाई औषधी अनधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय विराटनगरको आर आई टी समुह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 69 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    झापा / महोत्तरी जिल्लाको जलेश्वर – मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका –६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।चालक धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका –३ बस्ने २२ वर्षीय अनबारुल राइन र पछाडि सवार महोत्तरी जिल्लाको एकडारा –६ बस्ने २२ वर्षीय फरमान राइन गत फागुन ३ गते राति ७ बजेको समयमा मटिहानीबाट जलेश्वर जाँदै गरेको प्रदेश–२–०२–००४ प ९१७१ नं को मोटरसाइकललाई विपरीत दि

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 59 पटक पढिएको
  • सुन तस्करी गर्न खोज्ने दुई विदेशी विमानस्थलबाट पक्राउ

    काठमाडौं / नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।विशेष सूचनाका आधारमा सोमवार हिमालय एयरलाइन्सबाट दुबईबाट काठमाडौँ आएका बंगलादेशी नागरिक मोहम्मद उल्ल्लाह माथि अनुसन्धान गर्दा सुन सहित पक्राउ गरिएको हो । प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ ‘डिटेक्ट’ गर

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 69 पटक पढिएको
  • स्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते

    झापा / सर्लाही जिल्लाको विष्णु गाउँपालिकामा स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएकाका छन् ।  मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिकामा स्थानीय माथि आक्रमण गरेको हो ।घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ । स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशङ्कामा स्थानीय त्रसित बनेका छन् ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 70 पटक पढिएको
  • जेब्रा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको

    बिर्तामोड / धरानको जङ्गलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ ।शव झापाको दमक नगरपालिका –५ का दिनेश सिग्देलको भएको  प्रहरीले जनाएको छ ।४३ वर्षीय सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । प्रहरीको अनुसार विदेशबाट आएर उनी सिधै कान्छी श्रीमती बस्ने स्थान सिधै विराटनगर गएका हुन् । पारिवारिक कारण सिग्देलको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 129 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    झापा / कपिलवस्तुको बाणगङ्गा नगरपालिका –११, ओदारीमा सोमबार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय पटहरी थारूको मृत्यु भएको हो ।लु ४ प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित क्रिमसन अस्पतालमा हिजो राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ ।जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुका करिब पौने ९ बजे पैदलयात्री पटहरीलाई ठक्कर दिएको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 67 पटक पढिएको
  • बस दुर्घटना हुँदा १ जना मृत्यु, ४ जना घाईते

    बिर्तामोड / इलाम नगरपालिका -१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका -७ का ३५ वर्षीय प्रदिप कुसुवाह रहेका छन । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना ४ ख ६२४८ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमै मृत्यु भएको हो भने गम्भिर घाईते भएका ४० वर्षीय धुरुप कुसुवाहको बि एण्ड सि अस्पताल बिर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 89 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानबाट चोरीमा संलग्न रहेका ३ जना पक्राउ

    बिर्तामोड / सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र -८ सुनसरीका २७ वर्षीय अटल राई,  शिवसतासी नगरपालिका- ९ का २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका -६ का २७ वर्षीय दिलिप लिम्बू रहेका छन् । राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटर सहित बराहक्षेत्र -६ बाट पक्राउ गरेको हो । मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटर सहित राई पक्राउ परेका हुन् । यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका -९ मा सूर्य क

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 104 पटक पढिएको
  • पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

    बिर्तामोड / सुनसरीको हरिनगरा गाउँपालिका ३ की निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भए सँगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 65 पटक पढिएको
  • बानेश्वरबाट एक चिनियाँ नागरिक सहित ३७ जना पक्राउ

    काठमाडौं / प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजना चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको छ । टेलिफोन कल बाइपास तथा अनलाइन जुवाको धन्दा चलाएको आरोपमा उनीहरूलाई सोमबार राती पक्राउ गरिएको स्रोतले जनाएको हो । पक्राउ परेका उनीहरू सबैलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । पक्राउ परेका हरूको अनुसन्धान भइरहेको साथै थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.