झापा / झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको उनले बताएका छन् ।यसैबीच भद्रपुर–३ स्थित हातिमाराबाट प्रहरीले सोही वडाका २४ वर्षीय खेमराज कुँवरलाई शनिबा
मोरङ / सामाजिक सञ्जाल फेसबुकमार्फत उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लिल शब्द प्रयोग गरि गाली गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–४ बस्ने ३३ वर्षीय युवराज खरेल रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ ।प्रारम्भिक अनुसन्धानबाट उपमेयरलाई भेटेका ठाउँमा र बाटोमा एवं फेसबुकमा फोटो राखेर अश्लिल शब्द प्रयोग गर्दै गाली गरेको पाइएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपमेयर भण्डारीले आफूलाई अपशब्द प्रयोग गरेर हैरानी पारेको भन्दै प्रहरीमा खरेलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । गत बिही
बिर्तामोड / बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । औद्योगिक क्षेत्रमा रहेको बिस्कुट फ्याक्ट्रीमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन ।सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । १९ वटा पानी ट्याङ्कर ९ वटा वारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइए पनि आगो नियन्त्रणमा नआएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको थियो ।
काठमाडौं//काठमाडौंको बालाजुस्थित नेबिको बिस्कुट कारखानामा आगलागी भएको छ। राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र,नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगो नियन्त्रणमा लिन नसकेकाले क्षतिको विवरण समेत संकलन गर्न नसकिएको प्रहरीको भनाई छ।
काठमाडौँ / न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालकाे संयोजकत्वमा बसेको बैठकमा कार्यदल गठन गरिएको हो । देशमा बढेको महँगी र अन्य क्षेत्रका कामदारको पारिश्रमिकमा वृद्धि हुँदा पनि श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक विसं २०७५ देखि पुनरवलोकन नभएका स्थितिमा कार्यदल गठन गरिएको समितिका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए । कार्यदलमा समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगर तथा नेपाल पत्रकार महासङ्घ र सञ्चार उद्यम
काठमाडौँ / वैदेशिक रोजगारीको खोजीमा रहेका कामदारहरू र उच्च शिक्षा हासिल गर्न जान चाहने युवायुवतीहरु म्यानपावर कम्पनी र एजेन्टबाट ठगिँदै आएका छन् । उनीहरु राहदानी लिएदेखि विदेश पुग्दासम्म विभिन्न बहानामा ठगिने गरेका छन् ।क्रोएसिया, इस्टोनिया, क्यानडा, दुबई , कतार लगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाई पैसा उठाएर मेनपावर व्यवशायी फरार हुने गरेको पाईएको छ ।कोरोना महामारीका बीच इस्टोनिया उड्ने आशा बोकेर छथर गाउँपालिका ४ धनकुटाका हेमबहादुर तामाङ गत साता काठमाडौं आएका थिए । चुच्चेपाटीको युरो टेक एन्ड करिअर्स कन्सल्ट्यान्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत कर्मा तामाङले उनलाई आउने शनिबार उडाइदिन
झापा / कोरोना संक्रमितको दर बढ्ने क्रमसँगै गत साउन १६ गतेदेखि झापा जिल्लामा लागु भएको निषेधाज्ञा ३२ गतेसम्म थप भएको छ । शुक्रबार (आज) बसेको जिल्ला कोभिड व्यवस्थापन समिति(डिसीसीएमसी) को बैठकले साउन महिनाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।यो अवधिभर औषधी, स्वास्थ्य सामग्री, ईन्धन बाहेकका अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने जनाइएको छ । विहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, फलफुल, माछामासु बिक्री गर्न पाइने जनाइएको छ ।अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगन गर्ने बैठकले जनाएको छ । कर्मचारीले विहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र
बिर्तामोड / अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका –९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बू रहेका छन् ।पेहिमलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नगद सजाय तोकेको थियो ।सजाय तोकेपछि फरार भएका लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय चन्द्रगढी पठाएको प्रहरीले जनाएको छ ।
नवलपुर / भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी ( बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका –१ बाट ७८ लाख मूल्य बराबरको ५९५ थान मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन्।इलाका प्रहरी कार्यालय दुम्किबासबाट परिचालन भएको प्रहरी टोलीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैध रूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरेको गिरीले जानकारी दिएका छन् । भन्सार छलेर
काठमाडौं / नेपालका १० मिडियाले कोभिड प्रभावित उद्यमलाई दिइने सहुलियत व्याजको कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले मिडियालाई कोभिड प्रभावित उद्यम व्यवसायको सुचीमा राखेपछि मिडियाले सहुलियत व्याजको कर्जा लिएका हुन् ।सहुलियत व्याजको कर्जा लिनेमा श्रमजीवी पत्रकारलाई २ वर्षदेखि तलब नदिएको आरोप लागेको नेपाल रिपब्लिक मिडिया प्रालि समेत रहेको छ । उक्त मिडियाले २० करोड रुपैयाँ कर्जा लिएको छ । कोभिड –१९ बाट प्रभावित उद्योग व्यवसायलाई ५ प्रतिशत व्याजमा दिइने पुनरकर्जा सुविधा वापत नागरिक दैनिक र रिपब्लिका दैनिक सञ्चालन गरिरहेको नेपाल रिपब्लिक मिडिया प्रालिले २० करोड रुपैयाँ प्राप्त ग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.