समाचार

    Showing 24,181-24,190 of 26,772 items.
  • टिप्परको ठक्करबाट महिलाको मृत्यु

    काठमाडौँ / मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। साइकलमा दुध बेच्न भालुवाङ जाँदै गरेकी महिलालाई टिप्परले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो। मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ की ३५ वर्षीया डिला पौडेल रहेकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनापछि स्थानीय र डिलाकी आफन्तहरुले सडक अवरुद्ध गरेका छन्। अवरोधका कारण राजमार्ग भएर चल्ने सवारी साधनहरु बाटैमा रोकिएका छन्। मृतकको शव घटनास्थानमै रहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 74 पटक पढिएको
  • साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन

    काठमाडौं / नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा. तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक मानिन्छ । ‘बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, ब्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।शर्माले ‘बेलायततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्का

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 135 पटक पढिएको
  • नेपाल–भारत सीमानाका आजबाट खुल्यो

    बैतडी / नेपाल–भारत सीमानाका आजबाट खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो ।बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् । निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 70 पटक पढिएको
  • ५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

    झापा / कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा ५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । वाणगङ्गा नगरपालिका ९ चौवासमा रहेको रामसमुज थारूको घर गोठमा लुकाइ छिपाइ लोड गरेर राखिएका ५ थान भरुवा बन्दुकसहित ६० वर्षीय थारूलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले घरमा गइ खान तलासी गर्दा भरुवा बन्दुक बरामद गरेको हो । निज थारूको बारेमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 156 पटक पढिएको
  • प्रधान सेनापति र यूएईका राजदूतबीच भेटवार्ता

    काठमाडौँ / प्रधान सेनापति प्रभुराम शर्मा र युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत सइद हामदान अल नाक्बीबीच भेटवार्ता भएको छ। सोमबार जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 125 पटक पढिएको
  • राष्ट्रिय अनुसन्धान प्रमुख खरेल दिल्ली भ्रमणमा

    काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल आइतबार दिल्ली भ्रमणमा गएका छन् । पुस २३ मा विभागको प्रमुख नियुक्त भएका खरेल आइतबार अपराह्न नेपाल एयरलाइन्सबाट दिल्ली गएका हुन् । उनको भ्रमणलाई गोप्य राखिएको छ । दूतावासका अधिकारीहरूले भ्रमणका विषयमा अनभिज्ञता जनाएका छन् । दिल्लीमा उनको बसाइ तीन दिन रहने जनाइएको छ । भारतीय पक्षको निम्तामा तय गरिएको कार्यक्रममा उनी दिल्ली गएका हुन् । खरेलले दिल्लीस्थित दूतावासमा यसअघि काउन्सिलरका रूपमा केही वर्ष बिताएका थिए ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 66 पटक पढिएको
  • हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृत फेला

    झापा  / गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृतक फेला परेका छन् । आइतबार स्थानीयवासी र प्रहरीको संयुक्त खोजी टोलीले  मृतकको शव फेला पारेको हो। मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका –१ का १६ वर्षीय करण घले र वडा नम्बर –२ का सञ्जय घले रहेका छन् ।  उनीहरू माघ २० गते हिउँ खेल्न भन्दै धार्चे गाउँपालिका स्थित लाप्राक हिँडेको र फर्केर नआएपछि आफन्तले  तीन दिनपछि मात्रै प्रहरीमा उजुरी दिएका थिए ।  जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उनीहरूको शव धार्चे गाउँपालिका –१ कुन्द्रामा खोँचमा भेटिएको थियो । 

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 83 पटक पढिएको
  • लागूऔषधसहित एक युवती पक्राउ

    झापा  / धनगढीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । आज धनगढी उपमहानगरपालिका -४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ४ बस्ने २६ वर्षीया देउमती साउद रहेकी छन् । उनलाई गोप्य सूचनाको कैलाली प्रहरीले समातेको जनाएको छ । अहिले देउमतीलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 122 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा दाहाल पक्राउ

    बिर्तामोड / २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसतासी नगरपलिका –१० माइधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।निकेशले ती महिलालाई शिवसतासी नगरपालिका –९ संगम चोकस्थित जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 170 पटक पढिएको
  • मौसममा सुधार भएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालन

    फुङ्लिङ /  मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।   मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।निगमले  सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 92 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.