समाचार

    Showing 24,321-24,330 of 25,304 items.
  • व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

    काठमाडौँ / नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले मुलुकको अर्थतन्त्र जोगाउन उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन माग गरेको हो । महासङ्घको टोलीले कोभिड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैंक ब्याज शतप्रतिशत मिनाहा गर्न र व्यवसाय तथा उद्योगलाई टिकाइ राख्न सहुलियत दरमा विनाधितो ऋण उपलब्ध गराउने

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 54 पटक पढिएको
  • शिवसताक्षी पनि शिल

    बिर्तामोड / कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको शिवसताक्षी नगरमा सोमबार रातिदेखि ‘लक-डाउन’ गरिने भएको छ।नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा आईतबार बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी ‘लक-डाउन’ गर्ने निर्णय भएको हो ।साउन ११ गते अर्थात सोमबार राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्म हाइवे बाहेकका सबै सडकमा आवत जावत रोक्ने निर्णय गरिएको नगर प्रमुख शेर्माले बताएका छन् । नगर स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस हुने र निषेधाज्ञा प्रमुख जिल्ला अधिकारीले लागू गर्नेछन्

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 131 पटक पढिएको
  • लागुऔषध कारोवार गर्ने १५१ व्यक्ति पक्राउ गरी कारवाही

    मकवानपुर / नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा संलग्न ती व्यक्तिलाई आव ०७७÷७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच र विशेष सुराकीका आधारमा छापा हान्ने क्रममा प्रतिबन्धित लागुपदार्थ औषधसहित कारोवारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् । पक्राउपर्ने माथि जिल्ला अदालतमा मुद्दा दायरसमेत गरिएको बताइएको छ । गाँजा

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 53 पटक पढिएको
  • सामान सार्ने क्रममा लडेर एक जनाको मृत्यु

    संखुवासभा / संखुवासभामा सामान सार्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ . मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ .शनिबार दिउँसो साढे २ बजे नवनिर्मित भवनमा चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउदै गर्दा बाटो साधुरो भएको कारण सडकबाट २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् । घटनाको जानकारी पाएसँगै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट परिचालन भएको प्रहरी टोली घटन

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 65 पटक पढिएको
  • तामाकोसी जलविद्युत आयोजनाबाट तेस्रो युनिट सञ्चालन

    काठमाडौँ / माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको छ । असार २१मा सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको हो ।माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठका अनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा टर्वाइन जोडिएका छन् । यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षम

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 57 पटक पढिएको
  • याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी

    फुङ्लिङ / चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ ।फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उनको पुख्र्यौली पेशा नै हो याकपालन । शेर्पासँग ६० वटा डी (याकको माउ) छन् । उनले याक गोठमै ६५ वर्ष बिताइसक्नुभएको छ । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य पुख्र्यौली पेशा याकपालन हो ।यहाँका याक चीनको विभिन्न क्षेत्रमा निर्यात हुँदै आएको छ तर कोभिडका कारणले दुई वर्षयता

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 49 पटक पढिएको
  • जननेता मदन भण्डारीका नाममा कभर्डहल

    बागलुङ / जननेता मदन भण्डारीका नाममा बागलुङ नगरपालिका –३ चिप्लेटीमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले तीन वर्ष लगाएर कभर्डहल बनाएको हो।बजेट अभावमा गत वर्ष कभर्डहलको काम रोकिएको थियो । पहिलो वर्ष खेलकुद मन्त्रालयबाट आएको २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम मात्र भएको थियो । मन्त्रालयबाट थप १० लाख बजेट थपिएपछि बाँकी काम पूरा भएको एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताएका छन् ।“कभर्डहलको काम करिब सकियो, छिटपुट काम अहिले भइरहेको छ”, उनी भन्छन् । पछिल्लो बजेटबाट बार, झ्यालढोका, शौचालय, रङरोगन लगायतका काम गरिएको छ । कभर्डहल निर्माणका लागि नगरपाल

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 57 पटक पढिएको
  • पहिराले पोकलीका आठ घर विस्थापित

    ओखलढुङ्गा / पहिराले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताएका छन् । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिराका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । घर छाडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन्

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 57 पटक पढिएको
  • बेच्न लैजाँदै गरिएका सात बालिकाको उद्धार,धम्की दिएर बयान फेर्न लगाएको आरोप

    जलेश्वर / प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महिनापछि आएर नयाँ मोड लिएको छ ।टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका भङ्गाहा–८ स्थित धर्मपुरका सात किशोरीलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरिकाले भारत पु¥याइएको रहस्य युवतीका आफन्तले खोलेका छन् । साथै आफ्ना बालिकालाई कसले, कहाँ र कसरी लैजाँदै गरेको बारेमा कसैला

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 64 पटक पढिएको
  • छुट्टाछुट्टै दुर्घटनामा परि छ जना घाइते

    नवलपरासी / बर्दघाट–सुस्तापूर्वमा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी छ जना घाइते भएका प्रहरीले जनाएको छ ।शनिबार राति मध्यविन्दु–१५ मा पर्ने अरुणखोला र चोरमाराबीचको जङ्गलमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२४च६३८१ नंको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा१ख ७६९ नंको ट्रक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी ट्रक चालक सल्यानको शारदा नगरपालिका–

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 94 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.