समाचार

    Showing 24,451-24,460 of 26,772 items.
  • ध्रुवे हात्तीको आक्रमणमा सैनिकको मृत्यु

    चितवन / चितवनमा हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट एक जना सैनिकको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा शनिबार बेलुका करिब ७ बजेतिर साइकल गस्तीमा रहेका सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।हात्तीले कुल्चिएर घाइते भएका सैनिकको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । निकुञ्जले सैनिक जवानको नाम भने खुलाएको छैन ।ध्रुवे हात्तीको आक्रमणमा परि केही वर्ष अघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको मृत्यु भएको थियो । त्यसपछि ध्रुवेको खोजी तीव्र पारे पनि फेला पार्न सकिएको थिएन ।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 71 पटक पढिएको
  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

    काठमाडौं   / वि सं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो ।भूकम्पले नभई कमजोर संरचनाले मानवीय लगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो ।वि सं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।दिवसका अवसरमा मूल समारोह समिति

    • प्रकाशित मितिः माघ २, २०७८
    • 59 पटक पढिएको
  • आजबाट अनलाइनबाटै श्रम स्वीकृति

    बिर्तामोड / वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने भएको हो ।श्रम स्वीकृतिलाई फेसलेस , पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको कार्यालयले जनाएको छ ।पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत आवश्यक सबै कागजातसहि

    • प्रकाशित मितिः माघ २, २०७८
    • 65 पटक पढिएको
  • ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौं / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नबौं चरणअन्तर्गत आज आइतबार दुई खेलहरू हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।१२ औं स्थानमा रहेको ब्रिगेडले मछिन्द्रलाई हराएर अङ्क तालिका सुधार्न चाहन्छ । यस्तै, शीर्ष स्थानमा रहेको मछिन्द्रले ब्रिगेडलाई हराएर शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाउन चाहन्छ ।यस्तै, दोस्रो खेलमा बेलुका पौने पाँच बजे नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्नेछन् ।११ औं स्थानमा रहेको पुलिसले च्यासललाई हराएर अङ्क तालिका सुधार्न चाहन्छ भने १३ औं स्थानमा रहेको च्यासल पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । 

    • प्रकाशित मितिः माघ २, २०७८
    • 52 पटक पढिएको
  • सुर्खेतमा एकै परिवारका ४ जना मृत फेला

    सुर्खेत  /  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१०, बुदबुदेमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ । शिवालय गाउँपालिका –४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका ९ वर्षीय छोरा चिरञ्जीवी, ८ वर्षीय छोरा निरज र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।  शुक्रबार बेलुका घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक कल्पाका श्रीमान कृष्ण बूढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् ।सोही घरमा बसेका कल्पाका ससुरा हिजो बिहानै उ

    • प्रकाशित मितिः माघ २, २०७८
    • 76 पटक पढिएको
  • द भ्वाइस किड्सको उपाधि झापाका जेनिश उप्रेतीको हातमा

    बिर्तामोड / हिमालय टीभी एचडीबाट प्रसारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्सको पहिलो उपाधि जेनिश उप्रेतीले हात परेका छन् ।अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्सको उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्सको ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ट्याम्पर जितेका छन् । जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहेको यो रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।२० भागसम्म चलेको यो शोलाई दर्शकले अत्याधिक माया गरेका

    • प्रकाशित मितिः माघ २, २०७८
    • 92 पटक पढिएको
  • भूमि आयोगले तोक्यो २८ जिल्लामा नयाँ अध्यक्ष

    काठमाडौं  / सरकारले २८ जिल्लामा भूमि आयोगको अध्यक्ष तोकेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद् बैठकबाट पारित गराएर अध्यक्ष तोकिएको हो ।आयोगलाई भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्षेत्राधिकार छ। तर, स्थानीय तह तथा नापी कार्यालयको समन्वय अनिवार्य गरिएको छ। यसअघिका अध्यक्ष हटाएर नयाँलाई नियुक्ति दिइएको हो। सरकारले जिल्ला भूमि आयोगको जिल्ला अध्यक्षमा ताप्लेजुङबाट कृष्णकुमार बस्नेत, इलामबाट भरत बहादुर खत्री, लमजुङबाट दामोदर अधिकारी, रुपन्देहीबाट हरिबहादुर आचार्य, ओखलढुङ्गाबाट अशोककुमार कार्की, कास्कीबाट गंगाप्रसाद पोखरेल, बागलु

    • प्रकाशित मितिः माघ १, २०७८
    • 63 पटक पढिएको
  • पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयमा परिणत

    रामपुर  / नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ ।खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ ।तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए ।१५ लाख रुपैयाँबाट थालनी भएको काममा ४० लाख खर्च भइसकेको बताउँदै नगरप्रमुख शाहीले बजेट बढाउँदै लैजाने बताएका छन् । उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने जनाए।नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले करिब दुई महि

    • प्रकाशित मितिः माघ १, २०७८
    • 100 पटक पढिएको
  • सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने

    काठमाडौं  / सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड –१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको हो ।रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेशमा उल्लेख छ । बैठकको निर्णय अनुसार राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द हुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सिनेमा हलहरूमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको बताए ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 70 पटक पढिएको
  • बन्दीपुरमा जिप दुर्घटना : छ जनाको मृत्यु, आठ घाइते

    पोखरा  / तनहुँको बन्दीपुरमा जिप पल्टिँदा नौ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको हो । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको ग१ज ६५५५ नम्बरको जिप वडा नम्बर ६ हटिया नजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृ

    • प्रकाशित मितिः माघ १, २०७८
    • 63 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.