समाचार

    Showing 24,491-24,500 of 26,772 items.
  • आगलागीबाट तीन लाख बराबरको क्षति

    झापा / वीरेन्द्रनगर नगरपालिका –१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिन्डर जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिन्डरबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाँडावर्तन फर्निचरका सामान जलेर पूर्णरुपमा नष्ट भएको उनले बताएका छन ।श्रेष्ठका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाख २०० बराबरको क्षति भएको छ । 

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 53 पटक पढिएको
  • ७७ वर्षीया वृद्धाको बलात्कार, घटनालाई ढाकछोप गर्ने जनप्रतिनिधिसहित ५ पक्राउ

    धनगढी  / कैलालीमा ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न खोज्ने जनप्रतिनिधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका –४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराई रहेका छन् । पक्राउ परेका उनीहरूले बृद्धामाथि भएको बलात्कारको घटनालाई आर्थिक लेनदेनमा मिलाएर ढाकछोप गराएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । गत मंसिर १५ गते  घोडाघोडी नग

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 95 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दाङ  / तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २प १८४० नंको मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जीप र ना७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा  निधन भएको जनाइएको छ ।   दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन बस्नेत सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको हो । जीप चालक र टिपर च

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 64 पटक पढिएको
  • कुर्था–जयनगर रेल सेवाको सफल परीक्षण

    धनुषा  / धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको सफल परीक्षण भएको छ ।भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको शनिबार परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।सो रेल सेवा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी गरिएको छ ।भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट २०७७ साल असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोला लगायत टो

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 54 पटक पढिएको
  • देशका धेरै ठाउँमा आज पानी र हिउँ पर्ने

    काठमाडौं / देशका केही ठाउँमा आज पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली रहेको छ । अहिले प्रदेश –१ र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली छ ।आज दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ सहित पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका एक/दुई ठाउँ

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 79 पटक पढिएको
  • जिप दुर्घटनामा परी तनहुँमा चालकको मृत्यु

    तनहुँ / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज (शनिवार) बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो।मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताएका छन् । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 60 पटक पढिएको
  • एमाले जिल्ला अधिवेशन : हालसम्म २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन

    काठमाडौँ / नेकपा एमालेले जिल्ला अधिवेशनबाट आइतबार बिहान सम्ममा २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।  एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रेपलाञ्चोक, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा रसुवा र नवलपरासी (पश्चिम)मा सर्वसम्मत नेतृत्व चयन भएको हो ।एमाले जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनेमा झापाबाट दीपक कार्की, पाल्पाबाट धनेन्द्रराज घिमिरे, दाङबाट हुकुम बहादुर बस्नेत, डोल्पाबाट शेरबहादुर बुढा, सल्यानबाट गोविन्द पुन, बर्दियाबाट लालबहादुर श्रेष्ठ, बाँकेबाट किस्मत क

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 69 पटक पढिएको
  • थन्किएको लामो समयपछि रेलको सफल परीक्षण

     जनकपुर / लामो समयदेखि धनुषाको इनरुवा स्टेसनमा थन्किएको रेलको इन्जिन परीक्षण गरिएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेसन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोली सहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्ध निरञ्जन झाले जानकारी दिएका छन् । यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उनले बताएका छन् । उद्घाटनको मिति भने अहिले निश्चित नभएको बताउँदै उनले दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी समेत दिएका छन् । परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सहितको सह

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 72 पटक पढिएको
  • त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

    काठमाडौँ  / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन् । उनले भने, –“ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस् ।”सो निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुव

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 61 पटक पढिएको
  • निर्माणधीन घरमा बालिकाको शव फेला

    वीरगञ्ज / वीरगञ्ज महानगरपालिका –१६ नगवामा एक बालिकाको शव भेटिएको छ ।वीरगञ्ज –१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । निर्माणधीन घरको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्ने लगायत अनुसन्धानका काम भइरहेको छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.