समाचार

    Showing 24,661-24,670 of 25,313 items.
  • १० हजार सिलिण्डर रसुवागढी नाकाबाट आयात

    रसुवा / कोभिड –१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् ।मानव उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्प

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 93 पटक पढिएको
  • पहिराले अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

    डोटी  / गए रातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका –१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण बिहान ६ः०० बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ । पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीयवासी सोपानसिंह ओलीले जानकारी दिए । जिल्लामा गएरातिदेखि लगातार वर्षात भइरहेको छ भने ठाउँ ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको बताइएको छ

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 66 पटक पढिएको
  • यात्रुको पनि कोरोना परीक्षण

    बैतडी \जेठ १८ गतेदेखि बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ । परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो ।  स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला भित्रिने यात्रुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने कार्य भइरहेको बताएका छन् । उनले भने,“हालसम्म ५ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेका छौं ।”दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरुको को

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 100 पटक पढिएको
  • अवैध घरेलु हतियार सहित एक भारतीय पक्राउ

    राजविराज / सप्तरीमा अवैध घरेलु हतियारसहित एक भारतीयलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा  खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेका अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरेको काफ्लेले बताए । मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 77 पटक पढिएको
  • भारतबाट आएको हात्तीको बथान बाट बाहुनडाँगीमा त्रास

    झापा  / आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् ।मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताएका छन् । तीसदेखि एक सयको सङ्ख्यामा हात्तीको बथान आउने गरेका छन् । बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरु पनि छन् । केही दिनअघि मेचीनगर—४ स्थित बाहुनडाँगी भन्सार गौंडामा विद्युतीय तारबार भत्काएर ३० वटा हात्ती बाहुनडाँगी

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 71 पटक पढिएको
  • सुत्केरी महिलाको रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत उद्धार

    सङ्खुवासभा / सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् । अत्यधिक रक्तस्राव हुन थालेपछि बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको हो । सुत्केरीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको थापाथली प्रसूति गृहमा सिफारिस गरिए

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 64 पटक पढिएको
  • लागुऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट घेराबारीले एकै दिनमा दुई ठाँउबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड –२ बेलडाँगीका ३० वर्षीय जीवन धौराली र सोही ठाँउका २२ वर्षीय सुमन मिश्र रहेका छन। उनीहरुलाई बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको प्रहरी टोलीले दिउँसो २ बजे कचनकवल गाउँपालिका –१ उग्र गाँउबाट १४ बोतल कोडिन र ३० ओटा नाइट्रोजन ट्याब्लेट सहित पक्राउ गरेको घेरावारीका प्रहरी निरीक्षक रविन ढुङ्गेलले जानकारी दिए । त्यसैगरी पक्राउ पर्नेमा बिर्तामोड –७ का २८ वर्षीय सुरेन्द्र ढकाल रहेका छन् । उनलाई बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको प्रहरी टोलीले दिउँसो

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 181 पटक पढिएको
  • निकुञ्जको पश्चिमी क्षेत्रमा सबैभन्दा बढी गैँडा

    चितवन / हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको पाइएको छ ।  गैँडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो । तथ्याङ्क अनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैँडा भेटिएका हुन् । पूर्वतर्फ यो सङ्ख्या २६५ मात्रै रहेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी १५४ वटा गैँडा भेटिएका छन् । यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो । यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तै उस्तै सङ्ख्या

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 55 पटक पढिएको
  • सुनसरीमा भोली देखि लुज डाउन

    इटहरी / कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा सुनसरीमा भोलिदेखि खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सुचना जारी गरी निषेधाज्ञा खुकुलो बनाउने जनाएको हो ।बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यो निर्णय सँगै प्रदेश एकमा निषेधाज्ञा खुकुलो बनाउने सुनसरी नै पहिलो जिल्ला समेत भएको छ ।जिल्लाभर खाद्यान्न, स्टेसनरी, फलफूल तथा तरकारी  पसल बिहीबारबाट खोल्न पाइनेछ । साग शब्जी तथा तरकारी  भने घुमाएर मात्रै बेच बिखन गर्न पाइने छ । दूध र माछा–मासुको हकमा भने  बिहान १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म मात्रै खोल

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 98 पटक पढिएको
  • ट्याक्टरबाट लड्दा कामदारको मृत्यु

    सुनसरी / सुनसरीको धरान –८ स्थित लोकमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे को१ त ६७ नम्बरको धरान उप–महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह –६ का ५० बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउसो १२ बजे मृत्यु भएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई  प्रहरीले नियन्त्रणमा लिईएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 60 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.