काठमाडौं— नवलपुरको गैँडाकोट नगरपालिका–१५, चिन्तामणि टोलमा घरायसी विवादका क्रममा बुबाले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार गएराति ४३ वर्षीय शंकर गिरीमाथि उनका ६३ वर्षीय बुबा डम्मर गिरीले खुर्पा प्रहार गरेका थिए।प्रहरीका अनुसार बुबा–छोराबीच भएको विवाद उग्र बनेपछि डम्मरले शंकरको टाउकोमा खुर्पाले प्रहार गरेका थिए। गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा शनिबार राति पौने ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि प्रहरीले डम्मर गिरीलाई घटनास्थलबाटै खुर्पासहित नियन्त्रणमा
काठमाडौं— कीर्तिपुरस्थित ‘बीपी कोइराला स्मृति प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’को नामबाट बीपी कोइरालाको स्मृति हटाइएको पाइएको छ। स्थापना भएको करिब १२ वर्षपछि संस्थाको औपचारिक नाम परिवर्तन गरी ‘प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’ मात्र राखिएको छ।नाम परिवर्तनबारे कुनै सार्वजनिक सूचना वा औपचारिक जानकारी नदिइएको भन्दै चासो व्यक्त गरिएको छ। हाल संस्थाले प्रयोग गरिरहेको आधिकारिक पत्राचारमा पनि बीपी कोइरालाको नाम उल्लेख गरिएको छैन।नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त संस्थाको उ
काठमाडौं— आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेकी टिकटकर तुलसा अधिकारीलाई इन्टरपोलको रेड नोटिसका आधारमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई नेपाल ल्याएर प्रहरी हिरासतमा राखिएको छ। उनी लामो समयदेखि चीनमा बसोबास गर्दै आएकी थिइन्।प्रहरीका अनुसार अनुसन्धानका क्रममा फरार भएपछि अधिकारीविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो। चीनबाट थाइल्यान्ड पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।अधिकारीविरुद्ध आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्र
काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन बनेकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ ।पाठकलाई काठमाडौंको वनस्थली क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनले शनिबार राति सामाजिक सञ्जालमा भावुक गीतसहित रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन्, त्यसपछि उनको अवस्थाबारे चासो र चिन्ता बढेको थियो ।प्रहरीले आइतबार बिहान करिब ९ः१५ बजे पाठकलाई फेला पारी उद्धार गरेको जनाएको छ । उद्धारपछि उनलाई मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।एसपी भट्टराईका अनुसार घटनाबारे थप बुझ्ने र आवश्यक
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन् । साथै, उनी विश्व क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने छैटौं खेलाडीका रूपमा समेत दर्ज भएका छन् ।यसअघि नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सन् २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा २०औं ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए । आक्रामक ब्याटिङ गरिरहेका भुर
काठमाडौं— प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने छ ।यसैगरी, प्रतिनिधि सभा नियमावली मस्यौदा सभापति पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो सं
काठमाडौं— आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ ।सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरूले विश्वको ध्यानाकर्षण गराएका थिए ।सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोड भन्दा धेरैको ज्यान जाने विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ ।
काठमाडौं— गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा १९२ सो पाएको उक्त फिल्मले शनिवार दर्शकको साथ पाएको छ । ‘लालीबजार’ प्राप्त गरेको शोहरू ९० प्रतिशत भन्दा बढी अकुपेन्सीका साथ प्रदर्शनरत थिए भने अधिकांश हाउस फुल थिए ।चौथो सातामा पनि हलमा दर्शकको उस्तै चाँप र उत्साह देखेपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराईले हल भिजिट गरेका थिए । काठमाडौँ उपत्यकामा रहेको विभिन्न हलमा पुगेर उक्त टिमले दर्शक भेट्नुका साथै प्रतिक्रिय
काठमाडौं— सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले नतिजामुखी भएर दृढतापूर्वक काम गरिरहेको बताएका छन् ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनका क्रममा तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रममा सञ्चार मन्त्री डा. तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार सदनमा प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको उल्लेख गरे ।उनले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्र
काठमाडौं— बालाजु उद्यानस्थित पौडी पोखरीमा आजदेखि महानगर स्तरीय पौडी प्रतियोगिता सुरु भएको छ ।काठमाडौं महानगरपालिकाको वडा नंं २९ ले नेपाल पौडी संघसँगको सहकार्यमा ‘स्वास्थ्य शरीर, स्वास्थ्य वडा, स्वास्थ्य महानगर’ नारासहित आयोजना गरेको प्रतियोगितामा विभिन्न वडाहरूबाट १३७ जना खेलाडी प्रतिस्पर्धामा छन् । जसमा ७६ जना पुरुष र ६१ जना महिला खेलाडी छन् ।आयोजक वडाले अरू वडाहरूबाट अधिकतम ८ जनासम्म खेलाडी पठाउन पत्राचार गरेको थियो । यसबाट सबै वडाले सहभागी पठाउनु भएको वडा सदस्य सन्तोष ढुङ्गेलले जानकारी दिए ।प्रतियोगितामा ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, वटरफ्लाई व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.