समाचार

    Showing 2,541-2,550 of 17,139 items.
  • रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते, एक जनाको अवस्था गम्भीर

    रसुवा— रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा पासाङल्हामू मार्ग अन्तर्गत बा ४ ख ८४३५ नम्बरको बस दिउँसो करिब २ बजे सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो।प्रहरी निरीक्षक राजु शाहले दुर्घटनामा परेका सबै घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको जानकारी दिएका छन्। बसमा कति जना यात्रु थिए भन्नेबारे थप विवरण आउन बाँकी छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 390 पटक पढिएको
  • नागढुङ्गा सुरुङ मार्गको दस्तुर तोकियो, मोटरसाइकललाई निषेध गरियो

    काठमाडौं— सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर तोकेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले दस्तुर दर निर्धारण गरेको हो।निर्धारित दस्तुरअनुसार साना सवारी साधन (कार तथा भ्यान) काठमाडौंतर्फ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा ट्रकका लागि भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।त्यस्तै, ठूला बस र ट्रकहरूले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। भारी उपकरणसहितका सवारी साधनले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।सुरक्षा तथा प्रविधिगत कारण द

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 448 पटक पढिएको
  • नेपालले अष्ट्रेलियामा थप पाँच अभ्यास म्याच खेल्ने तयारी

    काठमाडौं— अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । नेपाली टोलीले घरेलु टोली नर्दन टेरिटोरीसँग खेल खेल्नेछ ।खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए’ सँग, सोमबार मेलवार्न स्टार्स एकेडेमीसँग, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग र अर्को शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका तय गरिएको छ ।सिरिजपछि नेपालले अस्ट्रेलियामा एक हप्तासम्म अतिरिक्त अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई खेल र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई म्याच खेल्ने ताल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 471 पटक पढिएको
  • किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा

    काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् । उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको छ ।’त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 382 पटक पढिएको
  • खेलाडीहरुका लागि उचित र उपयुक्त वातावरण बनाउनुपर्ने

    काठमाडौं – नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले खेलाडीहरुको लागि उचित र उपयुक्त खालको वातावरण बनाउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्ने भन्दै सरकारले यसतर्फ विशेष ध्यान जानुपर्ने बताए । उनले भने, ‘सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्ने हो भने नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्छन् भन्ने कुरा स्पष्ट भएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 338 पटक पढिएको
  • किशोरी बलात्कृत आरोपमा एक पुरुष जना पक्राउ

    कैलाली— १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्।उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 403 पटक पढिएको
  • ‘प्रधानमन्त्रीले ‘शुसासन’को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गर्दै गृहमन्त्री र प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाएकी छन् ।प्रतिनिधिसभामा मन्तव्य दिँदै सांसद कार्कीले दुई महिनादेखि प्रतिपक्षी दलहरू आन्दोलनरत रहेको अवस्थामा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् । उनले गृहमन्त्री रमेश लेखक माथि लागेका आरोपहरूको चर्चा गर्दै रामहरि खतिवडाको राजीनामालाई नैतिकताको उदाहरणको रूपमा प्रस्तुत गरिन् ।‘नैतिकता जागेर रामहरि खतिवडाले राजीनामा दिनुभयो,’उनले भनिन्, ‘तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यूको नैतिकता जोगाउन उहाँको आफ्नै मानविया

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 424 पटक पढिएको
  • कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन् : सांसद प्रधान

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुव बहादुर प्रधानले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारमा राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा विचार गर्नुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर कुलिङ पिरियडमा भएको त्रुटी सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा सोच्नुपर्ने बताए । यद्यपी उनले नैतिकताका आधारमा राजीनामा दिएर संसदको सम्मान बढेको अनुभूति भएको बताए । संसदको सम्मान बढेको अनुभूति भएको छ । राज्य व्यवस्थ

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 452 पटक पढिएको
  • तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प छ, चाँडै सुचारु होस् : माधव सापकोटा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले चीनसँग जोडिएका दुई प्रमुख नाका तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प भएको भन्दै चाडपर्वको मुखमा बजारमा महँगी बढ्ने खतरा औंल्याएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए । उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु गराउनेतर्फ जानुपर्नेमा जोड दिए ।‘तातोपानी र केरुङ दुईवटा नाकाहरू उत्तरसँग जोडिएका छन् । यो नाकाहरुबाट हामी फलफूल, लत्ताकपडा लगायतका धेरै सामग्री आयात गर्छौं । तर अहिले यी दुवै नाका बाटोका कारण पूर्ण रूपमा बन्द छन्,’सापकोटाले भने,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 387 पटक पढिएको
  • मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी

    काठमाडौं  । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा सरकारको प्रयास र चुनौतिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।  बिहीबारको बैठकमा बोल्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा ६ लाख टन मल आपूर्ति गर्ने सरकारको योजना रहेको बताए ।उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण छ । यद्यपि, अत्यधिक अनुदान भएकोले उपलब्ध बजेटले सम्पूर्ण माग धान्न नसकेको मन्त्री अधिकारीको भनाइ छ ।‘अहिले युरिया मलमा ८२ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको छ,’ मन्त्री अधिकारीले भने, ‘खरिद गरि ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 121 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा