सर्लाही— सर्लाहीमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको रामनगर गाउँपालिका–६ मलघट्टाटोल निवासी रामानन्द रायकी श्रीमती करिब ५० वर्षीया मिथलेसिया देवीको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाइरहेकी थिइन् । सोही क्रममा मोटरमा अचानक करेन्ट प्रवाह भई उनको लागेको र घटनास्थलमै उनको मृत्यु भएको बताईएको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जान
काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको केहि स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको भइरहेको छ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्ण
काठमाडौं— नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित भएकी छन् ।अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि यो व्यवसायिक सम्झौता भएको हो । शुक्रबार नायिका रेखा थापा र मेदान्त आयुर्वेद अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।नयाँ सहकार्यसँगै अबको एक वर्षसम्म अभिनेत्री थापाले अस्पतालका विभिन्न प्रचार–प्रसार, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय रूपमा आफ्नो साथ र सहभागिता जनाउनेछिन् ।सम्झौता पत्रमा हस्ताक्षर गरेपछि आफ्नो खुसी व्यक्त गर्दै अभिनेत्री रेखा थापाले
काठमाडौं— नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशनका लागि आफूले क्रियाशील सदस्यता पहिले नै नवीकरण (अध्यावधिक) गरिसकेको अवस्थामा पुनः अध्यावधिक गर्न दबाब दिनु अनुचित भएको बताएका छन् ।शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी कसैको निजी सम्पत्ति नभएको उल्लेख गर्दै धम्की र मनपरी ढंगबाट पार्टी सञ्चालन हुन नसक्ने बताएका हुन् ।उनले आफूहरू कसैको ‘दास र लास’ नभएको उल्लेख गर्दै सदस्यता अध्यावधिकको विषयमा पार्टी नेतृत्वसँग पाँच प्रश्न उठाएका छन् ।उनले जेठ २१ भित्र पुनः अध्यावधिक नगरेको आधारमा वरिष्ठ नेता डा.शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्कालगायत आफूहरू सबैको सदस्यता खार
काठमाडौं— नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु हुन लागेको छ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिउँसो १२ः१५ बजे कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गर्ने भएका छन् ।संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ ।महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने तथा थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।थारु संघको यो पहिलो महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको
काठमाडौं— आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाईदै छ ।आज देशभर ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागेको हो ।महिला अधिकारका क्षेत्रमा भएका बिभिन्न चार उपलब्धीको खुसीमा सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । २०७६ साल देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा म
काठमाण्डौ । सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था लागू गर्ने भएको छ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले विद्युत खपतमा सहुलियत दरको भ्याट प्रणाली लागू गर्ने घोषणा गरेको हो।नयाँ व्यवस्थाअनुसार अन्तिम उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढी विद्युत खपतमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्नेछ। सरकारले यसलाई ‘सहुलियत दर’ को भ्याट व्यवस्था भनेर व्याख्या गरेको छ।हाल घरेलु विद्युत उपभोक्तामध्ये धेरैले न्यून खपतका कारण भ्याट नतिर्ने व्यवस्था रहेको थियो। तर अब निश्चित सीमा नाघेर विद्युत प्रयोग गर्ने उपभो
देवेन्द्र किशोर: नेपालको राजनीतिमा यतिबेला सबैभन्दा बढी चासो र बहसको विषय बनेको छ—नेकपा एमालेभित्र देखिएको उत्तराधिकारी राजनीति हो । गुण्डुमा सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेपछि यो बहस झन् सतहमा आएको छ। बाह्य रूपमा हेर्दा यो एउटा सामान्य संगठनात्मक निर्णय जस्तो देखिए पनि यसको राजनीतिक अर्थ निकै गहिरो छ। यसले एमालेभित्र नेतृत्व हस्तान्तरण, शक्ति सन्तुलन, वाम आन्दोलनको भविष्य तथा नेपालको बदलिँदो भू–राजनीतिक अवस्थासम्मका प्रश्नहरूलाई एकैपटक उठाएको छ।एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले लामो समयसम्म सक्रिय राजनीतिमा फर्कि
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह लामो समयदेखि मौन छन् । उनले सार्वजनिक कार्यक्रममा नबोलेको धेरै भइसक्यो । यतिमात्रै होइन गणतन्त्र दिवसका दिनसमेत उनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन्। उनले सम्बोधन त गरेनन् नै गणतन्त्र दिवसको औपचारिक शुभकामना समेत दिएनन्। यहीबिचमा बालेनले शुक्रबार राति एक अस्पष्ट स्ट्याटस लेखेका छन् । उनले फेसबुकमा देखेका छन्, ‘ढुक्क हुनुस् !’ यो कसप्रति लक्षित हो भन्ने पनि खुलेको छैन।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.