समाचार

    Showing 25,881-25,890 of 26,780 items.
  • झापाको गौरादहमा मोटरसाइकल ठक्कर हुदाँ एकको मृत्यु, तीन घाइते

    गौरादह / झापाको गौरादहमा सोमबार राति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा गम्भीर घाइते भएका गौरादह–३ बस्ने ७२ वर्षीय चेतबहादुर दाहाल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको र अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताएका छन्।ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजाल विर

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 97 पटक पढिएको
  • नमोबुद्ध ११ को सेवा अब आफ्नै भवनबाट

    बनेपा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ११ कुरुगाउँमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि आफ्नै भवनबाट सेवा शुरु हुने भएको छ । चार वर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध–११ को वडा कार्यालय सोमबार नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले उद्घाटन गरेपछि आफ्नै सुविधा सम्पन्न भवनमा सरेको हो ।वडा कार्यालय भवनसँगै कुरुगाउँ आधारभूत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । पक्की भवन निर्माण भएर सञ्चालनमा आएसँगै वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप सहज भएको छ । भवन ५५ लाख रुपैयाँको  लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो । स्वास्थ्य केन्द्रको भवन ३३ लाख १०

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 86 पटक पढिएको
  • गाउँपालिका केन्द्र निर्धारणको विरोधमा स्थानीयवासीको र्याली

    सोलुखुम्बु / महाकुलुङ गाउँपालिका केन्द्र निर्धारणको निर्णयप्रति असहमति जनाउँदै दुई दिनदेखि स्थानीयवासीले प्रदर्शन गरेका छन् । सर्वसम्मतिमा केन्द्र निर्धारण गर्न नसकेको गाउँपालिकाले मतदान प्रक्रिया अपनाए पनि स्थानीयवासीले भने विरोध जनाएका छन् ।गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार उपलब्ध भएको चारवटै स्थानमा सहमति नजुटेपछि शनिबार मतदानमार्फत सर्सिलामा प्रशासनिक केन्द्र रहने गरी छनोट गरिएको थियो । गाउँपालिकाको वडा नं १ मा पर्ने उक्त स्थान अपायक पर्ने भएकाले सोही वडाको गत्तेल या चौखिदोमा हुनुपर्ने मागसहित स्थानीयवासी आन्दोलित बनेका हुन् ।जनप्रतिनिधिको निर्णय गलत भएको भन्दै स्थानीयवासीले आइ

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 170 पटक पढिएको
  • सडक अवरुद्ध हुँदा सार्वजनिक यातायातका साधन सञ्चालनमा समस्या

    गलेश्वर / कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिरोले सडक अवरुद्ध हुँदा सञ्चालन हुन सकेका छैनन् ।पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् । साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुम

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 108 पटक पढिएको
  • विराटनगरमा मोटरसाईकलमाथि बसेकै अवस्थामा शव भेटियो

    विराटनगर / विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको जस्तो देखिएको तर मृत्यु भइसकेको अवस्थामा एक जना फेला परेका छन् ।  को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सोमबार राती ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् । शरीरमा चोटपटक लागेको , कपडा च्यातिएको र दाहिने हातमा चोट लागेको अवस्थामा फेला परेका न्यौपानेको कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने मृतकका भतिजा सन्तोष न्यौपानेले आशङ्का गरेका छन् । प्रहरी कार्यालय विराटनगर वडा (क)का डिएसपी दिपक कार्कीसहितको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 494 पटक पढिएको
  • राजश्व छली गरेर ल्याएका दुई ट्याक्टर सामान नियन्त्रण

    विराटनगर / विराटनगरबाट कम मूल्यांकनमा भन्सार जाँचपास गरेर ल्याएको दुई ट्राकटर कपडा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।  बीआर ५० जी ५०३५ र को १ त ६८११ नम्बरको एउटा ट्याक्टर भन्सारबाट मुख्य राजमार्ग तर्फ आउने सडक र अर्को ट्राकटर जतुवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सामान आइतबार राती भन्सारमा कार्यरत कर्मचारीको  मिलेमत्तोमा विराटनगर -६ का अकबर अलिले ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएको ट्राकटर र सामान भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 1,776 पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिका सील

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सील गरिने भएको छ ।भोलि मंगलबार देखि १२ गते सम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सील गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिएका छन् ।पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताएका छन् ।कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँपालिका बासीलाई सुरक्षीत राख्न बाध्य भएर सील गर

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 423 पटक पढिएको
  • करेन्ट लागेर बालिकाको मृत्यु

    लमजुङ / राइनास नगरपालिका–७ सालफेदीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ बर्षिया सृष्टि पाण्डे रहेकी छन् ।आज बिहान ८ : ३५ बजे आफ्नै घरमा टिभी खोल्ने क्रममा सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताएका छन् ।उनि भन्छन् , “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन् ।   

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 80 पटक पढिएको
  • कालीगण्डकी करिडोर १८ दिनपछि खुल्यो

    बलेवा / बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन् ।करिडोर तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताएका छन् । बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिराले त्यहाँ रहेका चार सडकमा क्षति पुर्याएको थियो ।“दक्षिण

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 87 पटक पढिएको
  • पहिरोका कारण गलेश्वर क्षेत्रका बस्ती उच्च जोखिममा

    गलेश्वर / निरन्तर वर्षाका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ को बस्ती पहिरोको उच्च जोखिममा परेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही हुदाँ बस्ती पहिरोको जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।गत वर्षदेखि निर्माण सुरु गरिएको सडक कमजोर र भिरालो जमीनमा जथाभावीरूपमा बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन् । सडक बनाउँदा पर्याप्त सावधानी नअपनाएका कारण बस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी टककुमारी छन्त्यालले बताएकि छन् । कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पूरै पाखो खस्न थालेको छन्त्यालको भनाइ छ। वर्षौंदेखि ब

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 68 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.