समाचार

    Showing 26,741-26,750 of 26,780 items.
  • एसईई परीक्षाको तालिका सार्वजनिक ( तालिकासहित )

    बिर्तामोड /  राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा ९एसईई० कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संञ्लन हुने छ । जसअनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 60 पटक पढिएको
  • कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा जेठ २६ गते देखि सञ्चालन गर्ने भएको छ ।आज बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 57 पटक पढिएको
  • २२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दै

    काठमाडौं / सरकारले बंगलादेशसँग जिटुजी (सरकार सरकार बीचको सम्झौता) मार्फत खरिद गरेको २२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दैछ ।बंगलादेशबाट खरिद गर्ने भनिएको ५० हजार मेट्रिक टन मलमध्ये पहिलो चरणमा २२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।कोलकाताबाट रेलबाट ढुवानी भएको ९ हजार मेट्रिक टन मल वीरगञ्ज र ट्रकबाट ढुवानी भएको ५ हजार ६ सय २५ मेट्रिक टन मल विराटनगर आइपुग्ने प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिए । त्यस्तै ट्रकबाटै ढुवानी भैरहेको ७ हजार ८ सय ७५ मेट्रिक टन मल भैरहवा आइपुग्ने उनको भनाइ छ ।तीनवटै नाकाबाट साँझसम्ममा २२ हजार ५ स

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 113 पटक पढिएको
  • ११ लाख घुससहित प्रहरी हबल्दार अख्तियारको फन्दामा

    काठमाडौँ/  महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठ ११ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालक अनिस जोशीलाई पनि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 114 पटक पढिएको
  • अव नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

    बिर्तामोड/ पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ता दिउँसो बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए ।गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 114 पटक पढिएको
  • स्यानिटाइजर पिउँदा विराटनगरमा दुई जनाको मृत्यु

    विराटनगर / मादकपदार्थको सेवन गरेका दुई व्यक्तिले हातमा लगाउने  स्यानिटाइजर पिएपछि २ जनाको मृत्यु भएको छ ।प्रहरीले स्यानिटाईजर पिएर मृत्यु हुनेमा झापाको शिवसतासी – ४ का विराटनगर – १७ बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा– ४ का ६० वर्षीय दिनेश मण्डल रहेको जनाएको छ । मादक पदार्थ सेवन गरेका उनीहरुले स्यानिटाइजर पिएपछि सिकिस्त बनेको अनि उपचारका लागि अस्पताल लगिएका दुवैको उपचारका क्रममा मृत्यु भएको कोशी अञ्चल अस्पताल स्रोतले जानकारी गराएको छ ।  स्यानिटाइजरमा हुने विषादीका कारण दुवैको मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 84 पटक पढिएको
  • सीमा नाकाबाट ब्राउन सुगर सहित दुई पक्राउ

    काकडभिट्टा / प्रहरीले झापाको मेचीनगर –६ सीमा क्षेत्रमा रहेको मेची पुलबाट  ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सादा पोषाकमा परिचालित प्रहरीले ब्राउन सुगर सहित पाँचथर आङ्ना –४ का झापाकै दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङको उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुवै लाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको झापका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 62 पटक पढिएको
  • भागरथी हत्या घटनाको अनुन्धान अन्तिम चरणमा

    बिर्तामोड / प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पु¥याएको जनाएको छ ।उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।फागुन ४ गते पक्राउ परेका दिनेशमाथि अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले भने, “नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सकेर अदालत बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले सोहीअनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।”उनका अनुसार एक दुई दिनभित्रै अनुसन्ध

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 57 पटक पढिएको
  • वनमन्त्रीलाई एक अर्बको घूस अफर !

    काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गरेका छन् ।काठमाडौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताए ।सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् । गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 116 पटक पढिएको
  • सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा

    नुवाकोट /  नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १।२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरु गरेको र उक्त परीक्षण सफल भइरहेको आयोजना प्रमुख रघुवंशीले जानकारी गराए । आयोजनामा रहेका सातवटा ब

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.