समाचार

    Showing २६१-२७० of २६,७९८ items.
  • भोटेकोसी बाढीपछि कर्णालीका २०८ जना अझै सम्पर्कविहीन

    सुर्खेत— भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि कर्णाली प्रदेशका २०८ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका कर्णालीका २६५ जनाको विवरण प्राप्त भएको थियो । तीमध्ये ५७ जना परिवारको सम्पर्कमा आएका छन् भने बाँकी २०८ जनाको अवस्था अझै अज्ञात छ ।सम्पर्कविहीन हुनेमा अधिकांश रोजगारीका लागि रसुवा र नुवाकोट पुगेका तथा त्यहाँका विभिन्न जलविद्युत आयोजनामा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ । बाढीका कारण उनीहरूसँग परिवार तथा आफन्तको सम्पर्क टुटेको हो

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४७४ पटक पढिएको
  • केरुङ नाकामा भीषण पहिरो : ५ जनाको मृत्यु, ५५८ जना बेपत्ता

    काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत पर्ने गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको जनाइएको छ।क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार गत बुधबार बिहान नेपालतर्फबाट सुरु भएको पहिरो केरुङ पोर्टसम्म पुगेपछि ठूलो क्षति भएको हो। पहिरोले नाका क्षेत्रमा रहेका संरचना तथा आवागमनमा समेत गम्भीर असर पुर्‍याएको बताइएको छ।शुक्रबार अपराह्न ३ बजेसम्म प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव उद्धारकर्मीले फेला पारेका छन्। तर, ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।पहिरोब

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • २९८ पटक पढिएको
  • रसुवा बाढीपछि चितवनमा भेटिएका २३३ शवमध्ये २२९ को पहिचान हुन सकेन, कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिँदै

    चितवन । रसुवामा आएको भीषण बाढीपछि चितवनमा संकलन गरिएका २३३ शव तथा शवका अवशेषमध्ये २२९ वटाको पहिचान हुन नसकेपछि व्यवस्थापन गर्ने तयारी गरिएको छ।सम्बन्धित निकायका अनुसार चारवटा शवको मात्रै पहिचान भएको छ। बाँकी शव तथा अवशेष लामो समयदेखि सडगलिसकेको र थप पहिचान गर्न कठिन हुने अवस्था रहेकाले सम्भावित संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्दै व्यवस्थापन गर्न लागिएको हो।पहिचान हुन नसकेका शवको व्यवस्थापन गर्दा कानुनी प्रक्रिया पूरा गरिने जनाइएको छ। साथै मृतकप्रति सम्मान कायम राख्दै धार्मिक तथा सामाजिक संवेदनशीलतालाई ध्यानमा राखेर शव तथा अवशेषको अन्तिम व्यवस्थापन गर्ने तयारी गरिएको छ।रसुवामा आएको बाढीले ठू

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • २२३ पटक पढिएको
  • चीनको सैन्य नेतृत्वमा ‘शुद्धीकरण’ : सी चिनफिङको शक्ति, आन्तरिक राजनीति र विश्व रणनीतिको नयाँ दिशा

    देशबन्धु बिश्वामित्र :चीनको सर्वोच्च सैन्य संरचना सेन्ट्रल मिलिटरी कमिसन (सिएमसि) बाट वरिष्ठ सैन्य अधिकारी झाङ युशिया र लिउ झेनलीलाई हटाउने निर्णयले चिनियाँ घरेलु राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। अनुशासन उल्लंघन तथा पार्टीप्रतिको निष्ठामा प्रश्न उठेको भन्दै लामो समयदेखि छानबिनमा रहेका यी दुई अधिकारीलाई राष्ट्रिय जनकांग्रेसको स्थायी समितिले औपचारिक रूपमा पदमुक्त गरेपछि चीनको सैन्य नेतृत्वभित्र भइरहेको शक्ति पुनर्संरचनाबारे गम्भीर प्रश्न उठेका छन्।झाङ युशिया चिनियाँ सेनाका सबैभन्दा वरिष्ठ वर्दीधारी अधिकारीमध्ये एक थिए भने लिउ झेनली संयुक्त सैन्य स्टाफ विभागका प्रमुख थिए। दुवै अधिकारी लामो सैन्य

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ३९५ पटक पढिएको
  • रसुवा–भोटेकोशीको विपद् : उद्धार, सूचना र जिम्मेवार प्रति सामूहिक दायित्व आवश्यक

    देवेन्द्र किशोर ढुङगाना  \  नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीले रसुवा, भोटेकोशी, नुवाकोट हुँदै त्रिशूली नदी प्रणालीसम्म ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। सडक, पुल, जलविद्युत् आयोजना, होटल, व्यापारिक संरचना र बस्तीमा भएको क्षतिले नेपालको हिमाली क्षेत्रमा विपद्को जोखिम कति गम्भीर बन्दै गएको छ भन्ने देखाएको छ। यसको प्रभाव नेपालमा मात्र सीमित नभई तिब्बत, चीन र भारतसम्मको नदी प्रणाली र जनजीवनसँग जोडिएको विषय बनेको छ। त्यसैले अहिले विश्व समुदायको ध्यानसमेत यस क्षेत्रतर्फ केन्द्रित हुनु स्वाभाविक हो।यो घटना केवल एउटा बाढीको कथा होइन। हिमालयमा हुने भारी व

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५२७ पटक पढिएको
  • मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत

    काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ ।यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय ९एमईए०का प्रवक्ता रणधीर जयसवालले शुक्रबार बताएका छन्। विनाशकारी आकस्मिक बाढीपछि नयाँदिल्लीले राहत तथा उद्धार सहयोग थप तीव्र बनाइरहेको छ।एएनआईको प्रश्नको जवाफ दिँदै जायसवालले तेस्रो विमानमा करिब १२–१३ टन मानवीय सहायता सामग्री पठाइने र योजना अनुसार उक्त विमान उडेको खण्डमा नेपालमा भारतले पठाएको कुल राहत सामग्री करिब ६० टन पुग्ने बताए।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जायसवालले भने, ‘विपत्ति सुरु भएल

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २८६ पटक पढिएको
  • रसुवाको भोटेकोशी बाढी : ५५३ शव फेला, २७ प्रहरी बेपत्ता

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा हालसम्म ५५३ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र पश्चिम क्षेत्रमा २८ वटा रहेका छन् ।बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ ।बाढीबाट घाइते तथ

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १०२ पटक पढिएको
  • ब्यारियर लेकको जोखिम मापन गर्न चिनियाँ विज्ञ घटनास्थलमा, ड्रोन र सेन्सरबाट निगरानी

    काठमाडौं । नेपाल–तिब्बत सीमा नजिक ग्यिरोङ क्षेत्रमा पहिरोले नदी थुनेर बनेको अवरोध तालको जोखिम मूल्याङ्कन गर्न चिनियाँ उद्धारकर्मी तथा विपद् विज्ञहरूको टोली घटनास्थल पुगेको छ ।सिगात्सेअन्तर्गत ग्यिरोङ जिल्लामा बनेको ब्यारियर लेकको अवस्था थप गम्भीर बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विज्ञ टोलीले तालको बाँध तथा पानीको सतहको प्रत्यक्ष निगरानी थालेको हो ।चिनियाँ सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो दुईवटा विशेषज्ञ टोली तालको बाँधको विपरीत किनारमा पुगेका थिए । टोलीले घटनास्थलमै रहेर तालको अवस्था, बाँधको स्थायित्व र सम्भावित जोखिमबारे प्राविधिक मूल्याङ्कन गरिरहेको छ ।जोखिमको तत्काल आँकलन

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १७१ पटक पढिएको
  • पुल बगेपछि छिमेकी गुहार्दै नेपाल, भारत–चीनसँग माग्यो ४२ बेलिब्रिज

    काठमाडौं । भोटेकोशी बाढीले ठूलो संख्यामा पुल भत्काएपछि सडक सम्पर्क पुनःस्थापित गर्न नेपालले भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको छ । पक्की पुल निर्माण गर्न लामो समय लाग्ने भएकाले तत्कालका लागि अस्थायी पुल जडान गर्न सरकारले छिमेकी मुलुकसँग सहयोग मागेको हो ।भदौ १० गते आएको अचानकको बाढीले रसुवा, नुवाकोट र धादिङमा ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । पुल बगेसँगै विभिन्न स्थानको सडक सम्पर्क टुटेपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा आवश्यक सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ ।यही अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयमार्फत भारत र चीनसँग ४२ वटा बेलिब्रिज उपलब्ध गराउन आग्रह

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २०७ पटक पढिएको
  • भोटेकोशी विपत्तिको असर गहिरिँदै स् ९३ हजार प्रभावित, रेडक्रसले माग्यो ४ अर्ब ७३ करोड

    काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोपछि प्रभावितको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आईएफआरसी)ले करिब ९३ हजार नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान गर्दै राहत, उद्धार र पुनर्स्थापनाका लागि ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी सहयोग आवश्यक रहेको जनाएको छ ।आईएफआरसीले आपत्कालीन विपद् प्रतिकार्यदेखि मध्यम तथा दीर्घकालीन पुनर्स्थापनासम्मका लागि ३ करोड १० लाख अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ७३ करोड ६ लाख रुपैयाँ सहयोगको अपिल गरेको हो ।रेडक्रसका अनुसार विपत्तिको वास्तविक क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । दुर्गम तथा कठिन भूगोलमा रहेका प्रभावित क्षेत्रस

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २२९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.