काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन्।बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला गण्डकी सरकारले आफ्नो तर्फबाट आर्थिक सहयोग घोषणा गरेको हो। मुख्यमन्त्री पाण्डेले विपद्को समयमा सबै पक्ष एकजुट भएर प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्।उनले गण्डकीका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकला
काठमाडौं / नुवाकोटमा बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न काठमाडौंको माइतीघरमा सर्वसाधारण स्वतःस्फूर्त रूपमा जुटेका छन्।विपद्को मारमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थानीय बासिन्दा तथा विभिन्न समूहले आफ्नै खर्चमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्रीलगायत राहत सामग्री संकलन र व्यवस्थापन गरिरहेका छन्।संकलित राहत सामग्री नुवाकोटका बाढीपीडित परिवारसम्म छिटो पुर्याउने तयारी भइरहेको छ। विपद्को कठिन घडीमा राज्यसँगै नागरिकस्तरबाट पनि सहयोगको हात बढ्दै गएको भन्दै राहत अभियानमा थप सहयोग गर्न आयोजकहरूले सबैलाई आग्रह गरेका छन्।
काठमाडौं / भोटेकोशी नदीमा बाढीको सतह निरन्तर बढ्दै गएपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजे रसुवास्थित भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढीको पानी स्याप्रुबेसीसम्म आइपुगेको छ । बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिशुली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग
सुर्खेत / मध्यपश्चिम विश्वविद्यालयले स्नातक तहअन्तर्गत सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले बिहीबार सूचना जारी गर्दै एमआईसीडीबाहेक स्नातक तहअन्तर्गतका सम्पूर्ण स्कुलका परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि विश्वविद्यालयले बिहीबार बिहान ११ बजेदेखि विभिन्न स्नातक तहका परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर भोटेकोशी नदीमा आएको बाढीका कारण देशक
लहान / लहान नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको लहान नगरपालिका कार्यपालिकाको बैठकले भदौ १० गते बुधबार रसुवाको ट्युमरे, रसुवागढीलगायत क्षेत्रमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको र प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त रकम उपलब्ध
काठमाडौं । नेपाल–चीन सीमापारि बनेको ठूलो ताल फुटेपछि त्यसको असर रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको छ। भोटेकोशी नदीमा आएको बाढी शुक्रबार दिउँसो स्याफ्रुबेसी पुगेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा थप जोखिम बढेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ः३१ बजे भोटेकोशीको बाढी स्याफ्रुबेसीमा पुगेको हो। चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ताल फुटेपछि आएको पानी भोटेकोशी हुँदै नेपालतर्फ प्रवेश गरेको हो।बाढी स्याफ्रुबेसी आइपुगेपछि अब त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मै अर्को सूचना नआएसम्म उच्च सतर्कता अ
काठमाडौं । नेपाल–चीन सीमापारि पहिरोका कारण बनेको ठूलो ताल फुटेको सूचना आएपछि रसुवामा फेरि बाढीको जोखिम बढेको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएपछि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नदी तटीय क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित रहन आग्रह गरेका छन्।चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरोका कारण ठूलो ताल बनेको थियो। बिहीबारसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो भने थप पानी भरिँदै गएको थियो।ताल फुटेको सूचना आएलगत्तै रसुवा प्रशासनले भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सर्कुलर गरेको छ। प्रजिअ परियारका अनुसार चिनियाँ पक्
काठमाडौँ। भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन् । पृथ्वीराजमार्गको गल्छी–बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन् । यस्तै सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा ढुङ्गा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताउनुभयो ।यसैगरी मलेखु–गलौदी खण्डमा सात सय मिटर लेदो हटाउने काम भइरहेको छ । विभागका अन
काठमाडौँ। रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ ।नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार चितवनमाा आज बिहानदेखि शवको खनाखत कार्य सुरु भएको छ भने रसुवामा पनि आजैदेखि बेपत्ता र शव खोजी गरिनेछ ।हालसम्म रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङ तीन जना गरी एक हजार ५४५ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । हाल काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललमा ६० घाइतेको उपचार
काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले भदौ ११ गते राति १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तरराष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका लागि १२ विषयगत आपतकालीन समन्वय टोली गठन गरी परिचालन गरिएको जनाएको हो ।प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका छ र निजी क्षेत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.