काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने धारणा राखे ।पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ थियो। ‘एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्दैन,’ केसीले भने।उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्तालाई आग्रह पनि गरे। राष्ट्रिय स्वतन्त्र पार
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ ।सभापति गगन थापा अनुपस्थित भएपछि सानेपामा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो ।सभापति थापाले राजीनामा दिएर बैठकमा नै अनुपस्थित भएपछि उनको कुर्सी खाली राखिएको छ ।बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिने एजेन्डा छ । बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने जनाइएको छ ।
काठमाडौं— नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै भक्तपुरमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।नयाँ शोरुमहरू सानो ठिमीस्थित सियाराम ग्रुप र बिन्देश्वरी प्लानिङ क्षेत्रस्थित पञ्चदेवल सप्लायर्समार्फत सञ्चालनमा आएका हुन् ।लामिनारले आठ कलेक्सन अन्तर्गत ५५० भन्दा बढी डिजाइन सहित नेपालकै फराकिलो टायल संग्रह बजारमा उपलब्ध गराएको जनाएको छ ।शोरुमहरूमा आवासीय घर, होटल तथा आतिथ्य क्षेत्र र व्यावसायिक परियोजनाका लागि उपयुक्त पानी नसोस्ने तथा अभेद्य टायलहरू प्रदर्शनमा राखिएका छन्।मार्बल शैलीका डिजाइन, आधुनिक ढुङ्गा
काठमाडौं— नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ ।‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेका हुन् ।सो अवसरमा महासंघका महासचिव पेम्बा गुरुङ भोटेले नेपालको राजनीतिक यात्रा र आदिवासी जनजातिको योगदानबारे धारणा राख्दै वर्तमान अवस्थामा संविधान कार्यान्वयनमा गम्भीर चुनौती रहेको बताए ।उनले नेपालको राजनीतिक इतिहासमा धेरै संघर्ष, बलिदान र आन्दो
काठमाडौं— अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ ।यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ ।केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ ।सावधानीका लागि केन्द्रका केही भागहरू बन्द गरिएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको र आपतकालीन टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको कम्पनीले जनाएको छ । पछिल्लो सम
मुगु— रारा ताल घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा काठमाडौं महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिए ।घिमिरेको शुक्रबार बिहान ७ः२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको हो । उनी आफ्ना दुई साथीहरूसँग चैत ३ गते रारा भ्रमणका लागि मुगु आएकी थिइन् ।उनीसँगै रहेका अन्य दुई जना ३३ वर्षीय शिशिर कोइराला र २६ वर्षीय विशाल सुवेदी दुवै बाँके जिल्लाका रहेको जनाइएको छ । तीनै जना रारा क्षेत्रको सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आएका थिए ।रारा भ्रमणकै क्रममा घिमिरे अचानक बिरामी परे
काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी अवलोकनमा संलग्न नागरिक समाजका पर्यवेक्षक समूहहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी आफ्नो प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन् ।संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरूले देशभर सञ्चालन गरिएको निर्वाचन पर्यवेक्षणबाट प्राप्त तथ्य, विश्लेषण र निष्कर्षहरू सार्वजनिक गरेका हुन् । पर्यवेक्षक समूहका अनुसार निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष रूपमा सम्पन्न भएको छ ।पत्रकार सम्मेलनमा मतदाता शिक्षाको अभाव, मतदान केन्द्रहरूको पहुँचयोग्यता, आचारसंहिता कार्यान्वयनमा कमजोरी, सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता तथा
झापा । सवारी चलाउँदा चलाउँदै चालक बेहोस, यात्रुलाई बचाए, आफु स्टेरिङमै अस्ताए।झापामा सवारी चलाइरहेका एक चालकको गाडी चलाउँदै गर्दा मृत्यु भएको छ। असहज महसुस भएपछि उनले गाडी साइडमा रोकेर सिटमै बेहोस भएका थिए। अवस्था बिग्रँदै गएपछि उनले सजगतापूर्वक गाडी सडक किनारामा रोकेका थिए। गाडीमा सवार यात्रुहरूले पटक-पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि स्थानीय र यात्रुहरूले उनलाई तुरुन्तै अस्पताल पुर्याए पनि उपचारको क्रममा मृत्यु भइसकेको छ। मृत्यु हुनेमा मोरङको शनिश्चरे नगरपालिका-९ निवासी ४५ वर्षीय योगेश धिमाल रहेका छन्।
बाजुरा— बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका छन् ।बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई प्रजिअ निरौलाले नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका हुन् ।धनगढीमा बसोबास गर्दै आएका भाटलाई उनकै बसोबास स्थलमा पुगेर नागरिकताको प्रतिलिपि दिईएको हो । रेल दुर्घटनामा दुबै खुट्टा गुमाएका भाट बाजुरामा हिड्डुल गर्न समस्या भएपछि धनगढीमा बस्दै आएका छन्।भाट सन् २०१८ मा भारतको मुम्बईस्थित बेलापुरमा काम गर्न जाने क्रममा भएको रेल दुर्घटनामा परेर दुवै खुट्ट गुमाएर अशक्त भएका थिए ।सोही दुर्घटनाका क्रममा उनको नागरि
काठमाडौं— नेपालको शैक्षिक इतिहासमा पहिलो पटक ‘ड्रोन एभिएसन’ विषयमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो व्यवहारिक विज्ञान संकाय अन्तर्गत ‘मास्टर्स इन ड्रोन एभिएसन’ कार्यक्रम ल्याएको हो ।नेपालमा यसअघि ड्रोन वा मानवरहित विमान प्रणालीसँग सम्बन्धित यस्तो उच्च तहको शैक्षिक कार्यक्रम स्नातक तहमा समेत उपलब्ध थिएन । यस कार्यक्रमको पाठ्यक्रम निर्माणमा नेपालका विज्ञहरूसहित चीन, थाइल्याण्ड र भियतनामका विभिन्न विश्वविद्यालयका विशेषज्ञहरू संलग्न रहेका छन् ।पाठ्यक्रम विकासमा संलग्न विज्ञ एवंम प्राध्यापक प्रविण भट्टराईका अनुसार, यसमा अबुधाबीका एरोनटिकल इन्जिनियर र भा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.