समाचार

    Showing 3,131-3,140 of 24,469 items.
  • रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना

    काठमाडौं— नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ ।शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजकमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन् । त्यही प्रदर्शनको क्रममा रक्षा बमविरूद्ध आन्दोलनका घाइते अगुवाहरूले नाराबाजी गरेका थिए ।फ्रन्टले भनेको छ, ‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्ष

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 448 पटक पढिएको
  • कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै

    सुर्खेत— माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णालीमा एक सय ६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ति परीक्षा केन्द्रहरुमा कर्णालीका ३८ हजार विद्यार्थी परीक्षा दिने भएका छन् ।एसईईका लागि सबै भन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट छ सय ७४ विद्यार्थी परीक्षमा सहभागी हुने शिक्षा बिकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमूख खिमप्रसाद ढकालले जानकारी दिए ।एसईईका लागि सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र निर्धारण गरिएको छ ।दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 306 पटक पढिएको
  • नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै

    काठमाडौं— नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नाराका साथ विहीबार महाधिवेशन सुरू भएको हो।नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गरेका हुन् ।नेफिनका अनुसार महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरू पारित गर्ने तयारी छ ।' महाधिवेशनको शुक्रबार स्वयम्भुमा बन्दसत्र सुरु हुने र २१ सदस्यीय नयाँ कार्य समिति चयन हुने

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 419 पटक पढिएको
  • ७ हजार ८ सयले घट्यो सुनको मूल्य

    काठमाडौं— साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो ।यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन सुन प्रतितोला ३ ल

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 416 पटक पढिएको
  • रुपन्देहीमा १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

    काठमाडौं— नेपालमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउने उद्देश्यका साथ १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ आयोजना हुने भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यो बृहत् सम्मेलन आगामी यहि चैत २७ र २८ गते रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न हुने भएको छ । दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले उजागर गर्ने लक्ष्य राखेको छ ।सम्मेलनमा नेपालसहित १० भन्दा बढी देशका प्रतिनिधिहरू र १५ भन्दा

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 446 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा

    सुर्खेत— प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् । चन्दननाथमा कार्कीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटनमा महत्वपूर्ण सन्देश जाने चन्दननाथ गुठी समितिको विश्वास छ ।नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन् । शुक्रबार बिहान चन्दननाथ पुग्दा जुम्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । शुक्रबार बिहान प्रधानमन्त्रीले पुजाआजा गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले ज

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 423 पटक पढिएको
  • कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमणः विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

    काठमाडौं— कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पु¥याएको छ । यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत र नेपाल जस्ता आयातमा निर्भर देशहरूमा गम्भीर चिन्ता पैदा गरेको छ ।कतार इनर्जीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै सन् २०२६ मार्च १८ र १९ को बिहान भएको उक्त आक्रमणले प्रमुख उत्पादन सुविधाहरूमा व्यापक क्षति पु¥याएको जनाएको छ । ऊर्जा मामिलाका राज्यमन्त्री एवं कतार इनर्जीका सीईओ साद शेरिदा अल–काबीका अनुसार, क्षतिग्रस्त संरचनाहरूको पूर्ण मर्मत गर्न तीनदेखि पाँच वर्ष लाग्न स

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 445 पटक पढिएको
  • इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्नः इनिशाको शव कहिले उठ्छ ?

    सुर्खेत— फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताए ।इनिशाको घटना दुखद भएको र उक्त घटनामा संलग्नलाई कानून अनुसार कारवाही हुनुपर्छ भन्ने बिषयमा सरकार गम्भीर भएको बताए । ‘इनिशाको घटना दुःखद हो यसको निन्दा र भत्र्सना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘घटनामा संलग्नलाई कानूनले भ्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 415 पटक पढिएको
  • सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

    सर्लाही— सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मलंगवा नगरपालिका– २ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका – २ इनर्वा निवासी २८ वर्षीय प्रेम कुमार यादवको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब १ बजेतिर ती युवक पोखरीमा डुबेर बेपत्ता भएका थिए । स्थानीयले युवकलाई पोखरीमा डुब्दै गरेको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी कार्य थालेका थिए । खोजीका क्रममा नभेटिएपछि अन्ततः स्थानीयको सहयोगमा माछा मार्ने जाल प्रयोग गरी साँझ करिब साढे ५ बजेतिर शव फेला पारिएको थियो । घट

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 418 पटक पढिएको
  • नागरिक उड्डयन प्राधिकरणमा विभिन्न पदमा कर्मचारी माग

    काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक/एक जना कर्मचारी मागेको छ । प्रशासनतर्फको प्रबन्धकमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्त गरिने पनि प्राधिकरणले जनाएको छ ।त्यस्तै उपप्रबन्धकतर्फ प्रशासनमा एक जना र प्राविधिकमा २ जना कर्मचारी माग गरिएको छ ।वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आह्वान भएको छ ।तह ९ र

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 428 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.