समाचार

    Showing ३१-४० of २६,७९८ items.
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

    काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरुको सङ्ख्या बढ्दै गएको छ ।  भोटेकोशी बाढीपीडितलाई  राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो । गुल्मी : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गुल्मीका स्थानीय तहले रु एक करोड ४७ लाख ४३ हजार ४३ सहयोग गर्ने निर्णय गरेका छन् । जिल्लाका १० स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना कोष तथा जन

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ३११ पटक पढिएको
  • बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

    नारायणगढ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्याएको छ । बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो । महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालका अनुसार भदौ १५ गतेदेखि नारायणी नदीमा भेटिएका मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो । दैनिक जेसिबी र ट्याक्टरसहित महानगर प्रहरीको टोली यो कार्यमा खटिँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मात्रामा भैँसी र गाई भेटिएका छन् । त्यसका साथै सुँगुर र बङ्गुुर पनि भेटिएका छन् । नदी किनारका

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २२६ पटक पढिएको
  • दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    दार्चुला / अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेपछि नदी आधा थुनिएको छ । पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि १९५५ तथा विपद्का समयमा सहयोग आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह गरेको

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २६६ पटक पढिएको
  • भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

    काठमाडौँ। राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले आज सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो ।विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ । साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २२७ पटक पढिएको
  • एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ । अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुहुने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो । एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति गठन गरेको छ । अकल्पनीय एवं विनासकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दी

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २६८ पटक पढिएको
  • खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार

    काठमाडौं / विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाका सात तथा गैरसैनिक छ वटा हवाई साधनमार्फत शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार गरिएको छ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको छ । उनीहरूको उपचार भइरहेको छ ।खोज तथा उद्धारका क्रममा सोही स्थानबाट एक शवसमेत

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २१६ पटक पढिएको
  • त्रिशूली–३ ‘ए’को सुरुङमा को–को थिए ? दुई जना बाहिरिए, बाँकीको अवस्था अझै अज्ञात

    काठमाडौँ । भोटेकोशीमा बाढी आएको १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । शुक्रबार बिहान नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कबीर महर्जनलाई सुरुङबाट जीवितै निकालेर थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । दुई जनाको उद्धारसँगै सुरुङभित्र रहेका अन्य कर्मचारी पनि सकुशल भेटिन सक्ने आशा पलाएको छ ।आयोजनाको विद्युत् गृह क्षेत्रमा बाढीका कारण सुरुङभित्र ४६ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको थियो । तीमध्ये सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार भइसकेकाले अब बाँकी ४४ जनाको अवस्थाबारे चासो बढेको छ । उद्धार टोली अझै

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १५६ पटक पढिएको
  • १० दिनपछि सुरुङबाट जीवनको खबर, गृहमन्त्री भन्छन्-‘आशाको किरण जोगियो’

    काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका सञ्जय साह र कविर महर्जन १० दिनपछि जीवितै उद्धार भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले शुक्रबार बिहान उनीहरूलाई सुरुङबाट बाहिर निकालेको हो।दुई जनाको उद्धारपछि गृहमन्त्री सुधन गुरुङले यसलाई ‘आशाको किरण’ भनेका छन्। उनले उद्धारमा खटिएका टोलीलाई धन्यवाद दिँदै सबै सुरुङमा खोजी तथा उद्धार कार्य अझै निरन्तर रहेको बताएका छन्।साह र महर्जन आयोजनामा प्राविधिक काममा संलग्न थिए। दश दिनपछि दुई जनाको जीवित उद्धारले सुरुङभित्र अझै कोही फसेको हुनसक्ने आशालाई बल दिएको छ। अब उद्धार टोलीको ध्यान बाँकी स

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १३१ पटक पढिएको
  • जीवितै उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य

     काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ ।उद्धार गरिएकामध्ये एक जनाको अवस्था सामान्य र अर्का एक जनाको स्वास्थ्य अवस्था जटिल रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । जटिल अवस्थामा रहेका आयोजनाका मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार सुरु गरिएको छ । महर्जनलाई दोस्रो पटकमा सुरुङबाट बाहिर निकालिएको थियो । यसअघि सुरुमा उद्धार गरिएका म

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १९३ पटक पढिएको
  • बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, रसुवाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

    काठमाडौं / अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले भदौ १९ गते बिहान ६ः३० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार पृथ्वी राजमार्ग, पासाङ ल्हामु सडक, सहिद मार्गलगायतका सडक पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरोका कारण साना सवारीका लागि एक लेन मात्र सञ्चालनमा छ । बेनिघाट रोराङ–१० जवाङखोला र थाक्रे गाउँपालिका–२ कमेरेभीरमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको प्रहर

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १४६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.