समाचार

    Showing 31-40 of 19,699 items.
  • फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सुरु भएको हो।प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ। उम्मेदवारले एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहित मनोनयनपत्र पेस गर्नुपर्नेछ।नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा सरकारी स्वामित्व वा अनुदान प्राप्त संस्थामा बहाल रहेका व्यक्तिले उ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 308 पटक पढिएको
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायद्वारा उम्मेदवारी घोषणा

    काठमाडौं— समावेसी समाजवाद पार्टीले देशभर यौनिक तथा लैङ्गिक अल्पसंख्यक सहित पाछाडी परिएका समुदायबाट उम्मेदवारहरु घोषणा गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले अधिकार सुनिश्चितताको लागि सबै राजनीतिक दलहरुलाई आफ्ना उम्मेदवारहरुलाई साथ दिन आग्रहसमेत गरेको छ ।पार्टीका संरक्षक सुनिल बाबु पन्तले देशभरका सम्पूर्ण पहिचान खुलाएका तथा नखुलाएका लाखौं यौनिक तथा लैङ्गिक अल्पसंख्य नागरिहरुले समानुपातिकमा भोट हाल्दा समावेशी समाजवादी पार्टीको चुनाव चिन्ह‘श्रीवत्स’मा भोट दिन आग्रह गरे ।पहिलो संविधान सभा सदस्य समेत रहेका पन्तले लामो संघर्षपछि आफूहरु पार्टी खोलेर चुनाव लड्ने अवस्थामा पुगेको बताउ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 315 पटक पढिएको
  • यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 309 पटक पढिएको
  • आजको मौसमः विभिन्न प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।यस्तै आज राती तराई भू–भागका केही स्थानहरूमा हुस्सु

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 318 पटक पढिएको
  • आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ६ गते मंगलबार। माघ शुक्ल पक्षको द्वितिया तिथि। मेषः आम्दानीका दृष्टिले दिन राम्रो छ। प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। परिवारमा भने मेलमिलाप हुनेछ।वृषः बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।  शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा नयाँ लगानी नगर्नु उचित हुनेछ। परिवारको साथ नहुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।मिथुनः दिन सामान्य छ। अरु बोलेको सुन्दासमेत झर्को लाग्नसक्छ। आफूलाई संयम राख्न नसक्दा व्यवहारमा खटपटी बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 315 पटक पढिएको
  • बालेन प्रधानमन्त्री नभए देहत्याग गर्ने अमरेशकुमारको उद्घोष

    काठमाडौं— रास्वपा नेता डा. अमरेशकुमार सिंहले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नबने देहत्याग गर्ने उद्घोष गरेका छन् ।आसन्न निर्वाचनपछि बालेन प्रधानमन्त्री बन्ने दाबी गरेका उनले यदी बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्ने उद्घोष गरेका हुन् ।सोमबार जनकपुरधाममा रास्वपाले आमसभाको आयोजना गरेको छ । अबको प्रधानमन्त्री बालेन शाह नै भएको दाबी गर्दै उनले भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’आफूहरु सीता माताको सन्तान भएको र उनी पनि जनकपुरमै समाहित भएको प्रसङ्ग कोट्याउँदै नेता सिंहले यदी बालेन प्रधानमन्त्री नभए आफू पनि जनकपुरको धर्तीमै समाह

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 339 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीले दिए राजीनामा

    कैलाली— सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा. जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हुन् ।प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।  पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा.जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए । 

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 350 पटक पढिएको
  • बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता

    काठमाडौं— बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ । प्रतियोगिताका सबै खेल महांकाल वडा ४ को वागभैरव प्राविधिक माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार ५५, उपविजेताले ७५ हजार ५५५ तथा तेस्रो हुनेले ३५ हजार ५५५ पाउनेछन् । चौथो स्थानमा रहने टोलीलाई २० हजार ५५ प्रदान गरिने प्रतियोगिताका संयोजक लाल बहादुर स्याङ्तानले जानकारी दिए । क्लबका अध्यक्ष डम्बरबहादुर स्याङ्तानले प

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 337 पटक पढिएको
  • कांग्रेसले पूर्व राज्यमन्त्री तामाङलाई उम्मेदवार बनाउने सम्भावना

    रामेछाप— नेपाली  कांग्रेसले  रामेछापमा पूर्वराज्य मन्त्री पूर्ण बहादुर तामाङलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । कांग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीका अनुसार तामाङको सम्भावना बढी रहेको छ। तामाङ् नेपाली कांग्रेस रामेछापको सभापति हुन् भने निवर्तमान प्रतिनिधि सभाका सदस्य हुन् । उनले नेपाली  कांग्रेस र तत्कालिन माओवादी केन्द्रको गठबन्धन हुँदा एमाले नेता कैलाश प्रसाद ढुङ्गेलाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गरेका थिए । तामाङ नेपाली कांग्रेसले  र एमालेको गठबन्धन सरकारमा ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनेका थिए । उनी  शेरबहादुर देउवा निकटका नेत

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 346 पटक पढिएको
  • स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

    काठमाडौं— स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् ।सोमबार कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 320 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा