समाचार

    Showing 4,351-4,360 of 24,493 items.
  • कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गाः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् ।उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरे । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 464 पटक पढिएको
  • रामेछाप निर्वाचनः कांग्रेस उम्मेदवार रामचन्द्र खड्काद्वारा संयमपूर्वक लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त

    रामेछाप— नेपाली कांग्रेसका उम्मेदवार रामेछापबाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दै आएका रामचन्द्र खड्काले आगामी फागुन २१ को निर्वाचन अत्यन्त संवेदनशील अवस्था भएको बताएका छन् ।मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भदौ २३ र २४ को घटनापछि प्रतिनिधि सभा गैरसंवैधानिक रूपमा विघटन भएको र त्यसपछि निर्वाचन अनिवार्य भएको बताएका छन् ।खड्काले यस निर्वाचनमा संयमताको साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै नयाँ नेतृत्व सहित कांग्रेस चुनावी मैदानमा आएको बताए । उनले यस पटक १ सय ६ जना नयाँ उम्मेदवार प्रतिनिधि सभा सदस्यको लागि प्रस्तुत भएको र नयाँ पुस्ताको आवाज प्रतिनिधित्व गर्न सक्षम हुने दाबी गर

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 445 पटक पढिएको
  • एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

    हेटौँडा— नेकपा (एमाले) मा करिब ३४ वर्षदेखि सक्रिय मकवानपुरका नेता रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनका छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारी दर्ता गरेलगत्तै रामचन्द्रले एमालेसँगको लामो राजनीतिक सम्बन्ध अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।२०४८ सालदेखि एमालेसँग आबद्ध उप्रेतीले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् । २०४८ सालमै प्रथम बालसहिद अनिश शाक्यको हत्याविरुद्ध आयोजित सांस्कृतिक नाटकमा अनिशकै भूमिका निर्वाह गर्दै आफ्नो राजनीतिक यात्रा

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 455 पटक पढिएको
  • जेन–जी आन्दोलनपछि पहिलोपटक पुर्खौली घर पुगे लेखक

    कञ्चनपुर— पूर्वगृहमन्त्री रमेश लेखक जेन–जी आन्दोलनको ५ महिनापछि सोमबार कञ्चनपुरको बेदकोट नगरपालिका– ८ मा रहेको पुर्खौली घर पुगेका छन् ।गत २४ भदौमा कांग्रेस नेता लेखकको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्ण रूपमा नष्ट गरेका थिए । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका पूर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन् ।लेखकको पुर्खौली तथा काठमाडौंको नैकापमा रहेको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । यसैगरी उनको परिवार महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरी बसिरहेको छ ।कञ्चनपुर निर्वाचन क्षेत्र नं

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 448 पटक पढिएको
  • लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधसहित ९ जना पक्राउ

    बिराटनगर— लागुऔषध नियन्त्रणका क्रममा झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित नौ जना पक्राउ परेका छन्।प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–४ बाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले स्थानीय भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। यस्तै, बुद्धशान्ति गाउँपालिका–३ बाट श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ।त्यसैगरी, मोरङको लेटाङ नगरपालिका–३ बाट तारा कुमारी लिम्बुलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय लेटाङले न

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 474 पटक पढिएको
  • नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छः राष्ट्रपति

    जापान—  राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आव्हान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिवद्ध रहेको विश्वास व्यक्त गरेका हुन् ।नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरे । उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहेको समेत बताए ।‘हामीले लगानीमा आकर्षक प्रतिफलका

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 437 पटक पढिएको
  • सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छः उपकुलपति अर्याल

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन् ।पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उपकुलपति अर्यालले सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारणसम्बन्धी विषय सिनेटबाट पारित भइसकेको जानकारी दिए ।‘म उपकुलपति भइसकेपछि शिक्षक–शिक्षिकाको स्तर निर्धारणका लागि आवश्यक प्रक्रिया सिनेटबाट पारित गरिसकेका छौं,’ उनले भने, ‘अब छिट्टै समिति गठन गरेर कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गरिनेछ । यसमा विश्वविद्यालय प्रशासन क्याम्पसहरूको साथमा रहनेछ ।’उनले कलेज नवीकरण

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 433 पटक पढिएको
  • जेनजी आन्दोलनका मृतकहरुको आत्मा शान्तिको लागि संदभवन अगाडी हवन गर्दै मृतकका आफन्तहरू

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण मृतकहरूको आत्मा शान्तिको कामनासहित सोमबार मृतकका आफन्तहरूले संघीय संसद भवन अगाडि हवन गरेका छन्।आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित हवन कार्यक्रममा मृतकका परिवारजन तथा आफन्तहरूको सहभागिता रहेको थियो। उनीहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायको मागसमेत गरेका छन्।हवनमार्फत मृतकहरूको आत्माले शान्ति पाओस् भन्ने कामना गर्नुका साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिएको सहभागीहरूले बताएका छन्।

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 463 पटक पढिएको
  • रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

    काठमाडौं— रुकुम पश्चिममा यही माघ २७ गते एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने छ । अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ ।खोप अभियान तीन दिनसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 427 पटक पढिएको
  • जनक बोहरा भन्छन् जिम्मेवारी बीचमै छाडेर प्रधानमन्त्री बन्ने आकांक्षा राम्रो होइन

    काठमाडौं— बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहराले केही जनप्रतिनिधिहरू स्थानीय तहको मूल जिम्मेवारीभन्दा बाहिरको चर्चामा बढी केन्द्रित भएको टिप्पणी गरेका छन् ।उनका अनुसार जनताले पाँच वर्षका लागि दिएको अभिभारा पूरा गर्नुभन्दा बाहिर व्यक्तिगत लोकप्रियता र उच्च पदको आकांक्षामा सक्रिय हुनु जनअपेक्षासँग मेल नखाने प्रवृत्ति हो ।उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको उदाहरण दिँदै सीमित बजेटसमेत प्रभावकारी रूपमा खर्च गर्न नसकेको अवस्थाबीच देशव्यापी भ्रमण र सार्वजनिक कार्यक्रमहरूमा ‘हिरो स्टाइल’को प्रस्तुति देखिनु प्राथमिकतामा प्रश्न उठाउने विषय भएको बताए । जनताले दिएको जिम्मेवारी

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 409 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.