समाचार

    Showing 4,451-4,460 of 26,547 items.
  • पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि उल्लेख्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबारबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ बढाइएको हो।नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ थपिएको छ। त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ। आन्तरिक हवाई इन्धनमा पनि प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल २०७ रुपैयाँ कायम भएको

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 351 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार  हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नुको साथै कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।राति कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बाद

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 263 पटक पढिएको
  • कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

    सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।प्राप्त जानकारी अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए ।उक्त घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ ।घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 207 पटक पढिएको
  • रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो : रुबीकुमारी ठाकुर

    काठमाडौं । श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भएपनि आफूले पूरा गर्न सक्ने बताएकी छिन् ।बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएको भन्दै खुसी व्यक्त गरिन् ।उनले भनिन्,‘म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो मैंले कल्पनापनि गरेको थिइन् । मलाई खुसी लागेको छ । अलि ठूलो जिम्मेवारी भयो ,तर म सक्छु ।’त्यस्तै उनले रास्वपाले आफूलाई समर्थन गरेर सरप्राइज दिएको धारणा राखिन् ।‘रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन । म मधेसको छोरी हो । स

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 259 पटक पढिएको
  • कृषिमन्त्री चौधरीद्वारा कालीमाटी बजारको अनुगमन

    काठमाडौं— कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् ।बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरी आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् । बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 542 पटक पढिएको
  • रौतहटमा लेखापढी व्यवसायी पक्राउको विरोधः विनासर्त रिहाइको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

    रौतहट । रौतहटका विभिन्न मालपोत कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूलाई राज्य पक्षले बिना प्रमाण पक्राउ गरेको भन्दै पेशागत संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन् । गौर र चन्द्रपुरबाट पक्राउ परेका पाँच जना व्यवसायीको रिहाइको माग गर्दै उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय, रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् ।मालपोत कार्यालय गौरबाट चार जना र चन्द्रपुरबाट एक जना गरी पाँच जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएर थुनामा राखिएको घटनाप्रति व्यवसायीहरूले आक्रोश पोखेका छन् । पक्राउ परेकाहरूलाई कुनै ठोस प्रमाण बिना नै नियन्त्रणमा लिइएको दाबी गर्दै उनीहरूले विनासर्त यथाशीघ्र रिहा गर्न प्रशासनसँग जोडदार म

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 231 पटक पढिएको
  • श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारवाही

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 251 पटक पढिएको
  • छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

    ललितपुर । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा प्रहार घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले घटनामा संलग्न ललितपुर महानगरपालिका–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली (सञ्जु) र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई पक्राउ गरेको जनाएको छ । घटनामा प्रयोग भएको छुरा सहित उनीहरूलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानअनुसार फोनमार्फत भएको सामान्य विवादले उग्र रूप लिँदा दुवै पक्षबीच मंगलबजारमा भेट हुने सहमति भएको थियो ।भेटघाटका क्रममा सञ्जिव नेपालीले साथमा ल्याएको धारिलो छुरा

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 213 पटक पढिएको
  • कार्यसम्पादनमा असन्तुष्ट प्रधानमन्त्री बालेन शाह, श्रम मन्त्री साहलाई पदबाट हटाउने तयारी

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। मन्त्री नियुक्त भएको जम्मा १४ दिनमै विभिन्न विवादमा मुछिएपछि प्रधानमन्त्रीले यस्तो निर्णय लिन लागेका हुन्।मन्त्री साहविरुद्ध एमबीबीएसमा नाम निकालिदिने भन्दै पैसा उठाएको आरोपमा पक्राउ पुर्जी जारी भएको विषय सार्वजनिक भएपछि विवाद चर्किएको थियो। साथै उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः सक्रिय गराइएको विषयले पनि थप आलोचना निम्त्याएको छ।विवाद बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि मन्त्री साहको भूमिकाबारे प्रश्न उठ्न थालेका छन्।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 529 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायरको गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करीको अभियोगमा महराविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले पूर्वसभामुख महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियारले महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 543 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.