समाचार

    Showing 4,581-4,590 of 15,606 items.
  • जङ्गली जनावरको आतङ्क रोक्न तारजाली जडान गरिँदै

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडानको कार्य हुनलागेको हो ।जङ्गली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नं ८ र वडा नं १२ मा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् ।प्रदेश सरकारको समपूरक अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख गरी रु एक करोड ५० हजारमध्ये रु ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्र

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 180 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय क

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 193 पटक पढिएको
  • आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली

    काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टासम्म नेपालमा वर्षा÷हिमापत गराउने प्रणाली छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ ।  

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 251 पटक पढिएको
  • हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

    सिमकोट (हुम्ला) । जिल्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म गाउँपालिकामा आएका छैनन् । स्थानीय तहमा नयाँ कार्यकारी नआउँदा कामकाज ठप्प भएको छ । यी गाउँपालिकाले हिउँदे गाउँसभा पनि गर्न सकेका छैनन् । अदानचुली गाउँपालिकाले गत माघ २७ गते हिउँदे गाउँसभा गर्ने निर्णय गरे पनि नयाँ प्रशासकीय अधिकृत नआउँदा समस्या भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहल

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 298 पटक पढिएको
  • उपत्यकाको विद्युत् माग सम्बोधन गर्न सबस्टेशन निर्माण गरिँदै

    काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ । ती संरचना निर्माण सम्पन्न भएपछि उपत्यकाभित्रको बिजुली प्रवाह थप गुणस्तरीय र भरपर्दो बन्ने विश्वास गरिएको छ । प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२÷११ केभी क्षमताका ६ वटा सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । प्राधिकरणका अनुसार काठमाडौँको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ ।यस्तै, फुटुङ र मूलपानी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । दुवै सबस्टेशन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने बताइएको

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 243 पटक पढिएको
  • यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 280 पटक पढिएको
  • पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा

    रामपुर (पाल्पा) । बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । यहाँसम्म पुग्न सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताउँछन् । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उन

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 266 पटक पढिएको
  • नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा

    जनकपुर । मुकुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधाममा विरोध सभा आयोजना गरेको छ ।विरोधसभामा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका थिए ।राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झाले मुकुम्लुङका बासिन्दाले केवलकार निर्माणको विरोध गरिरहे पनि सरकारले जबरजस्ती परियोजना अघि बढाउने प्रयास गरेको आरोप लगाए । उनले योजना अघि बढाउनुभन्दा पहिले स्थानीय समुदायसँग परामर्श हुनुपर्ने बताउँदै यस्तो जबरजस्तीले जनताको अधिकार हनन हुने चेतावनी दिए ।झाले २०७५ सालअघि संरक्षित क

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 175 पटक पढिएको
  • तयार भयो बजेट क्यालेण्डरः करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ ।राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेण्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब रू १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ । सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकेका छौँ’, भण्ड

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 254 पटक पढिएको
  • रमजान भोलिदेखि सुरु

    विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 183 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा