समाचार

    Showing 4,611-4,620 of 15,606 items.
  • पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

    काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ ।शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो । गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैंयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको जानकारी दिएको छ । उनले भने,‘हामीले साधुहरुलाई विभिन्न वर्गीकरण गरेको छौं । त्यहि अनुसार नै दक्षिणा दिएर बिदाइ गर्दै छौं । दुई सय रुपैयाँदेखि लिएर नौं हजारसम्मको दक्षिणा दिएर बिदाइ गरेका छौं ।’त्यस्तै उनले साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र ध

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 225 पटक पढिएको
  • जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

    जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा रु २४ करोड ७३ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयको रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार चालू आवको साउन महिनामा ७७ दशमलव ७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७ दशमलव ४५, कात्तिकमा ६८ दशमलव ७१, मङ्सिरमा ७६ दशमलव ६०, पुसमा ८६ दशमलव ३१, माघमा ७९ दशमलव ६५ तथा फागुन १५ गतेसम्ममा २५ दशमलव ७९ प्रतिशत राजस्व सङ्कलन भएको छ ।उक्त भन्सार

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 253 पटक पढिएको
  • न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप

    काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२र८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेस गर्ने समयावधि थपेको छ । यी शीर्षकअन्तर्गत अनुदान लिनका लागि प्रदेश र स्थानीय तहले फागुन मसान्तसम्म प्रस्ताव हाल्न सक्ने आयोगले जनाएको छ ।यसअघि आयोगले सबै प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै समपूरक र विशेष अनुदान लिन फागुन १५ गतेभित्र प्रस्ताव पेस गरिसक्न भनेको थियो । तर सो अवधिमा अपेक्षाभन्दा न्यून प्रस्ताव परेपछि समयावधि थप्नुपरेको आयोगले जनाएको छ । ‘जति सङ्ख्यामा सहभागिता देखिनुपथ्र्यो त्यो देखिएन । पालिका मात्र नभएर प्रदेशहरुबाट पनि अपे

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 186 पटक पढिएको
  • नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

    काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ ।  चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान  निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन् ।सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् । उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन् ।श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइए

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 253 पटक पढिएको
  • प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विरा

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 238 पटक पढिएको
  • नेपाल–भारत खुला सीमा संवाद समूह र कपडा बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन

    जनकपुरधाम (देवेन्द्र किशोर ढुङ्गाना) : मिथिला मध्यम परिक्रमाअन्तर्गत नेपाल–भारत खुला सीमा संवाद समूह र कपडा बैंक नेपालको संयुक्त आयोजनामा ​​भक्तजन, सन्त तथा सम्पूर्ण तीर्थयात्रीको स्वास्थ्य सुविधालाई ध्यानमा राखी १५ दिने परिक्रमाका लागि आजदेखि हेल्पडेक्स सञ्चालनमा आएको छ ।क्लथ बैंक नेपालका कार्यालय सचिव कृष्णकुमार साहले नेपालतर्फ पर्ने ११ वटा हल (बास)मा हेल्पडेस्क सञ्चालन गरिने जानकारी दिए ।आजको कार्यक्रम हेल्पडेस्कका सहसंयोजक रुबी झाको नेतृत्वमा सम्पन्न भएको थियो ।  कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्णकुमार साह, कपडा बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानकर्ता आदित्य झा, धनेश्वर ठ

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 158 पटक पढिएको
  • प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 223 पटक पढिएको
  • नयाँ भूकम्प होइन, पराकम्प होः डा.अधिकारी

    काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन् । उनले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिएका हुन् । उनले भने,‘यो कुनै नयाँ किसिमको भूकम्प होइन् । यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो । त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिए ।&

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 230 पटक पढिएको
  • बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

    गलकोट (बागलुङ) । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ । चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 130 पटक पढिएको
  • सशस्त्र प्रहरी इन्स्पेक्टरमा भर्ना खुल्यो

    काठमाण्डौ   ।   सशस्त्र प्रहरीले रिक्त रहेको कानुन र लेखा उपसमूहमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना खुला गरेको छ ।शुक्रबार सशस्त्र प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।जसअनुसार कानुन उपसमूहमा ८ जना र लेखा उपसमूहमा २० जना माग भएको छ ।तोकिएको योग्यता पुगेका उम्मेदवारले चैत १९ भित्र सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आफैँ उपस्थित भएर आवेदन बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।सूचना विस्तृतमाः

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 174 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा