समाचार

    Showing 4,621-4,630 of 26,550 items.
  • ओली र लेखकको रिट खारेज गर्दै म्याद नथप्न परमादेश जारी

    काठमाण्डौ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाको आदेश दिएको छ ।न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो । सोमबार न्यायाधीशद्वयको संयुक्त इजलासले ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै अब उनीहरुको म्याद नथप्न परमादेश जारी गरेको हो ।ओली र लेखक दुवैको हिजो मात्र तेस्रो पटक ५ दिनका लागि म्याद थप भएको थियो । ‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 442 पटक पढिएको
  • अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो

    काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधार देखिएको हो।आइतबार १०० अंकभन्दा बढीले घटेको बजारलाई स्थिर बनाउन आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई भेटेका थिए। भेटका क्रममा उनले सरकार निजी क्षेत्र तथा पूँजीबजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधिमा संलग्न नभए डराउनुपर्ने अवस्था नरहेको बताएक

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 512 पटक पढिएको
  • जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले विगतमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनमा कम्युनिष्टहरूको भूमिका पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्।सोबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्य संयोजन समितिको बैठकपनि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अवस्था परिवर्तनमा कम्युनिष्टहरूको भूमिका पर्याप्त हुन नसकेको कारणले जनताबाट अपेक्षित जनमत प्राप्त हुन नसकेको उल्लेख गरे।उनले भने,‘विगतमा लोकतन्त्रमा काम भयो । साच्चीकै व्यवस्था बद्लीयो तर अवस्था बदल्न अलि कम्युनिष्टहरुको भूमिका पुगेन भनेर अहिले जनताले जनमत नदिएको हो । यस अर्थमा हामी जनतासँगै रहेर, जनताको अवस्थ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 249 पटक पढिएको
  • प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत

    काठमाडौं— प्रतिनिधिसभाबाट मदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको हो ।साथै मन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।उक्त प्रस्तावपनि सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।त्यस्तै उनकै प्रस्तावमा नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पनि स्वीकृत भएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 575 पटक पढिएको
  • संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

    काठमाडौं— प्रतिनिधिसभाको अर्को बैठक भोली बस्ने भएको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे ।अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 570 पटक पढिएको
  • सभामुखको सुरुवातः भिआइपी कुर्सी फाले सामान्य हाले

    काठमाडौं— प्रतिनिधि सभाका नवनियुक्त सभामुखले पदभार सम्हालेसँगै सदनभित्रको अभ्यासमा महत्वपूर्ण परिवर्तनको संकेत दिएका छन्। सभामुखको सुरुवाती निर्णयअनुसार अब संसद् भवनमा भिआइपी कुर्सी हटाएर सबैका लागि समान प्रकारका कुर्सी व्यवस्था गरिएको छ।यस कदमलाई समानता र सादगीको सन्देशका रूपमा हेरिएको छ। सभामुखले संसद् सबै जनप्रतिनिधिको साझा मञ्च भएकाले सुविधा र व्यवहारमा पनि समानता आवश्यक रहेको बताए। “संसद् विशेषाधिकार प्रदर्शन गर्ने ठाउँ होइन, जनताको आवाज प्रतिनिधित्व गर्ने थलो हो,” उनले भने।यस परिवर्तनसँगै सांसदहरूबीचको दूरी घट्ने र कार्यसम्पादनमा सहजता आउने अपेक्षा गरिएको छ। केही सांसदहरूले यसलाई सकारात्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 545 पटक पढिएको
  • सरप्राइज चेकिङ्गमा मापसे गरेका एक दर्जन चालक समातिए

    काठमाडौं— मादक पदार्थ सेवन अर्थात् (अर्थात) मापसे गरेर सवारी साधन चलाउने एक दर्जन चालक पक्राउ परेका छन् । सोमबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सरप्राइज चेकिङ्गमा उनीहरु समातिएका हुन् । दुई यात्रुवाहक बस, एउटा स्कुल बस, दुईटा मिनी ट्रक, एउटा सुमो, एउटा माइक्रो, एउटा टेम्पो, एउटा पर्यटन भ्यान र तीन वटा निजी कारका चालक पक्राउ परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्कालै नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको १०० नम्बरमा खबर गर्न

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 434 पटक पढिएको
  • किर्नेटारमा सडक निर्माणको काम सुस्त, राजधानीसँग सम्बन्ध टुट्ने जोखिम

    रामेछाप । रामेछापलाई दोलखा हुँदै काठमाडौँसम्म जोड्ने पुष्पलाल राजमार्गको किर्नेटार क्षेत्रमा तामाकोसी नदीले कटान गरेको सडक निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ ।दुई वर्षअघि तामाकोसी नदीमा आएको बाढीले बगाएको सो सडक निर्माणको लागि एक वर्ष अघि नै ठेक्का लागेको भएपनि अहिले सडकको एक कुनामा बेस बनाउने काम बाहेक अन्य कुनै काम भएको छैन ।बाढीले सडक बगाएपछि अहिले तामाकोसी किनारमा ढुङ्गा र बालुवा थुपारेर अस्थायी रूपमा सडक सञ्चालन गरिएको छ । नदीमा पानीको सतह बढेमा कुनै पनि बेला सो सडक बगाउने अवस्था छ ।पूर्वबाट काठमाडौं छिर्ने प्रमुख सडकको रूपमा रहेको बिपी राजमार्गमा समेत रोशी खोला क्षेत्रमा ठुलो क्षति पु

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 204 पटक पढिएको
  • रुस–युक्रेन युद्ध : दुवैतर्फ सयौं ड्रोनहरु खसालेको दाबी

    एजेन्सी । रुस–युक्रेन युद्ध जारी छ । आइतबार आफ्नो सेनाले युक्रेनभरि सैन्य अखडाहरुमा आक्रमण गरेको बताएको छ । यता युक्रेनले सोही दिन ठूलो संख्यामा रुसी ड्रोनहरू खसालेको दाबी गरेको छ ।रुसी रक्षा मन्त्रालयले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ कि विगत २४ घण्टामा, रुसी सेनाले सैन्य विमानस्थल, ऊर्जा र इन्धन पूर्वाधार, फिक्स्ड–विङ मानवरहित हवाई सवारी साधनको लागि एसेम्बली कार्यशालाहरू, साथै युक्रेनको सशस्त्र बल र विदेशी भाडाका सैनिकहरूको अस्थायी तैनाथी स्थलहरू सहित १४८ क्षेत्रहरूमा युक्रेनी सैन्य सुविधाहरूमा ठूलो आक्रमण गरेको छ।रुसको वायु रक्षा बलले पाँचवटा निर्देशित हवाई बम र २९३ वटा फिक्स्ड–विङ ड्रोन

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 282 पटक पढिएको
  • संसदमा जनताको अपेक्षालाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ : सांसद ठगुन्ना

    काठमाडौं । प्रतिनिधिसभाले सोमबार प्रतिनिधिसभा नियमावली मस्यौंदा समिति गठनको प्रस्ताव गरेको छ ।एमाले सांसद गणेश सिंह ठगुन्नाले यस प्रस्तावको समर्थन गर्दै संसदमा जनताको अपेक्षालाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।ठगुन्नाले भने, ‘जनताको चाहना अनुसार हामीले अगाडि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । देशको सीमाको रक्षा, जनजीवनका सवाल र जनताका आकांक्षालाई यस सभामा गहन छलफल गरेर समाधान खोज्नुपर्छ । कमीकमजोरीहरू सच्याउँदै यस सदनले नयाँ ढंगले अघि बढ्नुपर्छ ।’उनले विकासका समस्याबाट प्रभावित जनताबाट निर्वाचित भएकाले जनताको हित र आकांक्षालाई प्राथमिकतामा राख्दै काम गर्नु आफूहर

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 225 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.