काठमाडौं— कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं— नेपालको शिक्षा र प्रविधि क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि स्वरूप नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा विश्वव्यापी सफलता हासिल गरेका छन् । ‘इन्टरनेशनल डिस्कभरी एजुकेशन कोडिङ च्यालेन्ज २०२४–२०२५’ मा उत्कृष्ट स्थान प्राप्त गर्न सफल ती प्रतिभावान विद्यार्थीहरूलाई शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा बिटा ब्यांक्वेटमा आयोजित एक भव्य समारोहबीच पुरस्कृत गरिएको हो । दूरशिक्षा एजुकेशन नेटवर्कले डिस्कभरी एजुकेशन र एड्युटेकको सहकार्यमा उक्त पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।यस वर्षको प्रतिस्पर्धामा नेपाली बाल प्रतिभाहरूले विश्वस्तरमै आफ्नो वर्चस्व कायम गर
काठमाडौं— काठमाडौं महानगरपालिका–२७ ले नवयुवाको सीप अभिवृद्धि तथा रोजगारी उन्मुख बनाउने उद्देश्यले विभिन्न प्रविधिमैत्री तालिम सञ्चालन गरेको थियो । ‘ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, डेभप्स र एआइ फर एभ्रिवन’ विषयमा सञ्चालन गरिएको उक्त तालिमका सहभागीलाई शनिबार आयोजित समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।समापन समारोहलाई सम्बोधन गर्दै वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले वर्तमान समय प्रविधिको युग भएकाले युवालाई सोहीअनुसारको सीप प्रदान गर्न आवश्यक रहेको बताए । उनले वडाले तालिम प्रदान गरेर मात्रै नछाड्ने, तालिमप्राप्त युवाहरूलाई पुनः समेट्दै तालिमको प्रभावकारिता, व्यवहारिक उपयोगिता तथा
रामेछाप— वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा दोरम्बा सैलुङ गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।शनिबार सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो गाउँपालिकाका विभिन्न वडाका २ सय जानले स्वास्थ्य सेवा लिएका चिकित्सालयका प्रमुख दीपक कार्कीले जनकारी दिए ।कार्कीका अनुसार शिविरमा बिरामीको जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो । शिविमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय तथा विभिन्न औषधि कम्पनीहरूले उपलब्ध गराएका औषधीहरू वितरण गरिएको हो ।शिविरमा हाड–जोड्नीको दुखाई, पुरानो खोकी, छाला सम्बन्धी रोग, शरीर पोल्ने, झ
काठमाडौं— याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा अपेक्षित आवेदन नपरेपछि चैत २२ सम्म तोकिएको म्याद बढाएर अब वैशाख ७ गतेसम्म कायम गरिएको जनाएको छ ।तोकिएको समयअघि नै मागभन्दा बढी आवेदन परेमा भने निष्कासन प्रक्रिया अगावै बन्द गरिनेछ । नेपाल धितोपत्र बोर्ड बाट ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरका २८ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा ७ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्या
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल लाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिने भएको छ ।संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्याललाई सभामुख पदमा औपचारिक घोषणा गरिने कार्यसूची रहेको छ ।अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका हुन् । उनको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका थिए भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।
काठमाडौं— कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो । जसमध्ये केही हिस्सा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ ।अब ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ
काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो । जेनजी आन्दोलनमा व्यापक दमन गरेको आरोपमा ओली र लेखक यहि चैत १४ गते पक्राउ परेका थिए ।अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारक
काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने सल्यान कालीमाटी गाउँपालिका–७ घर भएका ५२ वर्षीय कर्ण बहादुर राउत, काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने तनहुँ भानु नगरपालिका–१२ घर भएका ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्व कावासोती नगरपालिका–३ घर भएकी ३९ वर्षीया राधिका पाठक पौडेल र काठमाडौं महानगरपालिका–३१ बस्ने मोरङ सुन्दहरैँचा नगरपालिका-३ घर भएका ४७ वर्षीय तिलक परियार रहेका छन् ।पक्राउ मध्ये कर्ण बहादुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ११ जना
काठमाडौं— इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हातल पारेको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो ।राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमात्रै बनाउन सक्यो ।टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो । ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रन बनाए ।यसैगरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका थिए ।गुजरातका लागि कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.