समाचार

    Showing 4,701-4,710 of 15,607 items.
  • विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण

    काठमाडौँ । वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुुभकामना र आशीर्वाद दिनेको भीड पेय पदार्थका रुपमा राखिएको मोहीतिर लहसिएको थियो ।अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौँकी शिक्षा भट्टराईले बताइन् । बिहेमा

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 108 पटक पढिएको
  • रौतहट ट्राफिक प्रहरीले उठायो १३ लाखभन्दा बढी राजश्व

    रौतहट  ।  रौतहट ट्राफिक प्रहरीले एक महिनाको अवधिमा १३ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । माघ १ गतेदेखि माघ मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकलाई कारबाही गरि राजस्व संकलन गरेको हो । यस अवधिमा १३ सय ५५ सवारी चालकलाई कारबाही गरिएको छ । १३ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा सवारी चेकजाँचमा कडाई गरिएका कारण राजस्व संकलनमा वृद्धि भएको हो । पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा प्रायः सवारी चेकजाँच गर्ने गरेको उनले बताए

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 183 पटक पढिएको
  • सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या २० लाख नाघ्यो

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या बढेसँगै योगदान रकम पनि बढेको छ ।२०८१ फागुन पहिलो सातासम्म २० लाख २७ हजार नौ सय १५ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएका छन् । फागुन पहिलो सातासम्म कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या २० हजार एक सय ७० जना छन् ।कोषका अनुसार असोजमा ६६ अर्ब १८ करोड रुपैयाँ रहेको योगदान रकम फागुन मसान्तसम्म बढेर ७४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको हो ।कोषले चैत दोस्रो सातदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषम

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 184 पटक पढिएको
  • महाशिवरात्रिको तयारीः आकर्षक बनाइँदै पशुपति क्षेत्र

    काठमाडौँ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिली बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 230 पटक पढिएको
  • सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

    तम्घास (गुल्मी) । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो ।एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ’, उनले भने, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन ।’ प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए ।रेसुङ्गा विम

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 203 पटक पढिएको
  • स्ट्रबेरी खेतीबाट वार्षिक रु छ लाख बचत

    घोराही (दाङ) । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् ।रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उनको भनाइ छ । सोह्र कट्ठा जग्गामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका उनले वार्षिक रूपमा रु १४ लाख बराबरको कारोबार गर्न सफल हुनुभएको छ । दाङमै स्ट्रबेरी प्रतिकिलो रु आठ स

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 211 पटक पढिएको
  • पिप्ले–भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा

    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।आर्थिक वर्ष २०७३÷७४ देखि सङ्घीय सरकारको वार्षिक कार्यक्रम मा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आव २०८१÷८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको बृहत् पिप्ले–भगवती खानेपानी योजनाका लागि अर्थ मन्

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 164 पटक पढिएको
  • साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

    पोखरा (कास्की) । पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 175 पटक पढिएको
  • केयरगिभरका लागि इजरायल उडे १३ जना नेपाली

    काठमाडौं ।  केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजरायल उडेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजरायल उडेका हुन् ।गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए ।उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इजरायल शाखाले जनाएको छ । हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ ।

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 188 पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको  बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ ।महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा  रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना  छ । त्यसैगरी, राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँक

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 208 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा