काठमाडौं— काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन पारदर्शिता, उत्तरदायित्व र जबाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।६९औँ सहकारी दिवसको अवसरमा काठमाडौं महानगरका सहकारी विभाग र जिल्ला सहकारी सङ्घ काठमाडौंले संयुक्त रूपमा आयोजना गरेको ‘सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरिन् ।सहकारीका कारण व्यक्तिहरू घरविहीन भएको, छोराछोरीको विवाहका लागि राखेको बचत नपाएको, औषधि उपचारका लागि रकम अभाव भएको जस्ता गुनासा लिएर बचतकर्ताहरू महानगरमा आ
काठमाडौं— संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बस्ने भएको छ ।बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।यस्तै, राष्ट्रियसभाको बैठक पनि बस्ने भएको छ । बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।बैठकमा सभाध्यक्षले विषयगत सम
सर्लाही— चन्द्र नगर गाउँपालिका–२, बिर्ता टोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् ।गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते भएका थिए ।ठाकुरलाई बयलवासमा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा सोही दिन बेलुकीपख मृत्यु भएको थियो । दुर्घटना भएको दुई महिना बढी भइसक्दा पनि कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम पाउन नसकेको मृतक शान्तिदेवीका कान्
काठमाण्डौं— प्रहरीले जुवातास खेल्दाखेल्दै काठमाण्डौं र कैलालीबाट २५ जनालाई पक्राउ गरेको छ ।काठमाण्डौं महानगरपालिका–६ सिमलटार बस्ने ५२ वर्षीय मैते तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा मैते समेत १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाण्डौं प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६ लाख २७ हजार ५०० रूपैयाँ, ८ बुक तास र २८ थान कौडासहित पक्राउ गरेको छ ।कैलालीको धनगढी उपमहानगरपालिका–४ डेरा गरी बस्ने पाल्पा घर भएकी ३२ वर्षीया टेक कुमारी गाहामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टेक कुमारी समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबा
ओखलढुङ्गा— जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रूपमा जलेका तथा लत्ताकपडा, भाँडावर्तन,सुनचाँदीलगायत घरमा रहेको १० लाख नगदसमेत खरानी भएको छ । आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ ।स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टामा आगो निभाइएको थियो ।
काठमाडौं— पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड विपरीत निर्माण भएका बाँकी संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । शनिबार एक विज्ञप्ति जारी गरी महानगरले भत्काउन बाँकी रहेका सबै संरचना १५ दिनभित्र हटाइसक्न आदेश दिएको हो ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा महानगरको समेत सक्रियतामा प्रहरी लगाएर करिब ३० वटा अस्थायी संरचनामा डोजर लगाइएको छ ।‘तालको सीमाङ्कन कार्य सम्पन्न भइसकेपछि पनि सर्वोच्च अदालतबाट कायम गरिएको जल सतहको उच्चतम बिन्दुबाट ६५ मिटर भित्र पर्ने क्षेत्रमा रातारात संरचनाहरू निर्माण भएको पाइएकाले महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘अटेर गरी सीम
काठमाडौं— इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जर्मनीको सबैभन्दा ठूलो अनलाइन कार ट्रेडिङ प्लेटफर्म मोबाइल डट डिईले हालै सार्वजनिक गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य बढेसँगै युरोपेली मुलुकहरूमा सवारी इन्धनको लागत महँगो भएको छ ।जर्मन एशोसिएशन अफ द अटोमोटिभ इन्डस्ट्रीका अनुसार, फेब्रुअरी २८ मा इरानमाथि भएको सैन्य आक्रमणपछि जर्मनीमा पेट्रोलको मूल्य झण्डै २० प्रतिशत र डिजेलको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ
काठमाडौं— हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र सुधारका लागि नीतिगत कार्यहरूलाई प्राथमिकता दिने बताएका छन । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको स्पष्ट पारे ।मन्त्री श्रेष्ठले ऊर्जा उत्पादन मात्र नभई खपतको रणनीतिलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘ऊर्जा केवल कच्चा पदार्थ मात्र होइन, यसलाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ,’ उनले भने । उनले घरेलु र औद्योगिक मागको वास्तविक अवस्था बुझ्न यथार्थपरक
काठमाडौं— अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका(१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका(६ घर भएकी ५० वर्षीया वन कुमारी गुरुङलाई बुधबार पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजात समेत पठाउन लगाई विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । उन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.