काठमाडौँ । नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बुधबार नवौँ निर्वाचन दिवस मनाइँदैछ । मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो । संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा गराउँदै आएको छ । आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २६ पैसा र बिक्रीदर ८८ रू
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् । स्थानीयले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका हुन् । ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न गरी कार्य नगर्न समेत उनीहरुले आग्रह गरेका छन् । ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्र
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको निर्देशनविपरित सामाजिक सञ्जालमा सङ्गठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका एक सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ । सशस्त्र प्रहरीले चार जना प्रहरी नायब निरीक्षक, पाँच जना सहायक निरीक्षक, छ जना वरिष्ठ हवल्दार, तीन जना हवल्दार, नौ जना सहायक हवल्दार, ९१ जना जवान र दुई जना परिचरलाई कारबाही गरेको हो । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए ।सङ्गठनको नियम विपरित कार्यगर्ने जुनसुकै द
काठमाण्डौ । 'राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्' पूर्वराजा, ज्ञानेन्द्र शाहको फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्षमा राष्ट्रका नाममा सन्देश दिएका छन।पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेको बताएका छन् । उनले नेपालको उन्नतिका लागि आफूहरुले के के त्याग गर्नुपर्ने हो तयार रहेको बताउँदै भनेका छन्– नेपाल जोगाउने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ लिन देशबासीलाई आह्वान गर्दैछौँ ।” प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा शाहले प्रजातन्त्रको कुरा गर्दा वादविवाद र द्वन्द्व, विरोध र प्रतिरोधको अर्थले रोजि
चितवन । नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए । पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो । सो पुल निर्माणस्थलमा घरटहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो । यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो । दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर
काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत भएका आयोजना रोकिने भएका छन् ।एमसीसीले गएको शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको हो । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा कम्याटए अन्तर्गत कार्यन्वयन गर्ने सम्झौता भएको थियो ।मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी रोकिएको छ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाइ दिएको छ ।‘नेपाल सरकार र उक्त निकायबीच सम्वत्
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई २०८१ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार अधिकारीले माघ १८ गते मोरङ विराटनगर महानगरपालिका-५ विशाल चौक कलेरुवा टोलका सरयुग मण्डलको नातिनी देश भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका २०/२५ दिन अगाडि देखि मावली घर आई बस्दै आएकिमा उनलाई ८/१० दिन अगाडि देखि नदेखिएको भन्ने सूचना प्राप्त हुना
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ । आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अङ्कले बढेको हो । शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ४३ करोड ७० लाख छ हजार २१४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २२, लगानी एक दशमलव २४, जीवन बीमा एक दशमलव ७४, निर्जीवन बीमा शून्य दशमलव ३०, व्यापार शून्य दशमलव ४१ र अन्य समूह तीन दशमलव
काठमाडौं । भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन् । मंगलबार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्र्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे । उनले भने,‘यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ । पोष्ट मार्टमको रिपोर्ट पनि आउन बाँकी छ ।सूचना पाएको छौं कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.