समाचार

    Showing 7,291-7,300 of 26,639 items.
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५४ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।यस्तै, बिहानको ११ः३० बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१६औँ बैठक बस्दैछ ।बैठकमा बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।यस्तै,

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 419 पटक पढिएको
  • महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन

    काठमाडौं— नेकपा एमालेले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका सन्देश जनस्तरसम्म पुर्‍याउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशनमा मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्‍याउन भनिएको छ ।एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनले प्रतिगमनविरुद्ध व्यापक जनमत निर्माण गर्ने तथा भदौ २३ र २४ गतेका घटनाबाट राष्ट्रिय राजनीति र पार्टी जीवनमा उत्पन्न समस्याको विधिसम्मत समाधान खोज्ने उद्देश्य लिएको स्पष्ट पारेको छ ।अन्तरपार्टी निर्देशनमा ती दुवै उद्देश्यमा महाधिवेशन पूर्ण रूपमा स

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 422 पटक पढिएको
  • वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

    काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो । जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताउन

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 225 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

    झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी (म्यादी सुरक्षाकर्मी) परिचालित हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । यसपटक चार हजार ७४८ निर्वाचन प्रहरी परिचालित हुनेछन् । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त भर्ना प्रक्रिया सुरु भइसकेको छ ।जिल्लामा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र तोकिएका छन् । यसमा ९५ मतदानस्थल र २७१ मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । प्रजिअ गेलालका अनुसार

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 293 पटक पढिएको
  • नवलपुरमा घटे महिला मतदाता

    नवलपुर । अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार २०७९ को निर्वाचनमा नवलपुरमा एक लाख ३६ हजार १२१ जना महिला मतदाता रहेका थिए । अहिले यो सङ्ख्या घटेर एक लाख ३४ हजार १७० कायम रहेको भुसालले बताउनुभयो । जिल्लामा महिला मतदाताको सङ्ख्या घटेको भए पनि समग्र मतदाताको सङ्ख्या भने करिब आठ हजारले बढेको भुसालको भनाइ छ ।महिला मतदाताको सङ्ख्या घटेकोबारे कार्यालयले सुक्ष्म रूपमा खोजी नगरे पनि व

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 241 पटक पढिएको
  • असावधानीका कारण आगलागीका घटनामा वृद्धि

    काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल रु १० लाख १२ हजारबराबरको क्षति भयो ।प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही, रौतहटका दुई स्थानमा आगलागी भएको छ । बारा, कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरामा आगलागी हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, म्यादी, रुकुमपूर्व, कालीकोटमा वनमा डडेढो लाग्यो । उदयपुर, रौतहट, सुर्खेत र डोटीमा जनावरको आक्रमणमा घटना घटे ।त्यसैगरी, पुस २२ गते बिहानद

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 306 पटक पढिएको
  • राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी

    काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता (परिमार्जन, २०८२) जारी गरेको छ ।समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उक्त आचारसंहिताका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । राससले तयार गरेको २३ बुँदे आचारसंहितामा ऐन, नियम, विनियमको कार्यान्वयन, सामाजिक सद्भावको अभिवृद्धि, सबै राजनीतिक दलप्रति समान व्यवहार एवं महत्त्वजस्ता विषय समावेश छन् । त्यसैगरी, पछिल्लो समय सूचना प्रविधिको दुरुपयोगलाई निरुत्साहित गर

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 305 पटक पढिएको
  • निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

    काठमाडौँ। निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ ।आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ ।आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ । एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा रु पाँच

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 260 पटक पढिएको
  • विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

    काठमाडौं— नेपाली काङ्ग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरुले काङ्ग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् ।बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।उनले भने, ‘नेपाली काङ्ग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने कुरा यही पत्रकार सम्मेलन

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 492 पटक पढिएको
  • लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप

    काठमाडौं— लौरो अभियान, स्वतन्त्र अभियान तथा जेन–जी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन् ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् ।वक्तव्यमा जनाइएअनुसार गत निर्वाचनमा देशभर संघ र प्रदेश तहमा गरी ३६७ जना स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारहरूले साझा चुनाव चिन्हका रूपमा लौरो प्रयोग गरेका थिए । उनीहरूको भनाइमा लौरो चुनाव चिन्ह कुनै व्यक्ति वा समूह

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 521 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.